काठमाडौं । नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ ।
पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन् ।
सोही क्रममा गीतकार तथा साहित्यकार बिमला हुँमागाई (बोध श्री)को सजनामा रहेको नयाँ गीत “के नै थ्यो र मसँग” सार्वजनिक भएको छ ।
यस गीतमा चर्चित गायिका रचना रिमालको स्वर रहेको छ भने गीतकार तथा साहित्यकार बिमला हुँमागाई (बोध श्री)को शब्द सृजना, नविन कार्कीको संगीत रहेको छ ।
विश्वकर्माको छायांकन, विकास धमलाको सम्पादन रहेको छ । यस गीतलाई बोध अनलाईन टिभीबाट सार्वजनिक गरिएको हो ।
प्रतिक्रिया