• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

बैक-विमा विजनेश

नबिल दिगो बैंकिङ्ग- महिला उद्यमशिलताको विकास तथा वित्तीय पहुँचमा जोड

5K
SHARES



काठमाडौं । नबिल बैंक र नेपाल उद्योग परिसंघ–वुमन लिडरसिप फोरमले महिला उद्यमीहरुको लागि नबिल दिगो बैंकिङ्ग र साना तथा मझौला कर्जा विषयमा छलफल गरेको छ । उक्त कार्यक्रममा नबिल बैंकले महिला उद्यमशिलताको लागि चालेका कदमहरू र उपलब्ध कर्जाको बारेमा जानकारी गराएको थियो ।
कार्यक्रममा सीएनआई–डब्लुएलएफ संयोजक छाया शर्माले नबिल बैंकको दिगो बैंकिङ्ग तथा अन्य महिला केन्द्रित पहलहरूको प्रशंसा गर्दै महिलाको सामाजिक रुपान्तरणमा योगदान पुग्ने विश्वास व्यक्त गरिन् ।

साथै उनले वित्तीय पहुँच सँगसँगै वित्तीय साक्षरतालाई पनि अगाडी बढाउन सुझाव दिएकी थिइन् । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले दिगो बैंकिङ्ग मार्फत बैंकले उद्यमशीलताका विकास तथा वित्तीय पहुँचलाई गाउँगाउँमा पुर्याएर उद्यमीहरुको सिर्जना गरि दिगो विकासमा टेवा पुर्याउने लक्ष्य लिएको बताए ।

कार्यक्रममा सीएनआई–डब्लुएलएफका सदस्य आशा राणा अधिकारीले यस कार्यक्रमले नबिल दिगो बैंकिङ्गलाई सबै महिलाहरूमा पुर्याउन सहयोग गर्ने र आउदा दिनमा यसलाई अझ बढाउदै लगिने बताए । नबिल बैंकले गत असार १५ गते धान दिवसको दिन नबिल दिगो बैंकिङ्गको सुरुवात गरेको हो ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ