• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

कर्णाली

मुगु दुर्घटना : वडा सदस्य लगाएत पाँच जनाको ज्यान गयो

4.3K
SHARES



मुगु । मुगुमा भएकाे जीप दुर्घटनामा थप एक जनाकाे ज्यान गएकाे छ । याेसँगै ज्यान गुमाउनेकाे सङ्ख्या पाँच पुगेकाे छ ।

दुर्घटनामा परि घाइते भएका सोरु गाउँपालिका-५ का वडा सदस्य लोकजङ्ग नेपालीको बाटोमै ज्यान गएको स्वास्थ्य सेवा कार्यालयका निमित्त कार्यालय प्रमुख कमल ढुङ्गानाले बताएका छन् । घाइते नेपालीको उपचारका लागि जिल्ला अस्पताल मुगुतर्फ ल्याउँदै गर्दा बाटोमै ज्यान गएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक महेश बस्नेतका अनुसार दुर्घटनामा परि हुम्ला सर्केगाड-२ रिपगाउँका राम परियार, प्रकाश बोहोरा, राम परियार, पीयूष परियारको ज्यान गइसकेकाे छ ।

साथै दुर्घटनामा परि घाइते सोरु-७ का चालक दिनेश लावड, सोरु-५ का गोविन्दा शाही सोरु-६ का सेरे रोकाया र हुम्ला सिमिकोट-२ का उदीप बोहोराको जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको छ । लगातार भइरहेको वर्षाका कारण घाइतेको थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाउन कठिनाइ भइरहेको अस्पतालले जनाएको छ ।

सोमवार बेलुका ४ बजे सोरु गाउँपालिकाबाट मुगुको सदरमुकाम गमगढी आउँदै गरेको ग १ ज ७७६२ नम्बरको जीप सोरु गाउँपालिका-७ चिप्लेगाडामा दुर्घटना भएको थियो । जीप सडकबाट दुई सय मिटर तल छेउमा खसेको प्रहरीले जनाएको छ । हिजो बेलुका सोरु गाउँपालिकाबाट मुगुको सदरमुकाम गमगढीका लागि छुटेको ग १ ज ७७६२ नम्बरको जीप सोरु गाउँपालिका-७ चिप्लेगाडामा दुर्घटना भएको हो ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ