• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

विजनेश

आज ६ सयले घट्यो सुनको भाउ

5.5K
SHARES



काठमाण्डौ । सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेको छ ।

आज सुन तोलामा १ लाख १२ हजार ४ सयमा झरेको छ । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ ।

तोलामा १५ रुपैयाँले घटेर चाँदी आज १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले सन् २०२१/२२ मा ९ अर्ब ३९ करोड रुपैयाँको कारोबार गरेको छ । अघिल्लो वर्ष २०२०/२१ को भन्दा वर्ल्डलिंकले २०२१/२२ मा १ अर्ब ४३ करोड रुपैयाँ बढी व्यापार गरेको छ ।

२०२०/२१ मा कम्पनीले ७ अर्ब ९५ करोड रुपैयाँको कारोबार गरेको थियो । २०१९/२० मा वर्ल्डलिंकको व्यापार ६ अर्ब ५४ करोड रुपैयाँ थियो।

वर्ल्डलिंकले मार्च २०२३ मा ब्रिटिस इन्टरनेसनल इन्भेष्टमेन्टबाट १ अर्ब ८ करोड रुपैयाँ र डोल्मा इम्प्याक्ट फन्डबाट ९० करोड रुपैयाँ लगानी भित्र्याएको थियो । यससँगै कम्पनीमा विदेशी लगानीबाट संकलित पुँजी ३ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ ।

वर्ल्डलिंकले नेपालको इन्टरनेट बजारको २९ प्रतिशत बजार हिस्सा ओगटेको केयर रेटिङ्स नेपालको रेटिङ विवरणमा उल्लेख छ। फाइबर इन्टरनेटको हकमा वर्ल्डलिंकको बजार हिस्सा ३० प्रतिशत रहेको देखिन्छ ।

अप्रिल २०२३ सम्म कम्पनीसँग ७ लाख ७२ हजार ग्राहक रहेका छन् । नेपालको ४० प्रतिशत इन्टरनेट ब्यान्डविथ वर्ल्डलिंकले देशका ७० बढी जिल्लामा पुर्‍याइसकेको छ ।

वर्ल्डलिंकले ५ अर्ब १९ करोड रुपैयाँको बैंकिङ कर्जाका लागि रेटिङ पाएको छ । २ अर्ब १८ करोड रुपैयाँको दीर्घकालीन कर्जाका लागि एनपी ए र ३ अर्ब रुपैयाँको अल्पकालीन कर्जाका लागि एनपी ए टु प्लस रेटिङ पुन:पुष्टि गराएको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ