• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    चार वर्षयताकै उच्च भयो कच्चा तेलको मूल्य

    98
    SHARES



    काठमाडौं । अमेरिका र इजरायलले इरानमा आक्रमण सुरु गरेपछि जारी तनावका कारण कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च भएको छ । ताजा आकडा अनुसार कच्चा तेलको मूल्य ११९.७६ डलर प्रतिब्यारेल पुगेको छ । यो सन् २०२२ को जुन महिनायताकै सबैभन्दा उच्च मूल्य हो ।

    रुस–युक्रेन युद्धका कारण सन् २०२२ को फेब्रुअरी–मार्च तिर कच्चा तेलको मूल्य बढेर करिब १३० डलर प्रतिब्यारेलसम्म पुगेको थियो । द गार्जियनका अनुसार कच्चा तेलको मूल्य अहिले उच्च हुनुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो अभिव्यक्ति पनि एक कारण हो ।

    ट्रम्पले इरानका बन्दरगाहहरुमा सैन्य नाकाबन्दी जारी राख्ने अभिव्यक्ति दिएका थिए । ट्रम्पले इरान आफ्नो परमाणु बन्द गर्ने सम्झौताका लागि तयार नभएसम्म नाकाबन्दी जारी रहने बताएका छन् ।

    यसको सिधा असर स्ट्रेट अफ होर्मुज समुद्री मार्गमा परेको छ । इरान नियन्त्रित स्ट्रेट अफ होर्मुज विश्वभर तेल ढुवानी हुने महत्वपूर्ण जलमार्ग हो ।

    यहाँ अमेरिका र इरानबीच बेलाबेला आक्रमणका घटना हुँदै आएका छन् । असुरक्षाका कारण सयौं तेल ट्यांकरहरु र पानी जहाजहरु अलपत्र छन् । जसका कारण विश्वभर तेल र ग्याँसको ढुवानी प्रभावित हुँदा महँगी बढेको छ ।

    तनाव अन्त्यका लागि अमेरिका र इरानका प्रतिनिधिबीच पाकिस्तानमा वार्ताको पहल भइरहे पनि परिणाममुखी हुन सकेको छैन ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ