• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

रोचक-विचित्र

पत्नीको इछ्या पुरा गर्न श्रीमानले बनाए ३ सय ६० डिग्री घुम्ने घर, कसरी भयो सम्भव ?

8.6K
SHARES



एजेन्सी । पत्नीले एउटै दृश्यलाई फरक–फरक कोणबाट हेर्ने इच्छा गरेपछि एक श्रीमानले ३ सय ६० डिग्री घुम्ने घर बनाएका छन् । यो अनौठो घर उत्तरी बोस्नियाको सर्बेक शहर नजिकैको एक मैदानमा छ ।

‘हामीले पटक–पटक घर पुनर्निर्माण गरिसकेका थियौं र श्रीमतीको इच्छ्या पुरा गर्नुपर्ने थियो,’ ७२ वर्षीया कुसिकले भने,‘त्यसपछि मैले पत्नीलाई भनें । म एउटा त्यस्तो घुम्ने घर बनाउँछु । जसलाई तिमीले इच्छाअनुसार घुमाउन सक्छौं ।’

अहिले सात मिटर क्षेत्रफलमा यो घर चारैतर्फ घुम्छ । यसमा बसेर मकैबारीदेखि जंगलसम्मले आफ्नो रुप बदलेको पल नियाल्न सकिन्छ । कुसिक भन्छन्,‘सबैभन्दा ढिला हुँदा यो घरले २४ घण्टामा एकपटक फन्को मार्छ । तर, गति तेज राखिएका बेला यसले २२ सेकेन्डमै फन्को मार्छ ।’

नयाँ घरलाई लिएर कुसिककी पत्नीले कुनै टिप्पणी भने गर्न चाहेकी छैनन् । निकोला टेस्ला र मिहाजलो पुपिनबाट प्रेरणा लिएर आफुले यो घर बनाएको कुसिकले बताएका छन् ।

‘गरिब परिवारमा जन्मिएका कारण मैले राम्रो शिक्षा लिन पाइँन । त्यसैले आफैं केही गर्दै सिक्नुको विकल्प थिएन,’ उनले भने । उता बंगलादेशको एउटा गाईले मृत्युपछि गिनिज बुकमा नाम लेखाएको छ । जम्मा २० इन्च अग्लो उक्त गाई अहिलेसम्मकै सबैभन्दा सानो गाईको रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डस्मा दर्ज भएको हो ।

भुटानी नश्लको उक्त गाईको नाम रानी हो। बंगलादेशको राजधानी ढाकास्थित काजी सुफियान नामका किसानले पालेको उक्त गाइको सरीरको तौल जम्मा २६ केजी थियो।

गत अगष्ट १९ मा अत्यधिक गर्मी तथा पेटमा ग्यास जम्मा भएर फुलिएका कारण २ वर्षीय रानी गाईको मृत्यु भएको हो। सेप्टेम्बर २९ मा गिनिज बुकले रानी गाईको नाम विश्वमा अहिलेसम्मकै सबैभन्दा सानो गाईको रुपमा दर्ज गरेको छ।

गत जुलाई महिनामा इन्टरनेटमा उक्त गाईको तस्वीर तथा भिडियो भाइरल बनेसँगै रानीलाई विश्वको सबैभन्दा सानो गाईको रुपमा मिडियाहरुमा व्यापक प्रचार गरिएको थियो ।

त्यसपछि उक्त गाइलाई गिनिज बुकमा नाम लेखाउनका लागि आवश्यक प्रक्रिया सुरु गरिएको थियो । गाईको बारेमा समाचार सार्वजनिक भएसँगै काजी सुफियानको गाई फार्ममा रानीलाई हेर्नका लागि हजारौँ मानिस पुगेका थिए ।

रानीको मृत्युपछि हाल विश्वको सबैभन्दा सानो जिवित गाईको किर्तिमान भारतको केरालामा रहेको २४ इन्च अग्लो गाईको नाममा छ । उक्त गाईको नाम मनिक्यम हो ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ