• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    जीवनशैली सौन्दर्य

    अध्ययनले भन्छ- सामाजिक सम्पर्क नै तनाव न्यूनीकरणको मुख्य उपाय हो

    7.8K
    SHARES

    एजेन्सी । मानसिक तनावमा परेका व्यक्तिका लागि सामाजिक सम्पर्क अत्यन्त प्रभावकारी औषधि हुने एक अध्ययनले देखाएको छ ।अध्ययनकर्ताहरुले तनाव न्यूनीकरणका लागि सामाजिक सम्पर्कलाई बढाउनुपर्ने सुझावहरु उपयोगी हुने बताएका छन् । अध्ययनकर्ताहरुको टोलीले बनाएको प्रतिवेदन अमेरिकी जर्ननल अफ साईक्याष्ट्रीमा प्रकाशित भएको थियो ।

    “मानसिक तनाव संसारभरी ठूलो समस्याको रुपमा रहेको छ, अपाङ्गताको मुख्य कारणको रुपमा मानसिक समस्या रहेको छ, तर यसको निवारणको प्रभावकारी उपाय अहिलेसम्म कसैले पत्ता लगाउन सकेको छैन,” अध्ययनमा संलग्न कर्मेल चोइ (पिएचडी)ले भने । तनाब बढाउन सामाजिक अन्तरक्रिया, सञ्चार माध्यमको प्रयोग, सुत्ने तालिका, पोषण, शारीरिक गतिविधि र वातावरणीय अवस्था लगायतको भूमिकाका बारेमा पनि उनीहरुले अध्ययन गरेका थिए ।

    अहिले सामाजिक दूरी बढाउनुपर्ने परिस्थीति सिर्जना भएका बेला यसतर्फ थप ध्यान दिनुपर्ने विज्ञहरुले बताएका छन् । तनाव व्यवस्थापन र सामाजिक सम्पर्कको विषय अहिलेको अवस्थामा अझ बढी सान्दर्भिक र चासोको विषय भएको छ, एक अध्ययनकर्ताले भने । एक्लै एक्लै बस्ने मानिसहरु मानसिक तनावको बढी जोखिममा रहने पनि अध्ययनले देखाएको उनीहरुले उल्लेख गरेका छन् ।

    यस्तै आजभोलिको व्यस्त जीवनशैली अवथा तनावग्रस्त जीवनमा प्राय मानिसलाई बिर्सने समस्या रहेको हुन्छ । अथवा प्राय कुराहरु केही समयको अन्तरालमै याद नहुनसक्छ ।

    आफ्ना दैनिक कामकाज, बैठक, साथीभाई भेटघाटका विभिन्न कार्यक्रम बनाएर पनि तपाईले आफैले भुलिरहेको हुनसक्छ अथवा कतिपय महत्वपूर्ण कार्यक्रमहरु छुटिरहेको हुनसक्छ । यी समस्याबाट छुट्कारा पाउन केही नियमको पालना गरे सहज पनि रहेको छ ।

    सामान्यतया खराब जीवनशैली र खानपानका कारण मानिसमा बिर्सने समस्या देखिन थाल्छ । तर केही प्राकृतिक उपायहरु अवलम्बन गर्दा यो समस्याबाट छुट्कारा पाउन सकिन्छ ।

    १. ध्यान गर्नु
    दैनिक रुपमा ध्यान गर्नाले मनको शान्ति तथा तनावबाट मुक्त हुन सहज हुन्छ । जसका कारण मानिसको सम्झनसक्ने शक्तिमा वृद्धि हुन्छ ।

    २. पर्याप्त निदाउनु
    व्यस्त जिन्दगीमा आरामले ठूलो महत्व राख्दछ । जब पर्याप्त रुपमा आराम र निन्द्रा शरीरले पाउँछ, स्वास्थ र सक्रिय महसुस हुन्छ । स्वास्थ्य विज्ञहरुका अनुसार वयस्क उमेरमा स्वास्थ रहनका लागि दैनिक ७ देखि ९ घण्टा निदाउन आवश्यक छ ।

    ३. तौलमा सन्तुलन
    सम्झाना शक्तिमा शरीरको तौलले पनि असर गरिरहेका हुन्छ । शारीरिक तथा मानसिक स्वास्थ्यका लागि तौलको सन्तुलन महत्वपूर्ण रहन्छ । मोटोपनाले मस्तिष्कमा प्रभाव पार्ने भएकाले तौल सन्तुलित हुन आवश्यक छ ।

    ४. रिफाइन कार्बोहाइड्रेडको सेवन घटाउनु
    खानामा केक, कुकिज्, सेतो ब्रेड अथवा चामलको मात्रा धेरै छ भने पनि सम्झना शक्तिमा नकारात्मक असर पर्न जान्छ । जसका कारण ब्लड सुगरको मात्रा बढ्छ र शरीरलाई हानी पुर्याउँछ ।

    ५ मद्यपान नगर्नु
    आजकल अधिकांश व्यक्ति मद्यपान तथा धुम्रपान गर्ने गर्दछन् । मद्यपानले मानसिक स्वास्थ्यमा सिधा असर गर्ने भएकाले बिर्सने समस्या बढाउन मुख्य भूमिका खेल्दछ । मद्यपानले दिमागलाई नकारात्मकतातर्फ धकेल्ने काम गरिरहेको हुन्छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ