• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

कोशी

सभामुखबाट राजीनामा दिएका बाबुराम आर्थिक मामिला मन्त्री बन्दै

4.1K
SHARES



काठमाडौँ । कोशी प्रदेशमा पहिलो चरणमा बन्ने मन्त्री र मन्त्रालयको भागबन्डाबारे सत्तागठबन्धनबीचमा सहमति जुटेको छ ।

सहमतिसँगै बिहान साढे १० बजे रोकिएको शपथग्रहण कार्यक्रम आजै बेलुका ५ बजे हुने भएको छ ।

सत्ता गठबन्धनको बैठकपछि माओवादीलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र नेकपा एसलाई भौतिक पूर्वाधार मन्त्रालय दिने पनि सहमति भएको हो ।

गठबन्धनको बहुमत पुर्‍याउन सभामुखबाट राजीनामा दिएका बाबुराम गौतम आर्थिक मामिला तथा योजनामन्त्री बन्ने भएका छन् ।

उनको नेतृत्वमा सरकारमा जाने माओवादीमा सहमति भएको छ । सहमतिपछि आजै शपथग्रहणको कार्यक्रम रहेको छ ।

एकिकृत समाजवादीका कमल प्रसाद जवेगु भौतिक पूर्वाधार मन्त्री हुने छन् । नेपाली कांग्रेसका प्रदीप सुनुवारलाई भने सामाजिक विकास मन्त्रालयको जिम्मा दिइने भएको छ । थप मन्त्रीको नियुक्ति भने सरकारले विश्वासको मत लिएपछि मात्र गर्ने तयारी रहेको छ ।

प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको १ सय ६८ को उपधारा २ अनुसार कांग्रेस, माओवादी केन्द्र, नेकपा एस र जसपाको समर्थन पाएका थापालाई मंगलबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ