• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    ढकालको घरमा नेकपाले किन गर्यो शक्तिशाली वि’स्फोट ? हेर्नुहोस कारण विज्ञप्तिसहित

    29.7K
    SHARES



    काठमाडौं । काठमाडौंको नागार्जुनमा बुधबार साँझ भएको ब’म वि’स्फोटको जिम्मा विप्लव नेतृत्वको विद्रोही नेपाल कम्युनिष्ट पार्टीले लिएको छ । बुधबार नै एक पर्चा सार्वजनिक गर्दै ललितानिवास जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको नागार्जुन-१ नर्सरी चोकस्थित घरमा भएको ब’म विस्फोटको जिम्मा नेकपाले लिएको हो ।

    नेकपाले बालुवाटारस्थित ललितानिवास परिसरको रबि ११५ रोपनी सरकारी (राष्ट्रिय) जमिन व्यक्तिको नाममा दर्ता गर्ने र बेच्ने प्रपन्चको मुख्य योजनाकार भएकोले उनीमाथि सांकेतिक कारवाही गरिएको जनाएको छ । त्यस्तै उक्त राष्ट्रिय जमिनको अनियमितताबारे पूर्व सचिव सारदप्रसाद तिर्तालको नेतृत्वमा गठित छानविन समितिको प्रतिवेदन ‘भूमाफिया’ किटान गरेकोले बिस्फोटपछि नेकपाले संचारकेन्द्रलाई उपलब्ध गराएको पर्चामा उल्लेख छ ।

    त्यस्तै जनयुद्धकालमा सुकुम्बासी भूमिहीनहरुको जग्गा आफ्नो नाममा हडप्ने प्रपंचा गरेकोले र बिगतमा एमाले तथा हाल सरकारी नेकपाको राजनैतिक शक्तिको आडमा राज्यको भ्रष्ट निकाय एवं कर्मचारीहरुसंगको मिलेमोतोमा माफियागिरि एवम् लुट खसोट गरेकोले उक्त कारवाही गरिएको नेकपाले जनाएको छ ।

    त्यस्तै ४ कुख्यात भूमाफिया एवम् राष्ट्रिय सम्पतिको लुट खसोट गर्ने योजनाकार भएको पुष्टी हुँदा पनि कथित कम्युनिष्ट नामधारी वर्तमान केपी सरकारले कुनै कारवाही नगरेकोमा जनस्तरबाट ब्यापकरुपमा कारवाहीको माग एवम् उजुरी आएकोले चेतावनी स्वरुप उक्त कारवाही गरिएको उक्त पर्चामा उल्लेख छ ।

    सोभाकान्त ढकालको घरमा सेबोटेज किन ? शीर्षकमा नेकपाले पर्चा सार्वजनिक गरेको छ । ”बालुवाटारस्थित ललिता निवास परिसरको करिब सय १५ रोपनी सरकारी राष्ट्रिय जमिन व्यक्तिको नाममा दर्ता गर्ने र बेच्ने प्रपंचाको मुख्य योजनाकार भएकाले, बालुवाटारको राष्ट्रिय जमिनको अनियमितताबारे पूर्व सचिव सारदा प्रसाद त्रितालाको नेतृत्वमा गठित छानबिन समितिको प्रतिबेदनले भूमाफिया किटान गरेकोले, जनयुद्धकालमा सुकुम्बासी भूमिहीन हरुको जग्गा आफ्नो नाममा हडप्ने प्रपंचा गरेकोले, बिगतमा एमाले र हाल सरकारी नेकपाको राजनैतिक शक्तिको आडमा राज्यको भ्रष्ट निकाय एवं कर्मचारीहरुसंगको मिलेमोतोमा माफिया गिरि एवम् लुट खसोट गरेकोले र कुख्यात भूमाफिया एवम् राष्ट्रिय सम्पतिको लुट खसोट गर्ने योजनाकार भएको पुष्टी हुँदा पनि कथित कम्युनिष्ट नामधारी वर्तमान केपी सरकारले कुनै कारवाही नगरेकोमा जनस्तरबाट ब्यापकरुपमा कारवाहीको माग एवम् उजुरी आएकोले ।” पर्चामा उल्लेख छ ।

    यस्तै नेकपाले उक्ल्ट विवादित जग्गा समेत कब्जा गरेको जनाएको छ । “२००७ सालको राजनीतिक परिवर्तनसंगै राणाहरुको दरबारको राष्ट्रिय कारण गर्ने शिलशिलामा ललित निवास पनि तत्कालिन सरकारबाटै सिज भएको तर बहुदल आइसकेपछि राज्यसत्ताका सबै उपरिसंरचनामा फस्टाएको ब्यापक माफियाकरणले गर्दा राज्यको सम्पति स्वरुप राष्ट्रियकरण भएको ललिता निवासको जग्गा माफियाका नाइकेहरुले भाटभटेनी सुपरमार्केटका मालिक मिन बहादुर गुरुङ्ग, भुमिफियाहरु सोभाकान्त ढकाल र राम कुमार सुबेदीको चंगुलमा परी राज्य संचालकहरुले सुबर्ण शम्सेरको सन्तानबाट तथाकथित मोही सिर्जना गरी राष्ट्रिय सम्पतिको रुपमा आएको र थप आउनसक्ने जग्गालाई व्यक्तिको निजी सम्पतिकोरुपमा हुने गरी भएको किनबेचले तथा कथित कम्युनिष्ट नामधारी केपी नेतृत्वको दलाल सरकार जनता र राष्टको पक्षमा भन्दा पनि माफिया र दलालहरुको पक्षमा छ भने प्रष्ट हुन्छ ।” विज्ञप्तिमा उल्लेख छ ।

    विज्ञप्तिमा अगाडि लेखिएको छ – “तसर्थ राष्ट र जनताको सम्पति माफियाहरुको हातबाट पुनः राष्ट्र र जनताको हातमा ल्याउनको निम्ति माफियाहरुद्वारा कब्जा गरिएको वा किनबेच भएको अर्थात भाटभटेनी सुपर मार्केटका संचलाक मालिक मिन बहादुर गुरुङ्गसंग रहेको २२ रोपनी, गोयल ग्रुपसंगको २१ रोपनी र श्रदा ग्रुपसंगको ४ रोपनी चाचान ग्रुपसंगको ३ रोपनी, केडिया ग्रुपसंगको तीन रोपनी, शोभाकान्त ढकाल र राम कुमार सुबेदीसंग भएको २८ रोपनी, गोपाल खनाल ग्रुपसंगको ४ रोपनी, तत्कालिन एमाले र हाल सत्ताधारी नेकपाका महासचिव बिष्णु पौडेलसंग भएको कित्ता नम्बर ३०९ र ३१५ सहितको ८ आना, पुरुषोत्तम पौडेलसंगको १.५ रोपनी र अन्य विभिन्न व्यक्ति र समूहसंग भएको २९ रोपनी गरी जम्मा ११५ रोपनी जग्गा आजैका मितिबाट हाललाई पार्टी मातहात आउने गरि कब्जा गरिएको देशभक्त राष्ट्रप्रेमी र न्यायप्रेमी जनसमुदायलाई सुचित गराउन चाहन्छौं ।”

    हेर्नुहोस् नेकपाद्वारा जारि गरिएको प्रेस नोट
    “सबैलाई अबगत नै छ कि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निरन्तर रुपमा एकीकृत जनक्रान्ति मार्फत देशमा भैरहेको भ्रष्टाचार दलालीकरण, माफियाकरण र लुटतन्त्रका बिरुद्धमा अनबरत संघर्षमा छ बिअगत लामो समयदेखि धेरै नै चर्चामा रहेको करिब ३ सय रोपनीमा बनाइएको भब्य सुबर्ण महल अर्थात हालको ललिता निवासको जग्गाको बारेमा भएको चरम माफियाकरणबारे हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टीको गम्भिर धयाकर्षण भएको छ ।

    २००७ सालको राजनीतिक परिवर्तनसंगै राणाहरुको दरबारको राष्ट्रिय कारण गर्ने शिलशिलामा ललित निवास पनि तत्कालिन सरकारबाटै सिज भएको तर बहुदल आइसकेपछि राज्यसत्ताका सबै उपरिसंरचनामा फस्टाएको ब्यापक माफियाकरणले गर्दा राज्यको सम्पति स्वरुप राष्ट्रियकरण भएको ललिता निवासको जग्गा माफियाका नाइकेहरुले भाटभटेनी सुपरमार्केटका मालिक मिन बहादुर गुरुङ्ग, भुमिफियाहरु सोभाकान्त ढकाल र राम कुमार सुबेदीको चंगुलमा परी राज्य संचालकहरुले सुबर्ण शम्सेरको सन्तानबाट तथाकथित मोही सिर्जना गरी राष्ट्रिय सम्पतिको रुपमा आएको र थप आउनसक्ने जग्गालाई व्यक्तिको निजी सम्पतिकोरुपमा हुने गरी भएको किनबेचले तथा कथित कम्युनिष्ट नामधारी केपी नेतृत्वको दलाल सरकार जनता र राष्टको पक्षमा भन्दा पनि माफिया र दलालहरुको पक्षमा छ भने प्रष्ट हुन्छ ।

    तसर्थ राष्ट र जनताको सम्पति माफियाहरुको हातबाट पुनः राष्ट्र र जनताको हातमा ल्याउनको निम्ति माफियाहरुद्वारा कब्जा गरिएको वा किनबेच भएको अर्थात भाटभटेनी सुपर मार्केटका संचलाक मालिक मिन बहादुर गुरुङ्गसंग रहेको २२ रोपनी, गोयल ग्रुपसंगको २१ रोपनी र श्रदा ग्रुपसंगको ४ रोपनी चाचान ग्रुपसंगको ३ रोपनी, केडिया ग्रुपसंगको तीन रोपनी, शोभाकान्त ढकाल र राम कुमार सुबेदीसंग भएको २८ रोपनी, गोपाल खनाल ग्रुपसंगको ४ रोपनी, तत्कालिन एमाले र हाल सत्ताधारी नेकपाका महासचिव बिष्णु पौडेलसंग भएको कित्ता नम्बर ३०९ र ३१५ सहितको ८ आना, पुरुषोत्तम पौडेलसंगको १.५ रोपनी र अन्य विभिन्न व्यक्ति र समूहसंग भएको २९ रोपनी गरी जम्मा ११५ रोपनी जग्गा आजैका मितिबाट हाललाई पार्टी मातहात आउने गरि कब्जा गरिएको देशभक्त राष्ट्रप्रेमी र न्यायप्रेमी जनसमुदायलाई सुचित गराउन चाहन्छौं ।

    पार्टीले अर्को निर्णय नगरेसम्म माथि उल्लेखित कब्जा गरिएको जग्गा कथम कदाचित कुनै व्यक्ति र संस्थाले किनबेच वा सो जग्गासंग सम्बन्धित रहेर कारोबार गरिएको पाइएमा निजी व्यक्ति वा सहयोग गर्ने समुहलाई पार्टीले हदैसम्मको कारबाही गर्ने कुरा पनि यसैमार्फत सुचित गराउन चाहन्छौं ।”

    ढकाल तत्कालिन नेकपा एमाले नवलपरासीबाट महाधिवेशनका प्रतिनिधि हुन्। माधव नेपाल निकट मानिने आयुर्वेदका डाक्टर शोभाकान्त ढकालले नेपाल प्रधानमन्त्री भएको बेलामा नै बालुवाटार बेच्ने योजना तयार गरेका थिए। पेसा छाडेर जग्गा दलालीमा लागेका ढकालको धेरै बैंकमा सेयर र धेरै स्थानमा घर घडेरी भएको पाइएको छ।

    नवलपरासीको क्षेत्र न १ माओवादीको भागमा नपरेको भए उनले टिकट पाउने निश्चित थियो। स्याङ्जा पुर्ख्यौली घर भएका ढकालको नवलपरासीको कावासोती नगरपालिका–६ नयाँगाउँमा घर छ। केही वर्ष अघिसम्म सामान्य आर्थिक अवस्थाका ढकालको अहिलेको परिचय धनाढ्यका रुपमा हुने गरेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ