• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    जीवनशैली यौन स्वास्थ्य

    गर्भवती महिलालाई किन देखिन्छ सुगर र थाइराइड, कारण र नियन्त्रण गर्ने तयारीका सहित

    11.5K
    SHARES



    गर्भवती महिलामा सुगर र थाइराइडको समस्या देखिनु सामान्यजस्तै भइसकेको छ। यसलाई हेलचक्र्याइँ गरियो भने दुर्घटनासमेत निम्त्याउन सक्छ। गर्भवती महिलामा देखिने सुगर र थाइराइडको नियन्त्रणका विषयमा केन्द्रीत रहेर हामीले नेपाल मेडिसिटी अस्पतालमा कार्यरत स्त्री रोग विशेषज्ञ डा निरासिंह श्रेष्ठसँगको कुराकानीका मुख्य अंश:

    अहिले जसलाई पनि थाइराइड देखियो, सुगर देखियो भनिन्छ। यो केस बढेकोभन्दा पनि परीक्षण बढेको हो। पहिलादेखि भइरहेको समस्या पनि देखिएको हो। शरीरमा हर्मोनको गडबड भइरहने भएकाले सुगर बढ्न जान्छ। यसलाई नियन्त्रण गर्न नसके पछि समस्या आउन सक्छ।

    यसलाई राम्रोसँग लैजान सकिन्छ, आत्तिनु पर्दैन। नदेखिएको राम्रो हो। देखिए पनि नियन्त्रण गर्न सकिन्छ। सुत्केरी भएपछि थाइराइड र सुगर सामान्य अवस्थामा फर्किन सक्छ। लापरबाही गर्‍यो भने जटिलता हुन्छ। आमालाई भन्दा बच्चालाई जोखिम हुन्छ।

    बच्चाको ज्यानसमेत जान सक्छ भने असामान्य बच्चा जन्मिन सक्छ। त्यस्तै बच्चालाई सुगरसमेत देखिन्छ। सुगर र थाइराइड भए-नभएको परीक्षण गरेरमात्रै थाहा हुन्छ। त्यसैले गर्भवती महिलाले यसको परीक्षण गर्नैपर्छ किनकी धेरैलाई लक्षण देखिँदैन।

    आजकल धेरैजसो महिलाहरू धेरै उमेरमा गर्भवती हुन्छन्। उमेरका कारणले पनि यस्तो भएको हुनसक्छ। अनि हाम्रो जीवनशैली र तनावपूर्ण दैनिकी पनि जिम्मेवार छ। यसको उपचार समयमै भयो भने जन्मिएको बच्चालाई केही असर गर्दैन।

    सामान्य अवस्थामा सुगर थाइराइड भएमा बच्चा जन्माउने योजना बनाउने कि नबनाउने भन्ने हुन्छ। यसको उपचार गरेर र निगरानी गरेर महिलाले योजना बनाउन सक्छन्।\

    होम आइसोलेसन बस्दा मानसिक समस्याबाट कसरी मुक्त हुने?

    कोरोना महामारीले शारीरिक मात्र होइन, मानसिक समस्या पनि उत्तिकै बढाएको छ। कोरोना लाग्ला भन्ने डर, आइसोलेसन बसेकालाई कहिलो निको होला भन्ने चिन्ता, अनि निको भएकालाई दोहोरिने हो कि भन्ने समस्या! अहिले धेरै मानिसहरू पिरोलिएका छन्।

    संक्रमित बढेसँगै होम आइसोलेसन बस्ने संख्या पनि बढेको छ। होम आइसोलेसन बसेका बेला आइपर्ने मानसिक समस्या र यसबाट जोगिन गर्न सकिने उपायबारे अल्का अस्पतालमा कार्यरत मानसिक रोग विशेषज्ञ डा. प्रदीप पाण्डेसँगको कुराकानीका मुख्य अंशहरू यसप्रकार छन्।

    आइसोलेसन बस्दा मानिस कोठामा थन्किएर बस्छ। त्यो बेला उसले घरपरिवारसँग नजिक भएर बस्न पाउँदैन। राती सुतेका बेलामा केही भयो र कसैले देखेन भने? भन्ने खालका कुरा मनमा आउन सक्छन्।

    कोरोनाका कारण राती अनिद्रा समस्या बढेको छ। डर लाग्ने, मुटु ढुक्ढुक हुने, मन आत्तिने, सास फेर्न गाह्रो हुने जस्ता एन्जाइटीका समस्या देखिने गरेको छ।  परिवारका अरू सदस्यलाई कोरोना देखियो वा देखिएको छ भने, ला कसैलाई गाह्रो भयो भने के गर्ने भन्ने खालको चिन्ताले सताइरहेको हुन्छ।

    समाजले कोरोना लागेको थाहा पायो भने म र मेरो परिवारसँग कोही पनि नबोल्ने हो कि भन्ने चिन्ता पनि लाग्छ। यसले मानसिक रूपमा कमजोर बनाउँछ। एक्लै बस्नु र एक्लो महसुस गर्नु फरक कुरा हो।

    भीडमा बस्दा पनि मान्छे एक्लो हुन सक्छ तर एक्लै बस्दा पनि एक्लो नलाग्न सक्छ। त्यसका लागि अरू माध्यमबाट व्यस्त रहन सकिन्छ।सामाजिक सञ्जाल र अन्य माध्यमबाट आफन्त र साथीभाइसँग कुरा गर्न सकिन्छ।

    व्यायामहरू गर्नुपर्छ। यसले रोगसँग लड्ने क्षमता बढाउँछ। विज्ञानले प्रमाणित नगरे पनि योगले विभिन्न सहयोग गर्छ। जतिखेर पनि मोबाइलमा खेल्ने होइन। तर मोबाइलले एक्लो महसुस हुन नदिन सहयोग भने गर्छ।

    व्यायाम, योग गर्ने, पुस्तक पढ्ने, मोबाइलबाट सकारात्मक भिडिओ हेर्ने, सामाजिक सञ्जाल चलाउने, साथीभाइ र आफन्तसँग कुराकानी गर्ने अनि सुत्ने लगायत कामको तालिका बनाउनुपर्छ। यसो गर्दा समय सजिलै बित्छ भने एन्जाइटी र डिप्रेसनको समस्या पनि हुँदैन।

    पहिला पनि धेरै खालका समस्या भोगेर आएकै हो, बिरामी पनि भएकै हो। त्यसैले यो ठूलो समस्या होइन भन्ने ठान्नुपर्छ। अन्य देशको तुलनमा नेपालमा निको हुने मात्रा ठूलो छ। त्यसैले आशावादी हुनुपर्छ। डर देखाउनेसँग भन्दा सकारात्मक कुराकानी गर्नेका कुरा सुन्नुपर्छ।

    एक, दुइटा दुःखद घटना भन्दा पनि लाखौंले रोग जितेका घटनामा चासो राख्नुपर्छ। उमेरले गर्दा केही हुने हो कि भनेर समेत धेरै सोच्नु हुँदैन। के गर्दा आफूलाई रमाइलो लाग्छ, त्यसमा ध्यान दिनुपर्छ। आफू सचेत हुने हो तर अनावश्यक कुरा खेलाउनु हुँदैन। अनि कोरोनाबारे धेरै चासो पनि लिनु हुँदैन।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ