• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

कर्णाली

कर्णालीमा १ करोड ४० लाख बजेट बिनियोजन, खाद्यान्न उत्पादनमा जोड (पूर्ण पाठ)

4.3K
SHARES



कर्णाली। कर्णाली प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०८०/८१ का लागि ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले शुक्रवार प्रदेश सभा बैठकमा सरकारकाे बजेट सार्वजनिक गरेका हुन् । चालुतर्फ ९ अर्ब २० लाख २४ हजार र पुँजीगततर्फ १९ अर्ब ९७ करोड ७२ लाख ४३ हजार बजेट विनियोजन गरिएको छ ।

बजेटमा पालिकाकाे वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ८० करोड ४ लाख ४० हजार रुपैयाँ विनियोजन गरिएको छ । चालु आर्थिक वर्षमा कर्णालीको बजेट ३२ अर्ब ७४ करोड ९ लाख रुपैयाँको थियो ।

बजेटमा ‘नदीमाथिका गरा : बनाउँछौँ हराभरा’ लाई कार्यरूप दिन कर्णाली, भेरी बेसिन र शारदालगायतका विभिन्न नदी किनारमा रहेका टारहरूमा सिँचाइ सुविधा विस्तार गर्न १ करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

प्रदेशको खाद्यान्न उत्पादनको प्रचुर सम्भावना रहेका क्षेत्रहरूको विकास गर्न सङ्घीय सरकार तथा विकास साझेदार संस्थासँग सहकार्य गरिने बजेट वक्तव्यमा भनिएको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ