• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    रोचक-विचित्र

    फोन उठाउनेबित्तिकै ‘हेलो’ भन्ने चलन कहाँबाट आयो ?

    8.6K
    SHARES

    मोबाइल वा ल्यान्डलाइनमा कल उठाउँदा हेलो भन्ने शब्द उच्चारण गरिन्छ । किन यसो गरिन्छ त ? यसको एक रमाइलो इतिहास छ । अक्सफोर्ड इंग्लिश डिक्सनरीका अनुसार ‘हेलो’ शब्द प्राचीन जर्मन शब्द ‘होला’बाट बनेको हो । ‘होला’को अर्थ हुन्छ ‘के छ ?’ प्राचीन समयमा यस शब्दको प्रयोग सामुुद्रिक यात्राको क्रममा जहाजका मान्छेले गर्थे । अंग्रेजी साहित्यका पिता मानिने जोफ्रे चोसरको पालामा यो शब्द हालो भनी उच्चारण गरिन्थ्यो भने शेक्सपियरको पालामा हालू भनिन्थ्यो । पछि यसलाई हालवा, हालूवा, होलो पनि भनियो ।

    टेलिफोनका आविष्कारक अलेक्जेन्डर ग्राहम बेलले १८७६ मा आविष्कारको पेटेन्ट राइट लिएका थिए । पहिलोचोटि उनले आफ्नी प्रेमिकालाई फोन गरे । प्रेमिकाको नाम मार्गरेट ह्यालो थियो । उसैलाई बेलले मायालु पारामा ह्यालो भनी बोलाए । टेलिफोन बजारमा आउन थालेपछि मान्छेले ‘कोही हुनुहुन्छ ?’ भन्थे ।

    आफ्नो आवाज फोन गरिएको व्यक्तिले सुन्यो कि सुनेन भन्ने पत्ता लगाउन यो प्रश्न गरिन्थ्यो । तर बेललाई यति लामो शब्दावली प्रयोग गरिएको चित्त बुझेको थिएन । उनले प्रिन्टिङ टेलिग्राफ कम्पनीका अध्यक्ष टिबिए स्मिथलाई चिट्ठी लेखेर टेलिफोनमा बोलिने पहिलो शब्द हेलो हुनुपर्ने सुझाव दिए ।

    टेलिफोनका आविष्कारकको यो सुझाव लागू गर्ने निर्णय भयो र सबैले हेलो भन्न थाले । आजकल त सबैले फोन उठाउनेबित्तिकै हेलो भन्छन् । एकताका टेलिफोन एक्सचेन्जमा काम गर्ने महिलाहरूलाई ‘हेलो गर्ल’ भन्ने गरिन्थ्यो ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ