• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

प्रदेश

साढे २८ किलो गन्धकसहित १ भारतीय नागरिक कैलारीबाट पक्राउ

2.8K
SHARES



कैलाली । कैलालीको कैलारी गाउँपालिका ३ खोनपुरस्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले साढे २८ किलो गन्धकसहित १ जनालाई पक्राउ गरेको छ । गन्धक बारुद तथा विस्फोटक पदार्थ बनाउन प्रयोग हुन्छ ।

पक्राउ पर्नेमा भारत घर बताउने ४२ वर्षीय शिवा गुप्ता रहेको प्रहरीले सशस्त्र प्रहरीका डीएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाले बताएका छन् ।

साइकलमा राखेर भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेकाबेला उक्त गन्धकसहित उनलाई प्रस्तावित सीमा सुरक्षा गुल्म खोनपुरले नियन्त्रणमा लिएको हो ।

उनले के प्रयोजनका लागि गन्धक ल्याएको हो भन्ने पत्ता लागेको छैन । गुप्तालाई बरामद गन्धक तथा साइकलसहित आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय हसुलियामा बुझाएको थापाले बताएका छन् ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ