• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश समाचार

    सञ्चय कोषका कर्मचारीलाई माछापुच्छ्रे बैंकको विशेष बैंकिङ सुविधा, भयो यस्तो सम्झौता

    1.2K
    SHARES



    काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच सञ्चय कोषका कर्मचारीलाई लक्षित गर्दै विशेष बैंकिङ सुविधा उपलब्ध गराउने सम्झौता भएको छ ।

    सम्झौतापत्रमा माछापुच्छ्रे बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्धराज अर्याल र कर्मचारी सञ्चय कोषका कायममुकायम सहप्रशासक भरत राज वस्तीले हस्ताक्षर गरेका छन् ।

    सम्झौताअनुसार माछापुच्छ्रे बैंकले कर्मचारी सञ्चय कोषका कर्मचारीका लागि प्रिमियम सुविधा सहितको तलब व्यवस्थापन खाता सञ्चालन गर्नेछ । यसमार्फत कर्मचारीहरूले सहज, सुरक्षित र आधुनिक बैंकिङ सेवा प्राप्त गर्ने बैंकले जनाएको छ ।

    तलब व्यवस्थापन खातासँगै बचत तथा निक्षेप, डिजिटल बैंकिङ, कर्जा, कार्ड सेवा लगायतका विभिन्न बैंकिङ सुविधा पनि उपलब्ध गराइने जनाइएको छ ।

    माछापुच्छ्रे बैंकले विभिन्न सरकारी कार्यालयहरूको तलब व्यवस्थापन खाता सञ्चालन गर्दै आएको छ । बैंकले यो सहकार्यबाट संस्थागत बैंकिङ सेवाको विस्तार हुनुका साथै कर्मचारी सञ्चय कोषका कर्मचारीले थप गुणस्तरीय वित्तीय सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया