• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    राजधानी काठमाडौँमा शक्तिशाली वि’ष्फोट, ४ जना घाइते

    5.8K
    SHARES



    काठमाडौँ । संघीय राजधानी काठमाडौँमा शक्तिशाली बिस्फोट भएको छ । काठमाडौंको सोह्रखुट्टेस्थित फलफूल चोकमा ग्यास विष्फोट भएको छ । विष्फोटबाट एक घरमा पूर्ण क्षति भएको छ । विष्फोटबाट केही मानिस घाइते भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।

    घटनाबारे जानकारी दिँदै ज्ञवालीले भने, ‘ग्यास वि’ष्फोट हुँदा एक घर पूर्ण रुपमा क्षति भएको छ । ४ घाइतेलाई उपचारको लागि मनमोहन अस्पतालमा लगिएको छ । घटनाको थप क्षतिको विवरण आउन बाँकी छन् ।

    यसैबीच कोरोना संक्रमणका कारण प्रदेश १ मा एकै दिन आठ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाँच जना र विराटनगरमा तीन जनाको मृत्यु भएको हो । विराटनगरको विराट नर्सिङ होममा एक महिला र कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा दुई पुरुषको मृत्यु भएको छ ।

    मोरङको सुन्दरहरैँचा नगरपालिका–५ की ४० वर्षीया महिलाको बुधबार साँझ ७ बजेतिर मृत्यु भएको हो । मुटु सम्बन्धी समस्या भएर उपचारका लागि गत मंगलबार उनलाई विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा भर्ना गरिएको थियो ।

    यस्तै विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत दुई जना संक्रमित पुरुषको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–४ का ५० वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरपालिका–१५ का ६६ वर्षीय पुरुषको मृत्यु भएको हो ।

    विराटनगरका पुरुषलाई पीसीआर परीक्षण गराउँदा असोज २१ गते रिपोर्ट पोजेटिभ आएको उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले बताए । उनको बिहीबार बिहान ३ः३० बजेतिर मृत्यु भएको हो । मृतकमा मधुमेहको समस्या थियो ।

    सोमबार कोरोना पुष्टि भए पनि होम आइसोलेसनमा रहेका धरानका वृद्ध पुरुषलाई श्वासप्रश्वासको समस्या बढेपछि उपचारका लागि बुधबार कोभिड अस्पताल भर्ना गरिएको थियो । उनको बुधबार राति ९ बजेतिर मृत्यु भएको छ । मृतकमा मधुमेह, उच्च रक्तचापलगायत समस्या थियो ।

    धरानमा पाँचजनाको मृत्यु

    यसैबीच बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप पाँच संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणले दुई महिला र तीन पुरूषको मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए ।

    मृत्यु हुनेमा धरान उपमहानगरपालिकाकाकी एक महिला र एक पुरुष, इटहरी उपमहानगरपालिकाका एक महिला र तेह्रथुमका दुई पुरुषको छन् । योसँगै प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।

    डा. श्रेष्ठका अनुसार तेह्रथुमका ३१ वर्षीय पुरुषको बिहीबार बिहान ७: १५ बजेतिर उपचारका क्रममा मृत्यु भएको छ । मृगौलामा समस्या, मधुमेह र उच्च रक्तचापका बिरामी रहेका पुरुषलाई कोरोना पुष्टिसँगै असोज ११ गते प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचार थालिएको थियो ।

    यस्तै इटहरी उपमहानगरपालिका–२० की ७५ वर्षीया वृद्धाको पनि बिहीबार बिहान १२:०५ बजे मृत्यु भएको छ । उच्च रक्तचापको समस्या रहेकी वृद्धामा असोज २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै धरान उपमहानगरपालिका–९ का दुई जना संक्रमितको मृत्यु भएको छ ।

    प्रतिष्ठानकै प्रयोगशालामा असोज २५ गते कोरोना संक्रमण पुष्टि भएका ५८ वर्षीय पुरुषको कोभिड –१९ अस्पतालमा बुधबार राति ११:५५ बजे मृत्यु भएको डा.श्रेष्ठले बताए । असोज २८ गते कोभिड अस्पतालमा भर्ना भएका उनमा दीर्घ रोग भए नभएको जानकारी नभएको प्रतिष्ठानले जनाएको छ ।

    धरान– ९ कै कोरोना संक्रमित ४४ वर्षीया महिलाकोसमेत बुधबार अपरान्ह ३:१५ बजेतिर उपचार गर्दागर्दै मृत्यु भएको सह–प्रवक्ता डा. श्रेष्ठले जानकारी दिए । महिलाको पनि दीर्घ रोगबाट जानकारी नभएको जनाएको प्रतिष्ठानका अनुसार असोज २७ गते महिलाको पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएको हो ।

    यस्तै तेह्रथुम दांग्पा– १ का ४९ वर्षीय पुरुषको पनि प्रतिष्ठानको आकस्मिक कक्षमा बुधबार उपचारका क्रममा मृत्यु भएको छ । मृतक सबैको शवको व्यवस्थापन नेपाली सेनाले कोभिड-१९ शव व्यवस्थापनको नियमानुसार गर्नेछ ।

    यस्तै रुपन्देही र अर्घाखाँचीका दुई जना कोरोना संक्रमितको आज बिहान मृत्यु भएको छ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ९ का ७३ वर्षीय पुरुषको आईसीयू अभावमा मृत्यु भएको छ । उनलाई असोज २८ गते लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।

    तर अस्पतालमा आईसीयू अभाव भएपछि दाङको बेलझुण्डीस्थित कोरोना अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । उनमा यही असोज २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यसैगरी बुटवल उपमहानगरपालिका–७ की ७० वर्षीया महिलाको धागो कारखानामा सन्चालित कोरोना विशेष अस्थायी अस्पतालमा आज बिहान मृत्यु भएको छ ।

    यही असोज २१ गते अस्पताल भर्ना भएकी उनको आज बिहान सवा ९ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ । उनमा असोज २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा ज्वरो, दम लगायतका समस्या थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ