• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    उपसभामुखमा राप्रपालाई झट्का दिएकोबारे यस्तो आयो रवि लामिछानेको प्रष्टोक्ति

    1.6K
    SHARES



    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उपसभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई ‘धोका’ दिएको विषयमा प्रष्टिकरण दिएका छन्।

    शुक्रबार संघीय संसद भवन परिसरमा पत्रकारहरूसँगको कुराकानीमा सभापति लामिछानेले उपसभामुखबारे अन्तिम समयमा निर्णय बदलिएको स्वीकार गर्दै अन्य विषयहरूमा सहकार्य हुने बताए।

    राप्रपा संसदीय दल नेता ज्ञानेन्द्र शाहीले बिहीबार उपसभामुखमा उम्मेदवारी दर्तापछि रवि लामिछानेसँग छलफल भएको बताएका थिए।शुक्रबार पत्रकारहरूले राप्रपालाई ‘धोका’ दिएको विषयमा प्रश्न गरेका थिए।

    ‘सम्भावनाहरू हुन सक्छ भनेर सबै दलहरूसँग कुराकानी भएको हो। धोका भन्दा कहिले काहीँ के हुन्छ भने अन्तिम समयमा कहिलेकाहिँ हामीले सही निर्णय गर्ने समय आउँदा कहिलेकाहीँ अन्य फ्याक्टरहरूले पनि काम गर्छ। त्यस्तो केही होइन सहकार्य गर्ने ठाउँ कति आउँछ,’ जबाफमा उनले भने।

    उनले कैयौं विषयमा राप्रपासँग सहकार्य गर्न बाँकी रहेको पनि बताए। ‘ज्ञानेन्द्र जी असाध्यै राम्रो साथी हो। उहाँ सँधै साथी नै रहिरहनुहुन्छ। राजनीतिक सहकार्य हाम्रो कैयौं बाँकी नै छ। एउटा माघले कहाँ जाडो जान्छ र,’ उनले भने।

    शुक्रबार रास्वपाले उपसभामुखका लागि अन्तिम समयमा श्रम संस्कृति पार्टीलाई समर्थन गर्ने निर्णय गरेको थियो।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ