• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    प्रवास समाचार

    गम बहादुरले भ्रम छरेको भन्दै नमुना बिश्वकर्मा समाज कुवेतले गर्यो यस्तो खण्डन, विज्ञप्तिसहित

    17K
    SHARES

    काठमाडौं । बिश्वकर्मा एकता समाज नेपाल, कुवेतका अध्यक्ष गम बहादुर विश्वकर्मा र निवर्तमान अध्यक्ष भिम बहादुर विश्वकर्मालगायतले  जिम्मेवार व्यक्तिमाथि लान्छना लगाई बक्तब्यबाजी गरेर अनावश्यक भ्रम फैलाएको भन्दै नमुना बिश्वकर्मा समाज नेपाल, कुवेतले आपत्ति जनाएको छ । भिम बहादुर विश्वकर्माको नेतृत्वमा ३/४ जनाको झुण्डले समाजको मुल्य मान्यता विपरित ‘दलित हौ र हैनौ’ भन्ने मुख्य मुद्दालाई किनारा नलगाइ बिश्वकर्मा समाज नेपाल कुवेतसँग २० सेक्टेम्बर २०१९ का दिन एकता भएको भ्रम फैलाएको भन्दै उक्त समाजले आपत्ति जनाएको हो ।

    समाजको हितका लागिभन्दा पनि आफ्नो स्वार्थलाई ध्यानमा राखेर गम बहादुरले एक दुई जनालाई अर्को कुनै समुहमा समाहित गरी कथित एकताको हल्ला फिजाएको भन्दै नमुना बिश्वकर्मा समाज नेपाल, कुवेतले एक बक्तब्य प्रकाशित गरी यस्तो भ्रमपूर्ण समाचारको खण्डन गरेको हो । गम बहादुरले केहि दिन अघि जारी गरेको भ्रमपूर्ण विज्ञप्तिलाई लिएर केही अनलाइन र सामाजिक सञ्जालमा बिश्वकर्मा समाजका व्यक्तिहरुका बीचमा फुट पैदा गराउने परिस्थिति सिर्जना हुने गरी टिका टिप्पणी भएको भन्दै अध्यक्ष कुल बहादुर विश्वकर्माले एक बिज्ञप्ति जारी गरेर खण्डन गरेका हुन् ।

    बिज्ञप्तिमार्फत नमुना बिश्वकर्मा समाज नेपाल कुबेत र बिश्वकर्मा एकता समाज नेपाल कुवेतबीच एकता भएको नभई समाजका निबर्तमान अध्यक्ष भिम बाहादुर गदलको नेतृत्वमा तिन चार जनाको समुहले अर्को समूह प्रवेश गरेको बताइएको छ । उक्त समुहले समाजाको मूल्य मान्यतालाई लात हानेर मनपरी कार्य गर्दै अर्को झुण्डसँग कथित एकताको नाममा भ्रम फैलाएकोले त्यसलगतै प्रेस बिज्ञप्ति मार्फत समाजले आफ्नो धारण सार्बजनिक गरिसकेको अध्यक्ष कुल बहादुर विश्वकर्माले जारी गरेको बिज्ञप्तिमा जनाइएको छ ।

    साथै बिज्ञप्ति मार्फत नमुना बिश्वकर्मा समाज नेपाल कुबेतको नयाँ कार्य समिति चयन समेत भइसकेको जनाइएको छ । बिज्ञप्तिमा भनिएको छ- “२७ सेक्टेम्बर २०१९ का दिन फर्मानिया पार्कमा नमुना बिश्वकर्मा समाज नेपाल कुवेतकि उपाध्यक्ष बिस्नु बिश्वकर्मा (सिल्वाल )ज्यूको अध्यक्षतामा साधारण सभा बैठक बसी कुल बाहादुर बिश्वकर्माको नेतृत्वमा ३३ सदस्सीय नमुना बिश्वकर्मा समाज नेपाल कुवेतको कार्यसमिति पुर्नगठन गरिएको कुरा सम्पुर्ण कुवेत लगायत विश्वभरी छरिएर रहेको नेपाली समुदायलाई अबगत नै छ ।”

    साथै नमुना समाजले अर्को समाज प्रवेश गरेका निबर्तमान अध्यक्ष भिम बहादुर बिश्वकर्मा (गदल)लाई समाजका सम्पुर्ण अफिसियल डकुमेन्ट बुझाउनका लागि चिट्ठी पठाएको तर समय सिमा काटीसक्दा पनि उनले त्यसबारे कुनै जानकारी नदिएको जनाएको छ । संस्थाका कागजात नबुझाउने भीमबहादुरका बारेमा के गर्ने भनेर समाजले अर्को बिकल्प पनि सोचिरहेको बिज्ञप्ति मार्फत जानकारी गराइएको छ ।

    नमुना बिश्वकर्मा समाज नेपाल कुबेतले “बिश्वकर्मा एकता समाज नेपाल कुवेत”को नामबाट प्रेस बिज्ञप्ति जारी गर्ने व्यक्तिलाई मानसिक सन्तुलन गुमाएको व्यक्तिको संज्ञा दिएको छ । आफ्नो समाजसँग नमुना बिश्वकर्मा समाजको एकता भएको भनेर हास्यास्पद र लज्जास्पद बिज्ञप्ति जारी गरी समाजमा भ्रम फैलाएका कारण उनीहरुलाई समाजले मानसिक सन्तुलन गुमेका मान्छेको वर्चस्व बढेको हो की भन्ने संकेत गरेको हो ।

    साथै नमुना समाजले जारी गरेको बिज्ञप्ति मार्फत गम बहादुरलाई समाजका बारेमा बोल्ने कुनै अधिकार नभएको बताएको छ । एक समाजले अर्को समाजलाइ अनावश्यक आक्षेप लगाउनु राम्रो नभएको भन्दै आउदा दिनहरुमा अर्को समाजको आन्तरिक मामिलामा दखल नराख्न पनि नमुना बिश्वकर्मा समाज नेपाल कुवेतले “बिश्वकर्मा एकता समाज नेपाल कुवेत”लाई चेतावनी दिएको छ ।

    बिश्वकर्मा एकता समाज नेपाल कुवेतको निस्कृय काम कारबाहीप्रति नमुना बिश्वकर्मा समाज घोर निन्दा गर्दै “नमुना बिश्वकर्मा समाज नेपाल कुबेत”का निबर्तमान अध्यक्ष भिम बाहादुर गदाल बिश्वकर्मा, निबर्तमान महासचिव चन्द्र बाहादुर बिश्वकर्मा गोतामे र कोषअध्यक्ष राम बाहादुर बिश्वकर्माले समाजका सम्पुर्ण सामाग्री नियन्त्रणमा राखेकाले तत्काल फिर्ता गर्न माग गरेको छ ।

    त्यस्तै उनीहरुले आउदा दिनहरुमा “नमुना बिश्वकर्मा समाज नेपाल कुवेत”को नाम जोडेर कुनैपनि कार्य गरेमा अबैधानिक ठहरिने र आवश्यक परेमा समाजले जस्तो सुकै बिकल्प पनि अपनाउन सक्ने चेतावनी समाजले दिएको छ । त्यस्तै समाजको मूल्य मान्यतामा परित्याग गरी अर्को समाजमा बिलय भएका नैतिक हिन मान्छेहरुले लगाएका आरोपहरु सबै निराधार, भ्रामक र कपोकल्पित भएको कुरा सबैसामु जानकारी गराउन पनि उक्त बिज्ञप्ति जारी गरिएको नमुना बिश्वकर्मा समाज नेपाल कुवेतका अध्यक्ष कुल बहादुर बिश्वकर्माले जनाएका छन्।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ