• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार राजनीति

    बालुवाटरको विवादित जग्गा नेकपाले कब्जा गरेपछि कड्किए गोकुल बास्कोटा, विप्लवलाई के भने ?

    18.1K
    SHARES



    काठमाडौँ । विद्रोही नेपाल कम्युनिष्ट पार्टीले बालुवाटारस्थित बिबादित ललितानिवासको जग्गा कब्जा गरेपछि सरकारका प्रवक्ता एव संचारमन्त्री गोकुल बास्कोटा जंगीएका छन् । मन्त्री बास्कोटाले बालुवाटारको विवादित जग्गामा झण्डा गाडेर के को बहादुरी ? भन्दै कड्किएका छन । उनले सरकारले वालुवाटारको जग्गा कब्जा गर्ने बिद्रोही नेकपाको घोषणालाई चर्चामा आउने दाउमात्र भएको तर्क गरेका छन् ।

    ललिता निवासको सरकारी जग्गामा नेकपाले झण्डा गाडेको बारेमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सार्वजनिक चासो भएको विषयमा कुनै एक्सन गरेर चर्चामा आउने दाउमात्र भएको बताए । ‘सार्वजनिक चासोको विषयमा कुनै त्यस्तो एक्सन गर्‍यो भने शक्तिशाली देखिन्छ कि भन्ने होला’ मन्त्रिपरिषदको निर्णय सुनाउन बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो हास्यास्पद प्रतिक्रिया जनाएका हुन्

    विप्लवले कब्जा गर्नुको कुनै अर्थ नहुने मन्त्री बास्कोटाले बताए । ‘झण्डा गाडेर केही हुनेवाला छैन । सरकारले जोगाउन लागेको भए पो बहादुरी गर्नु, सरकार आफैले छानबिन गर्न लागेको छ । त्यसको के खर्थ हुन्छ ?’ उनले भने । मन्त्री बास्कोटाले बालुवाटारको जग्गा नेपाली जनताको भएको दाबी गरे ।

    अर्को प्रसंगमा उनले राष्ट्रियताको पक्षमा बोल्दा प्रधानमन्त्री केपी शर्मा ओलीको निवासबाट ज्या’न मा’र्ने ध’म्की आएको भन्दै नेकपा सांसद तथा पूर्वगृहमन्त्री भीम रावलले लगाएको आरोपको खण्डन गरेका छन् । उनले प्रधानमन्त्रीले त्यस्तो गर्नै नसक्ने बताएका हुन् ।

    मन्त्रिपरिषदका निर्णय सार्वजनिक कार्यक्रममा बाँस्कोटाले भने, ‘प्रधानमन्त्रीले आफ्नै कार्यकयर्ताका लागि त’रवा’र र खल्तीमा गो’लीको माला बोकेर हिँड्नुहुन्न ।’ सरकारले रावललाई पूर्ण सुरक्षा दिइरहेको बाँस्कोटाको भनाइ थियो। ‘उहाँको सुरक्षामा पछुवा पनि (पूर्वगृहमन्त्रीको हैसियतले प्राप्त सुरक्षाकर्मी) छन् र उहाँको साथमा अन्य सुरक्षाकर्मी पनि छन्,’ बाँस्कोटाले भने।

    रावलले केही दिन पहिले एमसीसीविरुद्ध बोल्दा बालुवाटारबाट ज्यान मा’र्ने ध’म्की आएको अभिव्यक्ति दिएका थिए। बाँस्कोटाले संचारकर्मीको प्रश्नमा प्रतिप्रश्न गर्दै भने, ‘भीम रावललाई ध’म्की दिएको भनेको पत्यार लाग्छ ? प्रधानमन्त्री त्यस्तो खालको हुनुहन्छ? कसैको ज्यानै लिने हो?’

    प्रधानमन्त्रीले भाषण गर्ने, टिप्पणी गर्ने गरेको तर कसैलाई ज्या’नै मा’र्ने ध’म्की नदिएको बाँस्कोटाको भनाइ थियो। नेताहरूले टिप्पणी गर्नु, आलोचना गर्नु सही भए पनि ज्यान मा’र्ने ध’म्की दियो भन्नेमा सत्यता नभएको उनको भनाइ थियो।

    प्रधानमन्त्री निवसाबाट त्यस्तो ध’म्की आएको भए खुलस्त पार्न पनि बाँस्कोटाले रावललाई चुनौती दिएका छन्। उनले भने, ‘साँच्चै त्यस्तो हो भने उहाँले भन्नुपर्छ। यो नम्बरबाट फोन आयो र कसले ध’म्की दियो भनेर बोल्नुपर्छ।’

    बालुवाटरको विवादित जग्गा नेपाल कम्युनिस्ट पार्टीले बुधबार कब्जा गरेको घोषणा गरेको थियो । प्रधानमन्त्री निवाससँगै जोडिएको ललिता निवासी रहेको विवादित जग्गामा झण्डा गाँडेर कब्जा गरेको घोषणा गरेको हो ।

    विप्वल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले बुधबार साँझ उक्त सरकारी जग्गा व्यक्तिको नाममा गरेको भन्दै कब्जा गरेको घोषणा गरेका हुन् । उनीहरुले जग्गा सरकारको नाममा फिर्ता गर्न चेतावनी समेत दिएका छन् ।

    उक्त जग्गा कब्जा गरेपछि नेकपाले हारी गरेको प्रेस नोट यस्तो थियो: –
    “सबैलाई अबगत नै छ कि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निरन्तर रुपमा एकीकृत जनक्रान्ति मार्फत देशमा भैरहेको भ्रष्टाचार दलालीकरण, माफियाकरण र लुटतन्त्रका बिरुद्धमा अनबरत संघर्षमा छ बिअगत लामो समयदेखि धेरै नै चर्चामा रहेको करिब ३ सय रोपनीमा बनाइएको भब्य सुबर्ण महल अर्थात हालको ललिता निवासको जग्गाको बारेमा भएको चरम माफियाकरणबारे हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टीको गम्भिर धयाकर्षण भएको छ ।

    २००७ सालको राजनीतिक परिवर्तनसंगै राणाहरुको दरबारको राष्ट्रिय कारण गर्ने शिलशिलामा ललित निवास पनि तत्कालिन सरकारबाटै सिज भएको तर बहुदल आइसकेपछि राज्यसत्ताका सबै उपरिसंरचनामा फस्टाएको ब्यापक माफियाकरणले गर्दा राज्यको सम्पति स्वरुप राष्ट्रियकरण भएको ललिता निवासको जग्गा माफियाका नाइकेहरुले भाटभटेनी सुपरमार्केटका मालिक मिन बहादुर गुरुङ्ग, भुमिफियाहरु सोभाकान्त ढकाल र राम कुमार सुबेदीको चंगुलमा परी राज्य संचालकहरुले सुबर्ण शम्सेरको सन्तानबाट तथाकथित मोही सिर्जना गरी राष्ट्रिय सम्पतिको रुपमा आएको र थप आउनसक्ने जग्गालाई व्यक्तिको निजी सम्पतिकोरुपमा हुने गरी भएको किनबेचले तथा कथित कम्युनिष्ट नामधारी केपी नेतृत्वको दलाल सरकार जनता र राष्टको पक्षमा भन्दा पनि माफिया र दलालहरुको पक्षमा छ भने प्रष्ट हुन्छ ।

    तसर्थ राष्ट र जनताको सम्पति माफियाहरुको हातबाट पुनः राष्ट्र र जनताको हातमा ल्याउनको निम्ति माफियाहरुद्वारा कब्जा गरिएको वा किनबेच भएको अर्थात भाटभटेनी सुपर मार्केटका संचलाक मालिक मिन बहादुर गुरुङ्गसंग रहेको २२ रोपनी, गोयल ग्रुपसंगको २१ रोपनी र श्रदा ग्रुपसंगको ४ रोपनी चाचान ग्रुपसंगको ३ रोपनी, केडिया ग्रुपसंगको तीन रोपनी, शोभाकान्त ढकाल र राम कुमार सुबेदीसंग भएको २८ रोपनी, गोपाल खनाल ग्रुपसंगको ४ रोपनी, तत्कालिन एमाले र हाल सत्ताधारी नेकपाका महासचिव बिष्णु पौडेलसंग भएको कित्ता नम्बर ३०९ र ३१५ सहितको ८ आना, पुरुषोत्तम पौडेलसंगको १.५ रोपनी र अन्य विभिन्न व्यक्ति र समूहसंग भएको २९ रोपनी गरी जम्मा ११५ रोपनी जग्गा आजैका मितिबाट हाललाई पार्टी मातहात आउने गरि कब्जा गरिएको देशभक्त राष्ट्रप्रेमी र न्यायप्रेमी जनसमुदायलाई सुचित गराउन चाहन्छौं ।

    पार्टीले अर्को निर्णय नगरेसम्म माथि उल्लेखित कब्जा गरिएको जग्गा कथम कदाचित कुनै व्यक्ति र संस्थाले किनबेच वा सो जग्गासंग सम्बन्धित रहेर कारोबार गरिएको पाइएमा निजी व्यक्ति वा सहयोग गर्ने समुहलाई पार्टीले हदैसम्मको कारबाही गर्ने कुरा पनि यसैमार्फत सुचित गराउन चाहन्छौं ।”

    ढकाल तत्कालिन नेकपा एमाले नवलपरासीबाट महाधिवेशनका प्रतिनिधि हुन्। माधव नेपाल निकट मानिने आयुर्वेदका डाक्टर शोभाकान्त ढकालले नेपाल प्रधानमन्त्री भएको बेलामा नै बालुवाटार बेच्ने योजना तयार गरेका थिए। पेसा छाडेर जग्गा दलालीमा लागेका ढकालको धेरै बैंकमा सेयर र धेरै स्थानमा घर घडेरी भएको पाइएको छ।

    नवलपरासीको क्षेत्र न १ माओवादीको भागमा नपरेको भए उनले टिकट पाउने निश्चित थियो। स्याङ्जा पुर्ख्यौली घर भएका ढकालको नवलपरासीको कावासोती नगरपालिका–६ नयाँगाउँमा घर छ। केही वर्ष अघिसम्म सामान्य आर्थिक अवस्थाका ढकालको अहिलेको परिचय धनाढ्यका रुपमा हुने गरेको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ