• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

विजनेश

सेयर बजारमा ४०.४८ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

2.8K
SHARES



काठमाडौं । साताको पहिलो कारोबार दिन आज (आइतबार) सेयर बजारमा ४०.४८ अंकको वृद्धि भएको छ ।

२.०९ प्रतिशतले बढेको बजार १९८०.०९ विन्दुमा उक्लिएको छ । आइतबार सबै उपसूचकहरु हरियाली देखिका छन् । सबैभन्दा धेरै लगानी उपसूचक (५.११ प्रतिशत) मा वृद्धि भएको छ ।

आइतबार २ सय ७५ धितोपत्रको ६१ हजार ४ सय ५० कारोबारबाट ९५ लाख २८ हजार २ सय ५५ कित्ता सेयर किनबेच भएको छ । आइतबार ३ अर्ब ४५ करोड ४३ लाख ४४ हजार ५ सय ६३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आइतबार भूगोल इनर्जी विकास कम्पनी र सिटी होटलको मूल्य सकारात्मक सर्किट लेवलमा बढ्यो । सिटी होटल आइतबारदेखि कारोबारमा आएको हो । गुहेश्वरी मर्चेण्ट, रियलाइन्स फाइनान्स, नागरिक लगानी कोषसहितका धितोपत्रको मूल्य धेरैले बढेको छ ।

आइतबार ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड, मेघा म्यूचअल फण्ड, मनकामना स्मार्ट लघुवित्तसहितका धितोपत्रको मूल्य धेरैले घटेको छ । नागरिक लगानी कोष, शिवमः सिमेन्टसहितका धितोपत्रको बढी कारोबार भएको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ