• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    हिमपातले मुस्ताङको हिडन भ्यालीमा फसेका १५ पर्यटकको सकुशल उद्धार

    817
    SHARES



    काठमाडौं । लगातारको हिमपातका कारण मुस्ताङको हिडन भ्याली क्षेत्रमा तीन दिनदेखि फसेका तीन जना बेलायटी नागरिकसहित १५ जना पर्यटकलाई शुक्रबार सकुशल उद्धार गरिएको छ। उनीहरूलाई नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र गैरसैनिक पथप्रदर्शकको संयुक्त टोलीले ४ हजार ९०० मिटर उचाइमा रहेको बतासे डाँडाबाट उद्धार गरेको हो।

    म्याग्दीदेखि धवलागिरी हिमाल फन्को लगाउँदै मुस्ताङतर्फ जाँदै गरेका ती पर्यटकहरू धवलागिरी चक्रीय पदमार्गमा ट्रेकिङका क्रममा ११ कात्तिकदेखि परेको हिमपातका कारण फसेका थिए। १२ कात्तिकमा मुस्ताङस्थित नेपाली सेनाको उच्च शिखर शिक्षालय र इन्द्रबक्स गणको टोलीले याक खर्कमा बेस क्याम्प स्थापना गरी उद्धार कार्य सुरु गरेको थियो।

    तीन दिनको अथक प्रयासपछि नेपाली सेनाको टोलीले उनीहरूलाई शुक्रबार फेला पारी याक खर्कसम्म सकुशल ल्याएको र हाल जोमसोमतर्फ लैजाने कार्य जारी रहेको सेनाले जनाएको छ। उद्धारमा संलग्न टोलीका अनुसार सबै पर्यटकको स्वास्थ्य अवस्था सामान्य रहेको र आवश्यक प्राथमिक उपचारका लागि स्वास्थ्यकर्मीहरू तयारी अवस्थामा छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ