• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

कर्णाली

महादेव माध्यमिक विद्यालयमा अज्ञत राेगले एक विद्यार्थीकाे मृत्यु, ५१ जना बिरामी

4.4K
SHARES



कालीकोट । कालीकाेटकाे तिलागुफा नगरपालिका-१० रुडुमा रहेकाे महादेव माध्यमिक विद्यालयमा अज्ञत राेगले १ विद्यार्थीकाे ज्यान गएकाे छ ।

थाहा नभएकाे राेगले कक्षा कक्षा ६ मा अध्ययनरत कर्मा थापाकाे ज्यान गएकाे हाे । यस्तै अन्य ५१ जना विद्यार्थी बिरामी परेका छन् । विद्यालयमा एक हप्ता अघिदेखि विद्यार्थी बिरामी पर्ना थालेका विद्यालयका प्रधानाध्यापक भरतबहादुर सिंहले बताए ।

प्रारम्भिक बाल विकास (ईसीडी) का १३ जना शिक्षक र कक्षा ५ का १६ जना विद्यार्थीको अनुहार सुन्निएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको शिक्षक धर्मनन्द्र कोइरालाले बताए ।

यस्तै कक्षा ३ का १८ जना विद्यार्थीकाे कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेकाे छ । बिरामीमा ज्वरो आउने, टाउको दुख्ने, अनुहारमा दाग देखिने र हातखुट्टा सुनिने समस्या आएको शिक्षक कोइरालाले बताए ।

विद्यालयमा विद्यार्थी बिरामी परेको सूचना प्राप्त भएकाले आज बिहीवार नै स्वास्थकर्मीको टोली प्रभावित क्षेत्रमा जाने तयारी गरिरहेको स्वास्थ्य सेवा कार्यालय कालीकोटका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डाक्टर संकेत बिश्वकर्माले बताएका छन् ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ