• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    रोचक-विचित्र

    मर्नुभन्दा ठिक पहिले धेरैजसो मानिसहरु के भन्छन् ? नर्सले गरिन् आश्चर्यजनक खुलासा

    10K
    SHARES



    काठमाडौं। अमेरिकाकी एक नर्सले सामाजिक संजालमा सनसनीपूर्ण खुलासा गरेकी छिन् । यी नर्सको नाम जुली हो । उनका अनुसार मर्नुभन्दा ठिक पहिले धेरैजसो मानिसहरु एउटै किसिमको कुरा गर्छन् ।

    जुलीका टिकटकमा ३ लाख ७२ हजार फलोअर छन् जहाँ उनले आफ्ना अनुभवहरु साझा गरेकी छिन् । हस्पिटल नर्स जुलीका अनुसार उनले क्यालिफोर्नियाको लस एन्जल्समा लगभग ५ वर्षसम्म काम गरेकी छिन् ।

    त्यसअघि उनी ९ वर्षसम्म आइसीयू नर्स थिइन् । उनी करिब १४ वर्षदेखि नर्सको काम गरिरहेकी छिन् । जुलीले जुनसुकै बेला मर्न सक्ने अत्यन्तै बिरामी मानिसहरुको हेरचाह गर्छिन् ।

    उनले धेरै मानिसहरुलाई आफ्नो आँखाअगाडि प्राण त्यागेको देखेकी छिन् । हालै उनले आफ्नो टिकटक भिडियोमा मर्नुभन्दा अगाडि मानिसहरु के भन्छन् भन्ने खुलासा गरेकी छिन् ।

    जुलीका अनुसार उनले मृत्युभन्दा ठिक पहिले आफ्ना धेरैजसो बिरामीको सास फेर्ने तरिकामा परिवर्तन भएको देखेकी छिन् । बिरामीहरुमा त्यतिबेला छालाको रंगमा परिवर्तन्, ज्वरो आउनु, पटक पटक आफ्ना नजिकका व्यक्तिको नाम लिने आदि लक्षण देखेकी छिन् ।

    जुलीले भनिन् ‘धेरैजसो मानिसहरु मर्नुभन्दा अगाडि आइ लभ यु भन्छन् वा उनीहरु आफ्ना मातापितालाई बोलाउँछन् जो आम रुपमा पहिले नै मरिसकेका हुन्छन् ।’

    अर्को एक भिडियोमा जुलीले बताएअनुसार प्राण त्याग्नुभन्दा पहिले उनका धेरैजसो बिरामीहरुले छायाँहरु देख्न थाल्छन् । छायाँमा उनीहरुले आफ्ना मरिसकेका आफन्तहरुलाई देख्छन् र आफू घर आउन लागेको भन्छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ