• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    संचारकेन्द्र समाचार प्रभाव- यौ’न का’ण्डमा मुछिएका हिमालयन आंखा अस्पतालका अधिकृत सुवेदी पक्राउ

    8.6K
    SHARES



    पोखरा । महिला कर्मचारीमाथि यौ’न हिं’सा गर्ने पोखरा १७ स्थित हिमालयन आँखा अस्पतालका लेखा अधिकृत बामदेव सुवेदीलाई प्रहरी पक्राउ गरेको छ । प्रहरीले उनलाई मंगलबार बिहान १० बजेतिर पोखरा-७ शान्तिनगरचोकस्थित घरबाटै पक्राउ गरेको हो ।

    सुबेदीले मच्चाएको यौ’न का’ण्ड अस्पतालले मिलेमतोमै लुकाउन खोजेपछि संचारकेन्द्र यो घटनाको पर्दाफास गरेको थियो । संचारकेन्द्रले ‘हिमालयन आँखा अस्पतालमा यौन काण्ड, घटना लुकाउन मध्यराति मिलापत्र’ शिर्षकमा समाचार सार्वजनिक गरेको थियो । उक्त समाचार बाहिरिएपछि अस्पतालले सुवेदीलाई निलम्बन समेत गरेको थियो ।

    समाचार बाहिरिएपछि पिडित महिलाले प्रहरीमा समेत उजुरी दिएकी थिइन । सोहि उजुरीका आधारमा उनलाई मंगलबार प्रहरिले पक्राउ गरेको हो । यता जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा सूचना अधिकारी डिएसपी सुवास हमालले सुवेदीलाई जबर्ज’स्ति कर’णी सम्बन्धि उजुरीका आधारमा नियन्त्रणमा लिइएको पुष्टि गरे ।

    ‘जबर्ज’स्ति कर’णी सम्बन्धि उजुरीका आधारमा उहाँलाई नियन्त्रणमा लिइएको हो ।’ डिएसपी हमालले संचारकेन्द्रसँग भने- ‘यस घटनाको बारेमा हामी छानविन अगाडि बढाएर सत्यतथ्य पत्ता लगाउछाैं र दोषीलाई आवश्यक कारवाही गर्छौ ।’

    सुबेदीले आफु अस्पताल प्रशासनसँग नजिक रहेका कारण स्थायी गरिदिने प्रलोभन देखाएर महिलाहरूलाई यौ’न शोषण गर्दै आएको सूचना आफुले पाएको अस्पतालका एक कर्मचारीको भनाइ छ । सुवेदीले लामो समयदेखि यौ’न शोषण गरिरहेको र घटना बाहिर लगे जागिर खाइदिने धम्की दिएका कारण पिडित महिलाले अहिलेसम्म उजुरी गर्न सकेका थिएनन् ।

    सुवेदीले आफुबाहेक अरु महिलाहरुलाई पनि ड’रध’म्की दिँदै यौ’न शोषण तथा दुराचार गर्ने गरेको कुरा अस्पताल प्रशासनमा मौखिक जानकारी आएपछि पिडित एक महिलाले अस्पतालमा लिखित उजुरी दिएकी थिइन । एउटा पिडित महिलाले उजुरी दिएको समाचार बाहिरिएपछि अर्की पिडित महिलाले पनि मुख खोलेकी हुन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया