• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विचार-ब्लग

    पिकेटीको अर्थशास्त्र समाधान होइन

    3.9K
    SHARES

    एक्काइसौं शताब्दीको पदार्पणसँगै वर्तमान विश्व अर्थव्यवस्थामाथि एकपछि अर्को गरी औंला उठाउने काम भएको छ, त्यो पनि आफूलाई पुँजीवादी समानार्थक प्रजातन्त्रवादी भन्न रुचाउनेहरुबाट नै । भाषा तथा हालमा अर्थतन्त्रमाथि विशेष दखल राख्ने नोम चोम्स्किी, अर्थविद्हरु क्रिस्टोफबोविन डे चोसल, इरिक वोन कुइह्नेल्ट लेडिन, जेफ्री सचलगायतहरु वर्तमान विश्व अर्थतन्त्रको विपक्षमा रहेका छन् । हुन त यो लिस्ट अझै लामो हुन सक्दछ । हुँदाहुँदै १९९२ मा द इन्ड अफ हिस्टोरी एण्ड द लास्ट म्यान पुँजीवादीहरुका बीचमा वाही वाही कमाएका फ्रान्सिस फुकुयामाले पुँजीवादको अन्धसमर्थन गर्न छाडेको कुरा आफैले सार्वजनिक गरेका छन् ।

    फुकुयामाले २००८ मा सम्पादन गरेको पुस्तक फ्यालिङबिहाइन्ड, इक्सप्लेनङ्गि द डिभोलेप्मेन्ट बिटवनि ल्याटिन अमेरिका युनाइटेड स्टेट्स यसको ज्वलन्त उदाहरण हो । नोम चोम्स्कीले १९९९ मा नै वर्तमान साम्राज्यवादी अर्थनीतिको विरोध गर्दै प्रोफिट ओभर पिपल लेखेका थिए । यिनै अर्थशास्त्रीहरु मध्येका एक र बढि नै चर्चामा युवा अर्थशास्त्री थोमस पिकेटी हुन् ।

    फ्रान्सको क्लिचीमा ७ मे, १९७१ मा जन्मिएका पिकेटीले १९९७ मा विश्वका धनी मानिसले गरेको अकुत सम्पत्ति कमाईबाट पैदा भएको असमानताका बारेमा पहिलो कितावकोरुपमा इकोनोमिक्स इनइक्वेलिटी लेखेका थिए । त्यसपछि लगातार पिकेटीले विश्वमा आर्थिक असमानता कसरी र किन भयो भन्ने बारेमा लगातार खोज गरिरहेका छन् । २००१ मा उनले टप इनकम इन फ्रान्स इन द ट्वान्टेथ सेन्चुरी, २०१३ मा क्यापिटल इन ट्वान्टी फस्ट सेन्चुरी, २०१५ मा क्यान ह्वी सेभ युरोप, २०१६ मा समरी अफ क्यापिटल इन ट्वान्टी फस्ट सेन्चुरी, २०१६ मा नै क्रोनिकल्स अन आओर्स ट्रल टाइम्स र २०१९ मा उनले लेखिसके र अहिले बजारमा उपलब्ध छ । यी सबै पुस्तकहरुको एउटै सार वर्तमान विश्व राज्य व्यवस्थाको अर्थप्रणालीले असमानता तीब्र बनाएको निष्कर्ष निकालेको छ ।

    विकिपिडिायाका अनुसार सिमोन कुज्नेत्स, अडाम स्मिथ, जोहन मेन्यार्ड केन्सि,एन्थोनी एट्किनसन र कार्ल माक्र्सबाट आफू प्रभावित भएको भनेका पिकेटीका पछिल्ला दुईवटा किताव क्यापिटल इन द ट्वान्टी फस्र्ट सेन्चुरी र क्यापिटन एन्ड आइडियोलोजी निकै चर्चामा छन् । २०१५ सम्म मात्र उनको क्यापिटल इन द ट्वान्टी फस्र्ट सेन्चुरी १५ लाख बिक्री भैसकेको थियो । अहिले पनि त्यसले राम्रो बजार लिएको छ । फ्रेन्चमा लेखिएको क्यापिटन एन्ड आइडियोलोजी अंग्रेजीमा भाषान्तरण गरी २०२० मा सार्वजनिक भयो । सार्वजनिक भएसँगै नोवेल कोरोनाको संक्रमण भएकाले अहिले इ—कपीमा उपलब्ध छ ।

    के छ क्यापिटल इन द ट्वान्टी फस्र्ट सेन्चुरी
    थोमस पिकेटीले क्यापिटल इन द ट्वान्टी फस्र्ट सेन्चुरीको परिचयमा नै लेखेका छन्, विश्वमा देखिएका ठूलाठूला संकटहरुलाई रिकार्डो, एडम स्मिथ र कार्ल माक्र्सले समाधान दिएका थिए । उनको भनाईमा यी तीनै जनाका विचारले वर्तमान संकटहरुको समाधान दिन सक्दैन । वर्तमान विश्व अर्थतन्त्रमा देखिएका संकट, पुँजीवादी राष्ट्रहरुमा देखिएका असमानतालाई आधार मानेर पिकेटीले आफ्नो खोज, अनुसन्धान र अध्ययनलाई अगाडि बढाएका छन् । उनको खोजको विषय आय र धनको सम्बन्ध कस्तो रहेको छ भन्ने विषयमा केन्द्रीत रहेको छ । उनले पुँजीपतिले लगानी गरेको प्राप्त हुने प्रतिफल(return-r) अर्थतन्त्रको औसत प्रतिफल वा कुल ग्राहस्थ उत्पादनको बृद्धिदर(growth-g) हुनुले आय तथा सम्पूर्ण असमानताको खाडल बढाउँदै लगेको छ । वा स्रोत साधनको केन्द्रीकरण बढाउँदै मध्यमस्तरका जनता गरिबीतिर धकेलिदैँ गएका छन् भन्ने कुरा क्यापिटल इन द ट्वान्टी फस्र्ट सेन्चुरी सूत्रमा विभक्त गरेका छन् ।

    यो पुस्ट्याँइ नै पिकेट्टीको ‘ क्यापिटल इन द ट्वान्टी फस्र्ट सेन्चुरी मुख्य सार हो । यो पुस्ट्याइँका उनले ३ वटा तथ्यहरु पेश गरेका छन् । १, लामो अवधि, त्यहाँ r>g को प्रवृत्ति रहँदै आयो(g) ले पुँजीको फिर्ता दर र न ले अर्थको विकास दर जनाउँछ) । यसको पहिलो तथ्यलाई उनले १ सय वर्षसम्मको विकसित राष्ट्र त्यसमा पनि युरोप र संयुक्त राज्यको अर्थतन्त्रलाई आधार बनाएका छन् । उनको भनाईमा १९००—१९१० सम्म आयको असमानता अमेरिकामा भन्दा युरोपमा बढि थियो र तर २०००—२०१० सम्म अमेरिकामा अत्याधिक धेरै देखियो । उनले यसको कारण भनी सीपको माग र आपुर्तिमा आएको फेरवदल, अमेरिकामा असमान पहुँच, शिक्षा र प्रविधिका बीचमा दौड, वैशिकरण, अमेरिकामा उच्च व्यावस्थापकिय क्षतिपूर्तिको अभूतपूर्व क्षतिपूर्ति रहेको भनेका छन् ।

    दोस्रो तथ्यमा उनले आयको असमानताभन्दा धनको असमानता जहिले पनि धेरै रहेको बताएका छ । तेस्रो तथ्यमा उनले शताब्दी पहिलाको तुलनामा धनको असमानता अत्याधिक कम भएको छ, यद्यपी आयको तुलनामा १९१४—४५ को आर्थिक झड्का(महान् मन्दि)मा पुनःप्राप्त भएको छ । यी तथ्यहरुलाई पुस्टि गर्नका लागि पिकेटीले लामै प्रमाणहरु पेश गरेका छन् । उनले पेश गरेका तथ्यहरुले विकसित भनिएका राष्ट्रहरुमा असमानता बढ्दै गएको प्रमाणित गर्दछ । पिकेटीले अन्तमा यसको समाधान कसरी गर्ने भन्ने आफ्नै दृष्टिकोणहरु पनि राखेका छन् । पिकेटीले चर्चित पुस्तक क्यापिटल इन द ट्वान्टी फस्र्ट सेन्चुरी मा विकसित राष्ट्रको असमान धन र असमान आम्दानी घटाउनका लागि केही सुझावहरु समावेश गरेका छन् ।

    पिकेटीको क्यापिटल इन द ट्वान्टी फस्र्ट सेन्चुरीमा पेश गरिएका तथ्यहरुलाई सही भएको भन्दै बिल गेट्सले ३ बुँदामा आफ्नो धारणा प्रस्तुत गरेका थिए । उनले भनेका थिए“तर अत्याधिक असमानतालाई नजरअन्दाज गर्न हुँदैन—यो भन्दा पनि नाजुक, एक किसिमले भन्ने हो भने हामीसँग संकेतकारुपमा उच्च खालको अर्थव्यवस्था र स्वस्थ समाज छ । हो, केही असमानता पुँजीवादले निर्माण गरेको छ । पिकेटीले भनेको जस्तो यो प्रणालीमा अन्तर्निहित छ । असमानता कुन तहसम्म स्वीकार्य हुनसक्छ ?

    असमानताले कहिले राम्रोभन्दा हानी पुर्याउन थाल्यो ? यो यस्तो चीज हो जसको हामीले सार्वजनिकरुपमा नै बहस गर्नुपर्दछ, र पिकेटीले गम्भिर तरिकाले बहसलाई अगाडि बढाउनका लागि एकदमै राम्रो काम गरेका छन् ।” यस्ता तर्क गरेर बिल गेट्सले पिकेटीको असमानताको घुमाएर असहमति जाहेर गरेका थिए । बिल गेट्स जस्तै विश्वका धनी राष्ट्रर व्यक्तिहरुले पिकेटीको धारणालाई अस्वीकार गरेका छन् भन्ने कुरा उनले चाहदाचाहदैँ पनि २७ सेप्टेम्बर, २०१५ मा बृटिस लेवर पार्टीको आर्थिक विभागको सल्लाहकार हुनबाट बञ्चित भएका थिए ।

    क्यापिटल र आइयोलोजी
    पिकेटीले क्यापिटल इन द ट्वान्टी फस्र्ट सेन्चुरी लेखेको ६ वर्षपछि क्यापिटल एन्ड आइडियोलोजी लेखेका थिए । यो पुस्तक आयतन, तथ्य र तथ्यांकमा क्यापिटल इन द ट्वान्टी फस्र्ट सेन्चुरीभन्दा झण्डै दोब्बर रहेको छ । पिकेटीले यो पुस्तकमा नैतिकतालाई आधार बनाएको भनेका छन् । उनको भनाईमा असमानता भनेको अनैतिक र गैह्र कानूनी हो । त्यसैले असमानहरुको उचित उद्धार गर्नका लागि विचारधारा आवश्यक छ । उनले भनेका छन्“सबै इतिहासले देखाउँछ कि बहुसंख्यक मानिसहरुलाई स्वीकार्य सम्पत्तिको वितरणको खोजी सबै कालखण्ड र सबै संस्कृतिहरुमा पुनरावर्ती विषयबस्तु हो ।” उनी भन्छन्, जुन समाजले आय, धन र शिक्षा अधिक व्यापक वितरण गर्दछ, उनीहरु बढि समृद्ध हुन्छन् । तर प्रतिगामी विचारधारामा त्यसको उल्टो आर्थिक प्रगतिको मुख्य शर्त हुनेगरेको छ । वैचारिक संघर्ष प्रायः बहुआयमिक हुन्छ, तैपनि एउटा धुरी(अक्ष) व्यापक सामूहिक परिचालन र ठूलो परिणामको ऐतिहासिक रुपान्तरणलाई अनुमति दिँदै प्रमुख सहमतिको भ्रम प्रदान गर्दै एकपटकका लागि प्राथिमिक भएर आउँछ,।

    यस विशाल पुस्तकमा पिकेटीले विगत सहस्राब्दीका प्रभावशाली “असमान शासनहरु”को नक्सा दिएका छन् । “टेर्नरी—त्रिगट, समाज”(जस्तै सामन्तवाद) लिपिक, सैन्य र मजदूर वर्गमा विभाजित थिए । “स्वामित्व समाज” १८ औं शताब्दीमा विकसित भयो, १९ औं शताब्दीमा प्रभुत्व जमाउँदै त्यसको अन्त भयो । जमिन जम्मा गर्ने परिवारहरु र नयाँ पूँजीपति वर्गको आय र धनमा केन्दीत भयो । “दास समाज”ले सबैभन्दा चरम प्रकारको असमानता भोग्नु परेको थियो । “औपनिवेशिक समाज”का सैन्य शक्ति, बुर्जुवा स्वामित्व र गुलामीको विभिन्न संयोजनहरु थिए । त्यसैगरी उनको भनाईमा कम्युनिस्ट र उत्तर—कम्युनिस्ट समाजले पुस्तकमा दुःखद परिवर्तन प्रदान गर्दछ, जहाँ समानताको काल्पनिक आदर्शले गरीबी, स्थिरता र समकालीन रुसको जस्तो कुलीनतन्त्रात्मक व्यापक असमानता पैदा गर्दछ ।

    यहाँ समयको साथ उदारवादी लोकतान्त्रिक संवेदनसिलता प्रस्तुत गर्ने जोखिम छ, मानौं कि हरेक युग एक सौम्य पिकेटिएन मनोभावले चलाएको छ ।  वर्चश्व वा अवसरवादको सट्टा तर्कसंगत तर्क र प्रमाणको आधारमा सम्पत्तिको बाँडफाँड निर्धारण गर्न यो एक कार्यकारी सार्वजनिक क्षेत्रको अस्तित्व नै हो जस्तो देखिन्छ । आर्थिक इतिहासकारहरुले यस कुरालाई ध्यान दिन सक्छन्, तर यसले हामीलाई हाम्रा आफ्नैलगायतका विभिन्न आर्थिक मोडेलहरुले न्याय(र यसको अभाव) को सामना गर्न बाध्य पार्ने निश्चित बयानबाजी र दार्शनिक लाधांश दिन्छ ।

    एक अस्थायी नीति तथा कार्यक्रमको साथमा समाप्त हुन्छ जसको उद्देश्य यस्तो दिशाबाट स्वदेशी भावमा चुनौतिहरु पूरा गर्ने हुन्छ । यसका केही सशक्त विचारपनि सामेल छन्(जस्तै प्रत्येक नागरिककालागि समान शिक्षामा बजेट लगानी गर्नु प¥यो ।) तर साझेदारी शासन, प्रगतिशिल कर प्रणाली, युरोपियन युनियनलाई लोकतान्त्रिकरण र आयको सुनिश्चिततामा विचार गर्दछन्, जो उदार परिवर्तनकामीहरुले दशकौं पहिला छोडेर गए । यस्ता नीतिहरु कार्यान्वयन गर्नभन्दा नामाकरण गर्न सजिलो छ । वर्तमान असमानतालाई लामो समयसम्म कायम राख्न सकिदैन, नयाँ नीतिहरु पेश गरिनेछ ।

    पिकेटीले दिएका समाधान
    थोमस पिकेटीले क्यापिटल एँड आइडिओलोजीमा उनले दिएका सुझावहरुमा विश्व वित्तीय पारदर्शिता, वित्तीय सम्पत्तिको अन्तर्राष्ट्रिय प्रसारण, सम्पत्ति करमा विश्वव्यापी समन्वय, विश्वसनीय सम्पत्ति तथ्यको आधारमा प्रगतिशिल सम्पत्ति कर र अर्को तरिकाबाट सम्पत्ति र जमिनको पुनर्वितरण अहिले गरेमा विश्व अर्थव्यवस्थामा आएको संकट सुल्झाउन सकिन्छ भनी उपाय दिएका छन् ।

    सिद्धान्तको प्रयोग
    अर्थशास्त्रमा सामान्य चासो राख्नेलाई थाहा छ, कि एक्काइसौं शताब्दिको पहिलो दशकमा नै अमेरिकालगायतका अतिवैभवशाली देशहरुमा आर्थिक मन्दि देखा परेको थियो । बैंक, रियलस्टेट, कर्पोरेटहरु टाट पल्टिएका थिए । अमेरिकाको बाराक ओबामा प्रशासनले ती वित्तीय संस्थाहरुलाई सरकारी कर्मचारी, सेना, पुलिसको सेवासुविधालाई कटौती गरेर उद्धार गरेको थियो । यसकालागि ओबामाले १७ फेब्रुअरी, २००९ मा रिकभरी एन्ड रिइन्भेस्टमेन्ट एक्ट २००९ मा हस्तााक्षर गरेका थिए । जसले गर्दा ८ सय ३१ बिलियन अमेरिकी डलरले अमेरिकाको अर्थतन्त्रमा आएको मन्दिबाट माथि उठ्ने उद्देश्य राखेको थियो ।

    त्यसैगरी ग्रिकमा भएको बेलआउटकाकारण भएको बैंकहरुको टाट पल्टाईलाई जर्मन चान्सलर र युरोपियन युनियनले दिएको ऋणले बचाएको थियो । ग्रीसले युरोपियन युनियन, अन्तर्राष्ट्रिय मुद्राकोषसँग वित्तीय उद्धारको आग्रह गरेको थियो । उनीहरु सजिलैसँग दिन तयार भएका थिएनन् । त्यहीक्रममा थोमस् पिकेटीले एउटा गोष्ठी आयोजना गरेका थिए । साथै जर्मनीकी चान्सलर एन्जेला मार्केललाई पत्र पठाएका थिए । जुलाई ७, २०१५ मा पिकेटीसहित ५ जना नेतृत्वदायी भूमिकामा रहेका अर्थशास्त्रीहरु जर्मन चान्सलरलाई चेतावनी दिँदै “इतिहासले तपाईले यो हप्तामा गरेको कामको सम्झना गर्ने छ ।” लेखेका थिए । पिकेटीले नेतृत्व गरेको उक्त समूहमा जेफ्री डी. सच्स, हेइनर फ्रल्यासबेक, ड्यानी रोड्रिक र सीमोन व्रेन—लेविस थिए ।

    उनीहरुले लेखेको चिट्ठीमा “हामी मार्केल र ट्रोकियालाई सँगसँगै एउटा कोर्षको सुधारकालागि विचार गर्न, अर्को विपत्तिबाट बच्न र ग्रीसलाई युरोजानमा रहन आग्रह गर्दछौं । अहिले ग्रीस सरकारको टाउकोमा बन्दुक राख्न र ट्रिगर तान्न आग्रह गरिएको छ । दुखको कुरा, बुलेटले युरोपमा ग्रीसको भविष्यलाई मार्दछ । संपाश्र्विक क्षतिले आशा, प्रजातन्त्र र समृद्धिको प्रकाशको रुपमा युरोजोनलाई मार्दछ, र विश्वव्यापी रुपमा सुदूर आर्थिक परिणाम निम्त्याउन सक्छ ।” यसरी पिकेटी समूहले दिएको सल्लाहलाई मानेकाकारण ग्रीसको तत्कालिन आर्थिक संकट टरेको उनको दावी छ । ग्रिकमा २००७—८ मा सरकारी—ऋणकाकारण ठूलो वित्तीय सकटले सार्वभौमिकतासम्म जोखिममा पुगेको थियो र जनजनमा मानवीय संकट देखा परेको थियो । यो संकट अमेरिका लगायतका विकसित राष्ट्रहरुमा पनि थियो । अन्य देशहरु केही समयपछि तग्रिन थाले । तर ग्रिकमा आर्थिक मन्दि लामो समयसम्म रहिराख्यो ।

    त्यस समयमा पिकेटी र उनको समूहका अर्थशास्त्रीहरुले दिएका अभिव्यक्ति रोचक र अचम्म लाग्दा रहेका छन् । पिकेटीले २१ सेप्टेम्बर, २०१५ मा कन्भर्सेशन फ्रान्सलाई अन्तर्वार्ता दिँदै भनेका थिए, हो पुनर्गठनको बारेमा छलफल ढिलाई हुँदा हामी एक वा दुई वर्षमा बेलआउट प्याकेजको सर्त सम्मान महसूस गरिने छैन यो एउटा जोखिम हो । हामी ग्रीकलाई २० वर्षदेखि ३०वर्षसम्म ठूलो बजेट बचत राख्न चाहान्छौं, जसको अर्थ ऋण तिर्नकालागि ठूलो बजेट छुट्याउनु हो । ग्रीकको अर्थव्यवस्था पुनर्निर्माण नभएसम्म घट्ने प्राथमिक बचत बजेट जीडीपीको स्तर वरपर हुनुपर्दछ । यो कुरा अत्याधिक दण्डनीय नभएर सामान्य हो । मलाई चिन्ता कि केही मानिसहरु ग्रीसिटमा सर्त लगाउँछन्, जब ग्रीक उद्देश्यमा पुग्न असफल हुन्छ, तर यसलाई दलदलबाट बाहिर निकाल्न सकिन्छ । यो अहिलेपनि जोखिम पूर्ण काम हो त्यसैले हामीसँग स्पष्ट, यथार्थपरक र द्रुत उद्देश्य चाहिएको छ ।

    के पिकेटीको तपस्या पूरा हुन्छ ?
    ग्रीकको आर्थिक मन्दिका समयमा एउटा अंग्रेजी शब्द खुबै चर्चामा रहेको थियो—अउस्टेरिटी । यसको अर्थ नेपालीमा तपस्या हुन्छ सायद । ग्रीकको आर्थिक संकट समाधान गर्नमा आफ्नो हात रहेको दावी पिकेटीले गर्ने गरेका छन् । क्यापिटल इन द ट्वान्टी फस्र्ट सेन्चुरी को अपार बिक्री र ग्रीकको संकट अस्थायीरुपमा समाधान भएपछि पिकेटीले २ सय वर्षसम्मको विश्व अर्थतन्त्रको खोज गर्न थाले । त्यसैको उपज हो क्यापिटल एन्ड आइडिओलोजी । अहिले वर्तमान विश्व त्यसमा पुँजीवादी समाजमा आएको संकटको समाधान निकालेको दावी गरेका छन् । उनले प्रस्तुत गरेका ६ वटा समाधानले के साँच्चै समाधान दिन सक्छ त ?

    थोमस पिकेटीका पुस्तकहरु क्यापिटल इन द ट्वान्टी फस्र्ट सेन्चुरी र क्याटिल एन्ड आइडिओलोजीलाई माक्र्सको पुँजीसँग तुलना गर्न थालिएको छ । यसरी तुनला गर्नुको मुख्यकारण, पिकेटीले प्रयोग गर्ने गरेका केही पदावली हुन् । पिकेटीले आफ्ना सबै पुस्तक, लेख, अन्तर्वार्तामा असमानता, पुँजीवाद र प्रगतिशिल कर प्रणालीको कुरा उठाएका छन् । अध्ययन र अनुसाधान गर्ने विधि पनि माक्र्सवादी अपनाएका छन् । तर उनले निकालेको निष्कर्षले र्वामान विश्वको समस्या समाधान गर्न सक्दैन । उनले जसरी विश्वमा त्यसमा पनि राष्ट्रहरुबीको समानतामा खाडल गहिरिदैँ गएको छ, वर्तमान विश्वपुँजीवादको चरित्रलाई बुझ्नु पर्दछ । उनले भनेको जस्तो वित्तीयरुपमा विश्वलाई पारदर्शी बनाउन सकिन्छ ? हुनेहरुले नहुनेलाई आफूले जम्मा गरेको सम्पत्तिको केही अंश दिन सक्छन् ? सायद यी प्रश्नहरुको उत्तर पिकेटी ब्रेक्सिट र ग्रिसिटबाट नै पुष्टि भएको छैन र ?

    व्यापारबाट शुरु भएको यात्रा औद्योगिक(प्रतिस्पर्धात्मक), एकाधिकार हुँदै निगम पुँजीवादमा पदार्पण गरेको छ । हिजो पुँजीदावी नै भएपनि राष्ट्रहरु धनी हुन्थे । उनीहरुले जनता र कमजोर राष्ट्रमाथि हतियारको ध्वाँस दिएर शोषण गर्दथे । शोषण अहिलेपनि छ, हतियारको ध्वाँस पनि छ, तर अहिले केही व्यक्तिगत निगमहरुसँग अकुत सम्पत्ति जम्मा भएको छ । उनीहरुसँग भएको त्यही अकुत सम्पत्तिबाट चुहिएका केही बुँदाहरु चुहिन दिएर निगम मालिकहरुले राज्यसत्ता सञ्चालनमा लगानी गरेका छन् । उनीहरुले कुनैपनि राज्यको व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका, नोकरशाहीतन्त्रलाई किन्दछन् । आफ्नो अनुकुलको नियम, कानून बनाउने, विकास निर्माणमा एकलौटी पकड जमाउने, शिक्षा, स्वास्थ्य जस्ता सेवाका क्षेत्रलाई व्यापारिकरण गर्ने, आफू अनुकल उत्पादित जनशक्तिलाई अतिदक्ष र दक्षको प्रमाण पत्र दिने, विज्ञान, सूचना प्रविधिलाई बस्तुमा परिणत गरी अत्याधिक नाफा असुल्ने, इ—कमर्स र डिजिटललाई वित्तीय पुँजीको परिचालन, संकलन र विस्तारको माध्यम बनाउने यसका विशेषता रहेका छन् । डोनाल्ड ट्रम, इमानुअल म्याक्रोन, नरेन्द्र मोदीहरु निगम पुँजीवादका उपयुक्त पात्र हुन् सत्ता सञ्चालनका ।

    त्यसले विश्वमा झनपछिझन शोषणको मात्रा बढेको छ, गरिबीको संख्या थपिदै गएको छ । यी कुरालाई पिकेटी स्वयंले स्वीकार गरेका छन् । पिकेटीको सिद्धान्त वास्तवमा पुँजीवादमा आएको संकटलाई टार्न ल्याइएको हो । यसबाट पुष्टि हुन्छ कि पिकेटीको २३ वर्षे तपस्याले विश्व पुँजीवादमाथिको आइपरेको संकट टार्न सक्दैन । कोरोनाको प्रकोपले यसलाई झनै छताछुल्ल बनाइदिएको छ । उक्त कुरालाई पिकेटीले सामाजिक असमनाताको लागि हिंसा भनेका छन् । उनले केही वर्षदेखि सुधार भएको आर्थिक अवस्थामा खग्रास सूर्य ग्रहण लागेको भनेका छन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ