• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

विजनेश

बैंकले निक्षेपमा त्रैमासिक रुपमा मात्र ब्याज दिन पाउने

3.6K
SHARES



काठमाडौँ। अब वाणिज्य बैंकहरुले निक्षेपमा त्रैमासिक रुपमा मात्र ब्याज दिन पाउने भएका छन् । धेरै निक्षेप संकलन गर्नकै लागि बैंकहरुले संस्थागत निक्षेपकर्ता र केही ठूला व्यक्तिगत निक्षेपकर्तालाई दैनिक र मासिक रुपमा पनि ब्याज प्रदान गर्दै आएका थिए ।

त्यो प्रवृति नियन्त्रण गर्न भन्दै निक्षेपमा त्रैमासिक रुपमा मात्र ब्याज प्रदान गर्ने निर्णय नेपाल बैंकर्स संघले गरेको हो । ‘निक्षेपमा त्रैमासिक रुपमा मात्र ब्याजदर भुक्तानी गर्ने सहमति भएको छ,’ बैंकर्स संघका अध्यक्ष सुनिल केसीले भने, ‘बैंकहरुबीचको अस्वस्थ प्रतिस्पर्धा नियन्त्रण गर्न उक्त सहमति गरिएको हो ।’

राष्ट्र बैंकको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत मुद्दती निक्षेपमा प्रदान गरेको ब्याजदर भन्दा दुई प्रतिशत विन्दु कम मात्र संस्थागत मुद्दती निक्षेपमा दिन पाइन्छ । तर बैंकहरुले संस्थापक निक्षेपकर्तालाई आफ्नो बैंकमै टिकाइ राख्न दैनिक रुपमा ब्याजदर भुक्तानी गर्दै आएका थिए ।

यसो गर्दा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजभन्दा दुई प्रतिशत विन्दु कम मात्र ब्याज संस्थागत मुद्दती निक्षेपमा दिनुपर्ने राष्ट्र बैंकको निर्देशन उल्लंघन हुँदै आएको थियो । यही कारण राष्ट्र बैंकले सबै बैंकहरूबाट सबै प्रकारका निक्षेपमा प्रदान गरिएको ब्याजदरको विवरण माग गरको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ