• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

मुख्य समाचार राजनीति

जसपा केन्द्रीय समितिको बैठक बस्दै

4.1K
SHARES



काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठक आज बस्दै छ । बिहान ११ बजे डिल्ली बजारको एक पार्टी प्यालेसमा बस्ने बैठकमा स्थानीय तहको चुनाव र पार्टीको विधान अधिवेशन लगायतको विषयमा छलफल हुने बताइएको छ ।

जसपा संघीय परिषद्को पहिलो बैठक हिजो सम्पन्न भएको थिए । सो बैठकमा परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो प्रतिवेदन सर्वसम्मतिले पास भएको छ ।

सोही राजनीतिक प्रतिवेदनलाई केन्द्रीय समितिको बैठकमा पनि छलफल गरिने जसपाका नेता विश्वदीप पाण्डेले बताए । बैठकमा कार्यकारिणी समितिको विस्तार, कार्यविभाजन, नेतृत्व प्रणालीको बारेमा छलफल हुने बताइएको छ ।

हिजोको संघीय परिषद्को बैठकमा अध्यक्ष भट्टराईले जसपा एक ढिक्का भएर अगाडि बढ्ने घोषणा गरेका थिए । जसपा एक ढिक्का भएर चुनावमा जाने भन्दै पार्टीमा रहेका सबै विवाद व्यवस्थापन भइसकेको पनि धारणा राखेका थिए ।

पार्टीमा कार्यकारी अध्यक्षको विषयलाई जसपाका अध्यक्ष उपेन्द्र यादव र अध्यक्ष भट्टराईबीच आन्तरिक द्वन्द्व चलिरहेको थियो । पार्टी नै विभाजन हुने अवस्थामा पुगेको थियो परिषद् तथा केन्द्रीय समितिको बैठकले ती सबै समस्या समाधान गरिने नेताहरू बताउँछन् ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ