• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    खेलकुद समाचार

    घरेलु मैदानमा नेपालले ओमानसँग व्यहोर्यो लज्जास्पद हार

    246
    SHARES



    काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको खेलमा नेपाल ओमानसँग लज्जास्पद हार बेहोरेको छ । ओमानले दिएको ३०६ रनको लक्ष्य पछ्याएको नेपाल ३६ ओभर ५ ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाउँदा वर्षा भएपछि खेल रोकिएको थियो ।

    त्यसपछि वर्षा नरोकिएपछि डीएल पद्धति अनुसार नेपाल १०२ रनले पराजित भएको हो । नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरी ६० रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन । उनले ६२ बलमा ७ चौका र एक छक्का प्रहार गरे ।

    ओपनर कुशल भुर्तेल एक, आसिफ शेख १९, भीम सार्की २८, कप्तान रोहित पौडेल १०, बसिर अहमद १ र आरिफ शेख १४ रनमा आउट भए । गुल्सन झा १४ र सोमपाल कामी २ रनमा अविजित रहे । बलिङमा ओमानका नदीम खानले सर्वाधिक ३ विकेट लिए । शकील अहमदले २ र वासिम अली र इम्रान मोहम्मदले एक-एक विकेट लिए ।

    त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ५ रन बनाएको थियो । ओमानका लागि कप्तान जतिन्दर सिंहले शतक प्रहार गरे ।

    ओपनर जतिन्दरले ९६ बलमा १३० रन बनाए । उनले १५ चौका र ५ छक्का प्रहार गरे । आशिष ओडेराले २३, नदीम खान १, हम्माद मिर्जा ३०, विनायक शुक्ला २३, जितेन रामानन्दी ४३, शकील अहमद ० र आर्यन विश्ट ३५ रनमा आउट भए । सिद्धार्थ बुकापटनम १ र वासिम अली १२ रनमा अविजित रहे ।

    बलिङमा नेपालका लागि सोमपाल कामीले ४, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान दुई विकेट लिएका छन् । सिरिजअन्तर्गत नेपालले आफ्नो तेस्रो खेल शुक्रबार युएईसँग खेल्नेछ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ