• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    रोचक-विचित्र

    र’क्सी खानेहरुका लागि दुखद खबर, अब र’क्सी किन्दा यतिधेरै अतिरिक्त शुल्क तिर्नुपर्ने

    6.5K
    SHARES

    काठमाडाैं । भारतमा सोमबारदेखि र’क्सी पसलहरू खुल्न थालेका छन्। झन्डै ४० दिनपछि र’क्सी पसल खुलेपछि किन्नेहरूको भीड लागेको थियो। भीड यति ठूलो थियो कि भौतिक दूरी कायम नगरेको भन्दै प्रहरीले राजधानी नयाँदिल्लीका रक्सी पसलअगाडि जम्मा भएका माथि लाठीचार्ज गर्नु परेको थियो।

    र’क्सी किन्नेहरूको थामी नसक्नु भीड लागेपछि दिल्ली सरकारले मंगलबारदेखि रक्सी किन्दा खुद्रा मूल्यको ७० प्रतिशतसम्म कोरोना शुल्क तिर्नु पर्ने नयाँ नियम लागू गरेको छ। कोरोना शुल्क लगाएपछि दिल्लीमा मदिरा सेवन निरूत्साहित हुने दिल्ली सरकारको आशा छ।

    भारतमा कोरोनाभाइरसको संक्रमण रोक्न गत मार्च २५ देखि देशव्यापी लकडाउन गरिएको थियो। सोमबारदेखि त्यहाँ तेस्रो पटक थपिएको लकडाउन जारी छ। लकडाउनका बाबजुद भारतमा कोरोना संक्रमित भने तीव्र गतिमा फैलिरहेका छन्। मंगलबारसम्म भारतमा ४६ हजार ४ सय ३७ मानिसमा कोरोनाको संक्रमण देखिएको छ भने १ हजार ५ सय ६६ मानिसको मृत्यु भएको छ।

    यसैबीच भारतको केरला राज्यमा अवस्थित वयानाद प्रहरीले मास्क नलगाई सार्वजनिकस्थलमा हिँड्ने कुनै पनि व्यक्तिलाई ५ हजार रुपैयाँ जरिमाना गरिने जनाएको छ। केरलाको वयानाद प्रहरी प्रमुखले बुधबार सो जानकारी दिएका हुन्।

    केरला प्रहरी ऐनमा भएको व्यवस्थाअनुसार मास्क नलगाउने सबै नागरिकलाई यो कानुनबमोजिम जरिमाना गराइनेछ। त्यसैगरी यस कानुनबाट सर्वसाधारण नागरिक मात्र नभएर त्यहाँका पसले लगायतका सबैलाई लागु हुनेछ।

    पसलमा आउने सबै ग्राहकलाई स्यानिटाइजर उपलब्ध गराउनुपर्ने तथा दुरी कायम गरेर पसल सञ्चालन गर्नुपर्ने नियम पनि बनाइएको केरला प्रहरीले जनाएको छ। केही दिनयतादेखि भारतमा पनि कोरोना भाइरसका विरामीहरुको संख्या बढ्दै गएपछि यहाँका विभिन्न राज्यले रोकथामका उपायहरु कडा पारेका छन्। यसैअनुरुप केरला प्रहरीले पनि यस्तो प्रावधान ल्याएको बताइएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ