• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    रुकुम पश्चिममा जिप दुर्घटना, सात जनाको मृत्यु

    1K
    SHARES



    रुकुमपूर्व । रुकुम पश्चिममा यात्रुबाहक जिप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा करिब १० जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी हरि प्रसाद पुनका अनुसार दुर्घटना बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाको सिमानामा पर्ने झारमारेमा भएको हो।

    खलंगाबाट आठबिसकोट नगरपालिका–९, स्यालाखदीतर्फ जाँदै गरेको रा १ ज ४२२ नम्बरको बोलेरो जिप शुक्रबार दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ। दुर्घटनामा अहिलेसम्म ७ जनाको शव फेला परिसकेको छ भने १० जना गम्भीर घाइतेलाई विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ।

    जिपमा करिब २० जना यात्रु सवार थिए। मृतकहरूको पहिचान खुलेको छैन। प्रहरी र स्थानीयवासीले उद्धार कार्य जारी राखेका छन्। प्रहरीका अनुसार दुर्घटनाको कारण प्रारम्भिक रूपमा सडकको मोडमा नियन्त्रण गुमाउनु भएको अनुमान गरिएको छ, तर घटनाको विस्तृत अनुसन्धान भइरहेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ