• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति समाचार

    सभामुखमा नेकपाका यी नेताले मारे बाजी, को बन्दैछ उप-सभामुख ? हेर्नुस विस्तृतमा

    41K
    SHARES



    काठमाडौँ । लामो समयदेखि रिक्त रहेको सभामुख पदमा सत्तारूढ नेकपाको संसदीय दलका उपनेता समेत रहेका स्थायी कमिटी सदस्य सुवास चन्द्र नेम्वाङले बाजी मारेका छन । सत्तारूढ नेकपामा नयाँ सभामुखको लागि नेम्वाङको नाममा सहमति जुटेको छ । प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महरा संसद सचिवालयमा कार्यरत कर्मचारी माथी बलात्कार प्रयासको आरोपमा पुर्पक्षका लागि हाल डिल्लीबजार कारागारमा छन् । भोलि (शुक्रबार) अपरान्ह बाट सुरु हुने संसदको हिउँदे अधिबेशनको बैठक भने उपसभामुख शिवमाया तुम्बाहाङफेले संचालन गर्ने नेकपा निकट स्रोतले अनलाइनपानालाई जानकारी दियो । संसदको हिउँदे अधिबेशन सुरु भए सँगै प्रतिनिधिसभाले नयाँ सभामुख र उपसभामुख पाउने छ ।

    स्रोतका अनुसार पुर्व एमाले समुहबाट नेम्वाङ सभामुख नियुक्त भएसँगै पुर्व माओवादी समुहले संसदीय दलको उपनेता पाउने भएको यसअघि उपसभामुख तुन्बाहाङफे लाई पटकपटक राजिनामा दिन दबाब दिए पनि अटेर गर्दै आएकी तुम्बाहाङफेले सभामुखमा नेम्वाङ पक्का भए सँगै राजिनामा दिन सहमत भएको स्रोतको दावी छ । सभामुखको दौडमा रहेका पुर्व माओवादी समुहका नेता अग्नि प्रसाद सापकोटालाई भने अब पुनर्गठित हुने मन्त्रीमण्डलमा मन्त्री बनाउने सहमति समेत भएको छ । यसैगरी राष्ट्रियसभा निर्वाचनमा तालमेल गरेका मधेसकेन्द्रित दल राष्ट्रिय जनता पार्टीले उपसभामुख पाउने पक्कापक्की भएपनी अहिले नै कसलाई उपसभामुख बनाउने भन्ने टुंगो नलागेको स्रोतले अनलाइनपानालाई जानकारी दियो । सत्तारूढ अर्को दल समाजवादी पार्टीले जुनसुकै बेला पनि सरकार छाड्न सक्ने र सरकारमै बसेर सरकारको आलोचना बाहेक केही नगरेको निष्कर्ष निकालेको नेकपाले समाजवादी पार्टीलाई भने अब महत्त्व नदिने रणनीति समेत अख्तियार गरेको छ । यसैको पहिलो प्रयास स्वरुप राष्ट्रियसभाम प्रतिपक्षी भुमिकामा रहेको राजपा सँग समझदारी गर्दै समाजवादीलाई भने सरकार बाट हट्नै पर्ने बाध्यात्मक अवस्था सिर्जना गर्न खोजिएको छ ।

    यस्तै बुधबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपालबीच भएको दुई बुँदे सहमतिले समाजवादी पार्टीलाई ठूलो धक्का लागेको छ । राष्ट्रिय सभामा रिक्त हुने चार सीटमा समाजवादी पार्टीले नेकपासँग तालमेल गर्ने तयारी गरिरहेको थियो । त्यसका लागि समाजवादीका अध्यक्षद्वय डा.बाबुराम भट्टराई र उपेन्द्र यादवले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एकचरण कुराकानी पनि गरिसेका थिए । अध्यक्ष प्रचण्डले राष्ट्रसभामा तालेमल गर्ने आवश्वासन पनि दिएका थिए । प्रचण्डले ‘त्यसका लागि पछि छलफल गरौला’ उनीहरुलाई उनले भनेका थिए ।प्रचण्डसँग छलफल गरेर उपेन्द्र यादव बंगलादेशको भ्रमणमा निस्के । उनी उता उडेपछि यता अर्कै खिचरी पाक्न थाल्यो ।

    त्यति मात्र होइन, समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजपा नेपालका अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतोसँग पनि यो कुरा राखेका थिए । यादवले राष्ट्रिय सभाको चुनावमा आफूहरुले नेकपासँग तालमेल गर्न लागेको र तपाईँहरु के गर्नुहुन्छ गर्नुस् भनि कुरा राखेका थिए । त्यसले संयोजक महतोलाई निकै पिरोलिएको थियो । एकीकरणको कुरा आफूहरुसँग गर्ने र चुनावी तालमेल नेकपासँग गर्ने यो सहयीय हुँदैन भनि महतोले आफ्नो ध्यान नेकपातिर सोझ्याएको राजपा नेपालका अध्यक्षमण्डलका एक सदस्यले बताए । नेकपाका अर्का आध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कानसम्म यो कुरा पुग्यो । उनले आफ्ना पक्षका नेताहरुलाई राजपा नेपालका नेताहररुसँग कुरा गर्न लगाएका थिए ।

    प्रधानमन्त्री ओली त्यतिकै पनि समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई मन पराई रहेका थिएनन् । बालुवाटार स्रोतले भन्यो, ‘राजपा नेपालका नेताहरुसँग कुरा गरेपछि तत्कालै छलफल गर्ने कुरा तय भयो । बैठक बस्नुअघि नै सहमतिपत्र तयार भइसकेको थियो । धेरै लामो छलफल पनि भएन । एजेण्डामा प्रवेश गर्यो । उता प्रधानमन्त्री ओली पनि तयार थिए, यता राजपा नेपालका नेताहरु पनि भित्रैदेखि तयारी भएर आएका थिए ।’ प्रचण्डलाई लाग्यो यो के भइरहेको छ, किन यतिको हतार भन्दै उनले छलफल टार्न पनि खोजेका थिए । बालुवाटार स्रोत भन्छ, ‘प्रचण्डका इच्छा आज छलफल नटुगिंयोस् भनि भित्रि चाहना थियो तर प्रधानमन्त्री ओली र राजपा नेपालका नेताहरु माइण्ड मेकअप गरेर आएका हुनाले तुरुन्तै तुरुन्तै काम भयो ।’

    समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले सरकारबाट हट्न दवाव दिएपछि अर्का अध्यक्ष उपेन्द्र यादवले राष्ट्रियसभामा हिसिला यमीलाई सदस्य बनाउने वचन दिएका थिए । पार्टीलाई सरकारबाट बाहिरिने दवाव नदिनुस् भन्दै हिसिला यमीलाई राष्ट्रियसभाका सदस्य बनाउने आफूले प्रयास गर्ने पनि अध्यक्ष भट्टराईलाई वचन दिएका थिए । र, सोही आधारमा दुवैजना अध्यक्ष प्रचण्डलाई भेटेर राष्ट्रियसभामा सिटको तालमेल गर्ने कुराकानी गरेका थिए । तर नेकपा र राजपा नेपालको यो सहमतिले अब हिसिला यमीलाई राष्ट्रियसभाको सदस्य बनाउने सपना चकनाचुर भएको छ । उपचुनावमा राजपा नेपालले समाजवादी पार्टीसँग तालमेल गर्न आग्रह गरेको थियो । तर, सो पार्टीले कुनै वास्ता गरेन । समाजवादी पार्टीले पार्टी एकीकरणको कुरा गरे पनि व्यवहारमा नदेखाएको गुनासो राजपा नेपालका नेताहरुको रहेको छ ।

    त्यही भएर राष्ट्रियसभाको निर्वाचनमा समाजवादी पार्टीको बाटो नपर्खेर नेकपासँग तालमेलको लागि हात बढाएको ती दलका नेताहरु बताउछन् । नेकपा र राजपाको सहकार्य यतिमा मात्र रोकिने छैन । प्रदेश २ को सरकार पनि मिलेर बनाउने आन्तरिक सहमति गरेको छ । राजपा नेपालका एकजना महासचिवले भने, ‘फागुनसम्ममा नेकपा र राजपा नेपालको संयुक्त सरकार बन्छ ।’ संघीय सरकारमा पनि कतै न कतै राजपा नेपालको सहभागिता हुन्छ भने उता प्रदेश २ मा अविश्वासका प्रस्ताव ल्याएर समाजवादी पार्टीका मुख्यमन्त्रीलाई हटाएर नेकपा र राजपा नेपालमध्येबाट मुख्यमन्त्री बनाउने आन्तरिक सहमति भएको स्रोतले जनाएको छ । प्रधानमन्त्री ओली संविधान संशोधनका लागि पनि लचिलो भएका छन् । अगामी दिनमा वार्ता र संवादमार्फत यसलाई अगाडि बढाउन कुराकानी भइरहेको स्रोतले जनाएको छ ।

    तर समाजवादी पार्टीले नेकपा–राजपाबीचको सहमतिलाई दोहोरो चरित्रको संज्ञा दिएको छ । समाजवादी पार्टीका प्रचार विभागका प्रमुख प्रशान्त सिंहले रातोपाटीसँग कुरा गर्दै भने ‘यो चुनावमा सबैसँग ट्याक्टिकल कुरा भइरहेको थियो । यसलाई ठूलो कुरा मानिदैन । लोजिकल रुपमा हामीलाई गाली गर्ने राजपाले सत्तारुढ दलसँगै २ बुँदे सहमति गरेर दाहोरो चरित्र देखायो ।’ उनले आफ्नो पार्टीले पनि विभिन्न पार्टीसँग माघ ९ गते हुने चुनावमा लागि सहकार्य गर्न छलफल गरिरहका उनले बताए । राष्ट्रियसभाको सदस्यमा हिसिला यमी वा कसैलाई पठाउने बारेमा कुनै कुराकानी नभएको बताउँदै उनले व्यक्रि गौन कुरा हो मुख्य पार्टीको नीति रहको बताए ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ