• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    रोचक-विचित्र सौन्दर्य

    बुबाको मुख हेर्ने दिन तपाईंलाई काम लाग्न सक्छन यी ३५ स्टाटस, पढ्नुहोस बिस्तृतमा

    51.6K
    SHARES

    काठमाडौं । बुवा सबैका आर्दशका पात्र । तिनै आदर्श पुरुष बुबाको मुख हेर्ने दिन आफ्ना जन्म, कर्म दिने पितालाई सम्मान अर्पण गरिन्छ । नेपालमा कुशे औंसी सनातन हिन्दू परम्परामा अनुसार भाद्र महिनाको अमावस्या अर्थात औंसी तिथिका दिन बुवाको मुख हेर्ने दिन मनाइन्छ । १. सबैले भन्छन् म आमा जस्ति देखिन्छु रे, साँचो हो, तर म त हुँ बाबाकी प्यारी छोरी । २. चाहे जति अलार्म लगाओ, बिहान उठ्न बुवाकै आवाज काफी हुन्छ । ३. हरेक अपराध र गल्तिलाई माफ गर्ने मात्र एक ब्यक्ति हुन्छ, बुवा । ४. म यहासम्म पुग्नुमा हरदिन मेरो बुवाको मेहनत छ । ५. मेरो हिम्मत र मेरो कमजोरी दुबै हजुर नै हो बुवा । ६. जसको रिसमा स्नेह र गालीमा आफ्नोपन हुन्छ, उहालाई नै बुवा भनिन्छ । ७. एक हस्ती जो मान हो मेरो, मेरो बुवा पहिचान हो मेरो ।

    ८. पिता बन्नु पिता हुनु भन्दा सजिलो छ । ९. तपाईको ओठमा हासो कमाएको दिन म धनि हुनेछु, बुवा । १०. हरेक छोरी हुनेवाला पतिमा आफ्नो बुवाको स्वभाव खोज्छिन्, थाहा छ किन ? किनकी गाली गरेपछि पनि बुवा छोरीलाई हसाउँन जान्दछन् । ११. मेरो जन्मदाता, मेरो संरक्षक र मेरो सच्चा सर्मथक मेरो बुवालाई धेरै धेरै शुभकामना । १२. हरेक सफल छोरीका पछाडि एक पिताको हात हुन्छ । १३. दुखी हुदा बुवाहरु रुदैनन्, त्यसैले बुवाहरु हर्टअट्याकले बित्ने गर्दछन् । १४. बुवा निमका रुख झै हुन्, जो तितो भए पनि लाभदायक हुन्छन् । १५. पिता बाहेक अरु कसैले तपाई उ भन्दा सफल हुनुहोस् भने चाहँदैन ।

    १६. म तपाईको नामबाट मात्र पुर्ण छु, बुवा । यो नै मेरो शान हो । १७. तपाईको कठोरता भित्रको वास्तविकता बुझ्न सकिन, सरी बुवा । १८. सायद तपाई भएको भए, यो बेला म संसारको धनि मानिस हुने थिए । बुवा । १९. बाल्यकालमा मलाई बुवाभन्दा साँझ प्यारो लाग्थ्यो, बुवा खेलौना ल्याउनुहुन्थ्यो अनि साँझ मेरो बुवालाई घर फर्काउथ्यो । २०. विश्वका सबैभन्दा धनी मानिस पनि आमाबुवा बिना, गरीब हुने गर्दछ । २१. हर सफल मानिसको पहिचान पनि उसको पिताबाट बनेको हुन्छ ।

    २२. सपना मेरा थिए, तर पुरा बुवाले गर्नुभयो, बाटो म हिड्दथे तर बाटो बुवाले देखाउनु भयो । २३. बुवा मेरो त्यो घमन्ड हो जो कसैले तोड्न सक्दैन । २४. इच्छा त बुवाको कमाइले पुरा गरिन्थ्यो, आफ्नो कमाइले त गुजारा मात्र हुन्छ । २५. मेरो साहस, मेरो इज्जत, मेरो सम्मान हो, बुवा । २६. मेरो शक्ति, मेरो पुँजी, मेरो पहिचान हो बुवा । २७. जिन्दगी जिउनुको मजा त, तपाईसँग सिक्का मागेर खर्चिनुमा हुन्थ्यो । आफ्नो कमाई त आवश्यकता टाल्दा टाल्दै सकिन्छ । २८. म त्यो दिनको पर्खाईमा छु, जुन दिन म तपाई जस्तो बन्न सक्छु, बुवा । २९. बुवालाई म के उपहार दिऊ, जन्मदाता उपहार दिने हैसियत मसँग छैन ।

    ३०. तपाईको रीस देखेर म सानोमा डराउथे बुवा, सायद मैले बुझिन त्यो तपाईको प्रेम थियो । ३१. एक बुवा सय सन्तानका पालनहार बन्न सक्छन्, तर सय सन्तान एक पिताको पालनकर्ता बन्न सक्दैनन् । ३२. जब बुवा सन्तानलाई केहि दिन्छन्, तब दुबै हाँस्दछन् । तर जब सन्तान बुवालाई केहि दिन्छन्, तब दुबै रुन्छन् । ३३. घरबाट माइती फर्कदा छोरी हासेको हेर्ने हरेक बुवाको इच्छा हुने गर्दछ । ३४. एक पितालाई उमेर ढल्कदै गएपछि सन्तान झै प्यारो अरु कोहि हुदैन । ३५. थाकेको शरीर बोकेर पनि काममा जाने मेरो बुवालाई हार्दिक नमन ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ