• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

मनोरञ्जन समाचार

‘देउडा अर्गानिक साँझ’ फेरि सुरु, वरिष्ठ देउडा गायक भोजराज भट्टले दिए प्रस्तुति

5.8K
SHARES



काठमाडौँ । कोरोना महामारीका कारण प्रभावित बनेको ‘देउडा अर्गानिक साँझ’ फेरि सुरु भएको छ ।

यसअघि प्रत्येक शुक्रबार संचालन हुँदै आएको ‘देउडा अर्गानिक साँझ’ कोरोना महामारीका कारण स्थगित हुन् पुगेको थियो । विश्वभर फैलिएको कोरोना महामारीले नेपालमा पनि उग्र लिएपछि सरकारले स्मार्ट लकडाउनको नीति अपनाएको थियो ।

कोरोना जोखिमलाई मध्यनजर गर्दै सरकारलाई बिभिन्न किसिमका प्रतिबन्ध लगाएको थियो सोहि नियमको पालना तथा कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै देउडा अर्गानिक साँझ पनि स्थगित भएको थियो ।

तर विस्तारै कोरोना संक्रमण दर नियन्त्रणमा आएपछि सरकारले बिभिन्न किसिमका प्रतिबन्ध हटाएसँगै ‘देउडा अर्गानिक साँझ’ पनि यहि शुक्रबारदेखि पुन: सुरु गरिएको अर्गानिक जोनका संस्थापक दिपक बहादुर बुढाले बताए ।

‘देउडा अर्गानिक साँझ’को उट्घाटनमा प्रमुख अतिथि एवम् कर्णाली प्रदेश याेजना आयाेगका पूर्व सदस्य डा. दीपेन्द्र राेकाया, विशेष अतिथि वरिष्ठ कलाकार रेखा जाेशी र अतिथि कलाकार इरानी सुन्दरी भामकाे उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालक तथा संयाेजक रत्नकमल विष्टले गरेका थिए ।

त्यस्तै यो शुक्रबारको देउडा अर्गानिक साँझमा भने प्रमुख अथिती वरिष्ठ देउडा गायक भोजराज भट्ट, विशेष अथिति काली बहादुर शाही र पुष्पा बोहोराले प्रस्तुती दिएका थिए ।

‘नेपाललाई स्वीजरल्याण्ड होइन स्वर्गल्याण्ड बनाउ’ भन्ने मूल उदेश्यका साथ खोलिएको अर्गानिक जोनमा सातै वटा प्रदेशको उत्पादनलाई बजारीकरण गर्न र सबै प्रदेशका संस्कृतिअनुसारको वातावरण बनाइ आपसी बन्धुत्वको भावना सिर्जना गर्नु रहेको जोनका संस्थापक बुढाले बताए ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ