• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    एसएसपीदेखि एआईजीसम्म १५ अधिकृत मधेशमा, को–कहाँ खटिए ? (सूचीसहित)

    1.2K
    SHARES



    काठमाडौं । तराई–मधेशमा विकसित पछिल्लो घटनाक्रमको सुरक्षा आकलन गर्दै प्रहरी प्रधान कार्यालयले एसएसपीदेखि एआईजीसम्मका १५ अधिकृतलाई तराई मधेश खटाइएको छ ।

    प्रहरी प्रधान कार्यालयका प्रवक्ता तथा डीआईजी अबि नारायण काफ्लेका अनुसार १५ उच्च अधिकृतलाई तराई–मधेश परिचालन गरिएको हो । १० साउनका राति सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीच विवाद हुँदा सुरक्षाकर्मीको गोलीले लागेर एक जनाको ज्यान गएको थियो ।

    त्यसपछि यही विषयलाई कारण देखाउँदै तराईका मोरङ, सुनसरी, सिरहा, धनुषा लगायत जिल्लाहरुमा तनाव सिर्जन भएको छ । आगजनी तोडफोडका घटना भएका छन् । कर्फ्यु लगाउँदै सेना परिचालन गरिएको छ । अहिलेसम्म तीन जनाको ज्यान गएको छ ।

    यही घटनाका लागि थप प्रहरी जनशक्ति तराई केन्द्रीत बनाइएको हो । स्रोत साधनको परिचालन, प्रभाकारी मूल्यांकन, नीति निर्देशक, सुरक्षा कार्ययोजना, सूचना संकलन तथा विश्लेषण र आवश्यकता अनुसार फिल्डमा खटिएर काम गर्न उच्च अधिकृतहरुलाई परिचालन गरिएको हो ।

    उनीहरुले प्रदेश र जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरी सहजीकरण गर्ने बताइएको छ । 

    को कहाँ खटिए ?

    एआईजी सिद्धीविक्रम शाह– बाँके

    एआईजी हिमालय कुमार श्रेष्ठ– मधेश प्रदेश

    एआईजी उमा प्रसाद चतुर्वेदी– कपिलवस्तु

    एआईजी ईश्वर कार्की–कोशी प्रदेश

    डीआईजी दिनेश कुमार आचार्य – सिरहा

    डीआईजी अबि नारायण काफ्ले–सप्तरी

    एसएसपी गोपाल चन्द्र भट्टराई –सर्लाही

    एसएसपी सोमेन्द्र सिंह राठौर – पर्सा

    एसएसपी दीप शम्शेर जबरा–रौतहट

    एसएसपी नवराज अधिकारी– चितवन

    एसएसपी कृष्ण प्रसाद पंगेनी– महोत्तरी

    एसएसपी होबिन्द्र बोगटी– बारा

    एसएसपी ज्ञानेन्द्र प्रसाद फुयाँल– मोरङ

    एसएसपी भुवनेश्वर तिवारी– धनुषा

    एसएसपी अमरेन्द्र बहादुर सिंह – मधेश

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया