• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    1.8K
    SHARES



    काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबार (आज) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

    मंगलबार अमेरिकी डलरको भाउ बढेको छ । लगातार २ दिन स्थिर रहेको अमेरिकी डलरको भाउ मंगलबार १९ पैसाले बढेको छ ।

    मंगलबार एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ८६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४६ पैसा कायम गरिएको छ । यसअघि सोमबार उक्त डलरको खरिदमूल्य १३० रुपैयाँ ६७ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ २७ पैसा कायमम गरिएको थियो ।

    नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार युरोपियन युरो एकको खरिददर १४३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४० पैसा कायम गरिएको छ। सोमबार युरो एकको खरिदमूल्य १४३ रुपैयाँ ७५ पैसा र बिक्रीमूल्य १४४ रुपैयाँ ४० पैसा कायम गरिएको थियो।

    मंगलबार बेलायती पाउण्ड स्टर्लिङको कारोबार स्थिर रहेको छ । आज यसको खरिददर १६२ रुपैयाँ ३६ पैसा र बिक्रीदर १६३ रुपैयाँ ११ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा एक रुपैयाँ १४ पैसाले बढेको हो । सोमबार यसको खरिदमूल्य १६२ रुपैयाँ २२ पैसा र बिक्री मूल्य १६२ रुपैयाँ ९७ पैसामा कारोबार भएको थियो ।

    त्यसैगरी मंगलबार अष्ट्रेलियन डलरको एकको खरिदमा ८७ रुपैयाँ ७५ पैसा र बिक्रीमा ८८ रुपैयाँ १५ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ९२ पैसा र बिक्रीमा ९८ रुपैयाँ ३७ पैसा कायम भएको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८४ पैसा र बिक्रीमा ३६ रुपैयाँ कायम गरिएको छ ।

    मंगलबार साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५ पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६३ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८० पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ५९ पैसा र बिक्रीदर २९ रुपैयाँ ७३ पैसामा पाइनेछ ।

    उता कुवेती दिनार एकको खरिदमा मंगलबार ४२७ रुपैयाँ २८ पैसा र बिक्रीमा ४२९ रुपैयाँ २४ पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ९ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ६८ पैसा तोकिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया