• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    रोचक-विचित्र

    जहाँ युवतीमाथि सोमबारको दिन केटाहरुलाई यस्तोसम्म गर्न दिइन्छ छुट !

    11.6K
    SHARES

    काठमाडौँ । दुनियाँका चलनहरु पनि कस्ता कस्ता ? दुनियाँमा यस्ता ठाउँ पनि रहेछन्, जहाँ सोमबारको दिन केटाहरुलाई मनलाग्दी गर्न छुट दिइन्छ । मध्य युरोपेली देशहरु पोल्याण्ड, चेक गणतन्त्र तथा पूर्वी युरोपेली देश युक्रेनमा एक खास सोमबार विशेष विदा हुन्छ । उक्त दिन युवकहरु आफ्नो मनपर्ने युवतीलाई मज्जाले भिजाउन पाउँछन् ।

    ती देशहरुमा वेट मन्डे अर्थात् भिजेको सोमबार नामक पर्व मनाइन्छ । इस्टर पर्वको सोमबारका दिन त्यहाँ मानिसहरु एक अर्कालाई पानीले भिजाएर रमाइलो पर्व मनाउँछन् । यसरी एक अर्कामा पानी छेप्नाले पाप पखालिने विश्वास छ । तर एक खास कारणबाट केटाहरुलाई त्यसो गर्नमा छुट दिइएको हुन्छ ।

    परम्परा अनुसार यदि गाउँ वा त्यस क्षेत्रकी सबैभन्दा सुन्दर महिलालाई यदि कुनै पुरुषले पानीले भिजाउँछ र ती महिलाले प्रतिवाद गर्दिनन् भने त्यो भिजाउने पुरुषले जिवनमा गरेका पापहरु मेटिन्छन् भन्ने विश्वास छ ।

    तर समय बदलिएसँगै पछिल्लो समय केटाहरुले जो सुकै केटीहरुलाइ पनि पानीले भिजाइदिने गरेका छन् । कतिपय अवस्थामा त पानी हान्ने र प्रतिवाद गर्ने सिलसिलामा विवाद र झगडा पनि हुने गरेको छ ।

    सोमबारको दिन केटाले केटीलाई पानीले भिजाएर पाप पखाल्छन् भने अर्को दिन मंगलबार केटीहरुका लागि छुट्टाइएको हुन्छ । त्यस दिन केटीहरुले केटालाई पानीले भिजाएर पाप पखाल्ने परम्परा छ । तर पछिल्लो समय चाहीँ सोमबारै केटा र केटीले एक आपसमा पानी हानाहान गर्ने गर्दछन् ।

    यस्तै अर्को रोचक प्रसङ्ग 

    मान्छेहरुको शौख पनि आश्चार्य लाग्दा हुन्छन् । तपाई हाम्रो सोच र शैलीभन्दा धेरै टाढाका सोच भएका मानिसहरु पनि यो संसारमा छन् । यस्ता शौखिन मानिहरु आफ्नो शक्ति र सामर्थ्यको भरपूर प्रयोग गर्दै इच्चा पूरा गर्नेतर्फ तल्लिन रहन्छन् ।

    आलिशान जीवन बिताइरहेका एक राजाको पनि यस्तै अनौठो शोख छ । उनी हुन्– अफ्रिकी मुलुक स्वाजिल्याण्डका राजा मस्वाती तृतीय । १५ जना श्रीमतीका साथ बसेपनि उनी सत्ता र शक्तिको दम्भमा अझै कुमारी किशोरीहरुलाई नग्न नचाउँदै पत्नी बनाउने चाहना राख्छन् ।

    ३० अर्ब रुपैयाँ बराबरको सम्पत्तिका मालिक उनले आफ्ना पत्नीहरूलाई उपहार दिनका लागि झण्डै २ अर्ब रुपैयाँ बराबरका लग्जरी कार खरिद गरेका छन् । हालै राजाले आफ्ना १५ पत्नीहरूका लागि रोयल्स रोए तथा दर्जनौं बीएमडब्लु कारहरू खरिद गरेका थिए । हुन त ती राजाका १६ वटा पत्नी थिए । तीमध्ये १ जना पत्नीको मृत्यु भइसकेको छ ।

    स्वाजिल्याण्डमा कैयन अनौठा परम्पराले अझै निरन्तरता पाइरहेको छ । त्यहाँका राजाले हरेक वर्ष कुमारी किशोरीहरूको नग्न नृत्य आयोजना गर्दछन् र त्यहीँबाटै आफ्ना लागि नयाँ पत्नी छान्दछन् । त्यस्तो नग्न नृत्यमा सहभागी हुनका लागि किशोरीहरूलाई उर्दी जारी गरिन्छ र नआउनेलाई कठोर सजाय समेत दिइन्छ ।

    अघिल्लो वर्ष आफ्नो बर्थडेको अवसरमा राजाले आफ्नो देशकै नाम परिवर्तन गरेका थिए । यसअघि देशको नाम स्वाजिल्याण्ड रहेकोमा उनले परिवर्तन गरी इस्वातिनी बनाएका छन् । तर पनि मानिसहरू त्यो देशलाई स्वाजिल्याण्ड नै भनेर चिन्दछन् । स्वाजिल्याण्डका राजा अर्बपति धनाढ्य हुन् । उनीसँग आफ्नै निजी जहाज र निजी विमानस्थल पनि छ । एजेन्सी

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ