काठमाडौँ। आइएमई पे र सिटी एक्स्प्रेसबाीच सम्झौता भएको छ ।
सम्झौताअनुसार विदेशबाट पठाइएको रेमिट्यान्स अब ग्राहकले सीधै आइएमई पे वालेटबाट दाबी गरी पाउने भएका छन् ।
यो सुविधा केही समयपश्चात् लाइभ हुने र लागू गरेपश्चात् ग्राहक वर्गले रेमिट्यान्स वालेटमै प्राप्त गर्न सक्नेछन् ।
ग्राहकलाई विदेशमा रहेका परिवार तथा मित्रहरूले पठाएको रकम सहज तरिकाले प्राप्त गर्न मिल्ने बनाउने उद्देश्यले यो सम्झौता गरिएको कम्पनीहरूको भनाइ छ ।
प्रतिक्रिया