• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    विप्लवले गरे सरकारविरुद्ध देशव्यापी संघर्षको घोषणा, यस्ता छन् कार्यक्रमहरु

    8.9K
    SHARES

    काठमाडौँ । बिद्रोही नेपाल कम्युनिस्ट पार्टीले ओली सरकारका बिरुद्ध देशव्यापी संघर्षको घोषणा गरेको छ । पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले बुधबार बिहान एक प्रेस बिज्ञप्ति जारी गर्दै सरकारबिरुद्ध देशभर संघर्षको घोषणा गरेका हुन् ।

    विप्लवले बिज्ञप्ति मार्फत केपी वली सरकारले कोरोना महामारीको समयमा जनताको स्वास्थ्य सुरक्षाविरुद्ध जाने, भ्रष्टाचार गर्ने, राष्ट्रियता, जनतन्त्र र जनजीविकाको विषय दिन–प्रतिदिन अझ जटिल र सङ्कटपूर्ण बनाउने कार्य गरेको आरोप समेत लगाएका छन्।

    विप्लवले सरकार कोरोनाको प्रभावले आक्रान्त जनतालाई राहत पुर्याउन लाग्नुको सट्टा स्वास्थ्य परीक्षणजस्तो संवेदनशील र राज्यको न्यूनतम् दायित्वबाट समेत पन्छिएकाले सङ्घर्ष गर्नुपरेको प्रस्ट पार्दै त्यसमा साथ दिन सम्बन्धित सम्पूर्ण पक्षलाई आह्वान पनि गरेका छन् ।

    महासचिव विप्लवले तीनदिने सङ्घर्षका कार्यक्रम घोषणा गर्दै राज्य सरकार र सम्बन्धित निकायको संरक्षणमा स्वास्थ्य सङ्कटलाई समेत पैसा कमाउने, भ्रष्टाचार गर्ने र धन कुम्ल्याउने माध्यमका रूपमा दुरुपयोग गरेको भन्दै सङ्कटको बेला जनताको स्वास्थ्यमा खेलबाड गर्ने तथा सत्ता र शक्तिको आडमा सम्पत्ति कुम्ल्याउने माध्यम नबनाउनसमेत चेतावनी दिएका छन् ।

    विप्लवले विज्ञप्तिमा भनेका छन्, ‘वर्तमान राज्यव्यवस्था र सरकार राष्ट्र र जनताप्रति झन्पछि झन् उत्तरदायित्वविहीन र हदैसम्म गैरजिम्मेवार बनिरहेको छ । सरकारको यस किसिमको क्रियाकलापले नेपालका राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरू दिन–प्रतिदिन अझ जटिल र सङ्कटपूर्ण बन्दै गइरहेका छन् ।’

    नेपाली जनतामा कोरोनाको भयावह अवस्थामा सरकारले राज्यको सम्पूर्ण शक्ति कोरोनाको नियन्त्रण र कोरोनाको प्रभावले आक्रान्त जनतालाई राहत पुर्याउन लाग्नुको सट्टा स्वास्थ्य परीक्षणजस्तो संवेदनशील र राज्यको न्यूनतम् दायित्वबाट समेत पन्छिने कार्य अत्यन्तै निकृष्ट र अमानवीय विषय भएको विप्लवको भनाई छ । विप्लवले बिज्ञप्ति मार्फत सरकारलाई सम्पूर्ण जनसमुदायलाई कोरोनाको निःशुल्क परीक्षण र उपचारको व्यवस्था गर्न विशेष माग समेत गरेका छन् ।

    विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न कठिनाइ झेल्दै कोरोना महामारीविरुद्ध निरन्तर खटिरहेका सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीलाई राज्यबाट प्रोत्साहन र सहयोग गर्नुपर्नेमा कतिपय अवस्थामा उल्टै प्रताडित हुनुपरेका घटनाहरूप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । हाम्रो पार्टी कोरोना महामारीका क्रममा ज्यान जोखिममा राखी अग्रमोर्चामा खटिरहेका सम्पूर्ण सुरक्षाकर्मी, प्रहरी, स्वास्थ्यकर्मी, डाक्टर, नर्स, सफाइकर्मीलगायतलाई विशेष आर्थिक सुविधा, स्वास्थ्य र सामाजिक सुरक्षाको उचित व्यवस्था गर्न माग गर्दछ ।’

    सरकार र सम्बन्धित निकायको संरक्षणमा स्वास्थ्य सङ्कटलाई समेत पैसा कमाउने, भ्रष्टाचार गर्ने र धन कुम्ल्याउने माध्यमका रूपमा दुरुपयोग भइरहेको तर्फ इंगित गर्दै विप्लवले यस्तो सङ्कटको बेला जनताको स्वास्थ्यमा खेलबाड गर्ने तथा सत्ता र शक्तिको आडमा सम्पत्ति कुम्ल्याउने माध्यम बनाउने पक्षलाई आआफ्नो स्थानबाट बहिष्कार गर्न र सङ्घर्षमा सहभागि हुन् सम्पूर्ण नागरिकलाई अपिल गरेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ