• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    रोचक-विचित्र

    ७ जनासँग शारीरिक सम्पर्क राख्दै गर्दा राजकुमारी यसरी परिन् रंगेहात पक्राउ

    18.1K
    SHARES



    काठमाडौँ । पछिल्लो समय यौ’नसँग जोडिएका धेरै समाचार बाहिर आउने गरेका छन् । शारीरिक सम्बन्ध राख्ने क्रममा पक्राउ पर्ने गरेका घटना पनि धेरै छन् । नेपालमा पनि प्रहरीले विभिन्न होटलमा छापा मार्नेक्रममा रंगेहात पक्राउ पर्ने जोडीको नाम सार्वजिनक गर्ने गरेको छ ।

    तर यहाँ हामी यस्तो घटना सार्वजनिक भएको छ, जुन घटनाले तपाईंलाई आश्चर्यचकित बनाउने छ । घटना बेलायतको हो अनि पात्र कतारकी राजकुमारी । कतारकी राजकुमारी शेखा सल्वा लण्डनको एउटा होटलमा ७ जनासंग शारीरिक सम्बन्ध राख्दै गर्दा रंगेहात पक्राउ परेकी छन् ।

    लण्डनका संचारमाध्यहरुका अनुसार यो खबर सार्बजनिक नगर्न कतारी दूतावासले ५० करोड युरोको प्रस्ताव गरेको जनाएका छन् । तर, एक अखबार फाइनेन्सियल टाइम्सले रकम अस्वीकार गरी खबर छाप्ने निर्णय गरेपछि यो घटना बाहिरिएको हो ।

    ब्रिटेन र स्कटल्याण्डका सुरक्षा एजेन्सीको संयुक्त टोलीले राजकुमारीलाई ७ जनासँग होटलमा रंगेहात भेटेको जनाईएको छ । प्रहरीले राजकुमारी बसेको होटेलमा केही संदिग्ध व्यक्तिलाई देखेपछि होटेलमा छापा मारेको थियो ।

    बेलायती प्रहरीले आपराधिक गतिविधिमा संलग्न व्यक्तिसँग शारीरिक सम्पर्क राख्नु गैर कानूनी कार्य भनेको छ । राजकुमारी शेखाले गैरकानुनी कार्य गरेको भएपनि उनले डिप्लोम्याटिक पासपोर्ट बोकेका कारण कारबाही गर्न नसकिने एक प्रहरीले जनाएका छन् ।

    राजकुमारीले पनि घटनाका बारेमा दिएको प्रतिक्रिया सञ्चारमाध्यममा आएको छ । उनले आफ्नो उद्देश्य कतारको इज्जत धमिल्याउनु तथा ब्रिटेनको कानुनको उल्लघन गर्नु नरहेको बताएकी छिन् ।

    राजकुमारी शेखा पूर्व प्रधानमन्त्री हमद बिन जसीम बिन जबोर अल थानीकी छोरी हुन् भने कतारकी राजाकी सौतेनी बहिनी राजकुमारी शेखाले मध्यस्थकर्तामार्फत सात युरोपेली युवकसँग सम्पर्क गरी सम्बन्ध राखेको समाचारमा जनाइएको छ । घटनाबारे कतारले कुनै प्रतिक्रिया जनाएको छैन ।

    त्यस्तै अमेरिकाको न्युयोर्कस्थित फेसबुकको कार्यालय बाहिर सयौं महिलाहरुले निर्वस्त्र भएर प्रदर्शन गरका छन् । महिलाहरुप्रति फेसबुकले कठोर नियम अख्तियार गरेको भन्दै सेन्सरसिप विरुद्धको राष्ट्रिय गठबन्धनले कलाकार स्पेन्सर ट्युनिकको साथमा उक्त नग्न प्रदर्शनको आयोजना गरेको हो ।

    विरोध प्रदर्शनका क्रममा मानिसहरु नग्न भएर फेसबुक कार्यालय अगाडिको सडकमा सुतेका थिए र हातमा वक्षस्थलको प्रतिरुप बोकेका थिए । फेसबुकले महिलाका वक्षस्थलका तस्वीर शेयर गर्नमा बन्देज लगाएको विरोधमा न्युयोर्कमा निर्वस्त्र प्रदर्शनको आयोजना गरिएको हो ।

    उक्त प्रदर्शनको नाम वि दी निप्पल राखिएको छ । उक्त ह्यासट्यागलाई सोसल मिडियामा पनि निकै प्रचार गरिएको छ । महिला प्रदर्शनकारीहरुले आफ्ना शरीरलाई पुरुषको छातीको प्रतिरुपले ढाकेका थिए ।

    स्मरणरहोस् प्रदर्शनमा उत्रिएका टनिक न्यूड फोटोग्राफीका लागि चर्चित छन् । वर्षांैदेखि उनले नग्नता विरोधी यस्ता खालका कानून तथा नीतिहरुको विरोध गर्दै आएका छन् । उनको फेसबुक पेज सन् २०१४ मा प्रतिबन्धमा परेको थियो ।

    उता अस्पतालमा काम गर्ने नर्सको जिम्मेवारी हुन्छ, विरामीको सेवा गर्ने । बिरामी छिटो निको गराउनमा नर्सको हेरचाह र व्यवहारले ठूलो भूमिका खेल्छ भनिन्छ । तर जब कुनै नर्स नै विरामीको मृत्युको कारक बन्छन् भने स्थिति के होला ? एउटा यस्तो घटना भएको छ, जुन सुन्दैमा त्रसित हुने खालको छ ।

    हामीले मानव हत्याका अनेक खालका घटनाहरु सुनेका छौँ । तर एकजना नर्सले गरेको यो हत्या निकै भयानक तथा दर्दनाक छ । घटना जर्मनीको हो । त्यहाँ एकजना पुरुष नर्सले ८५ जना बिरामी मानिसको हत्या गरेको खुलासा भएको छ ।

    यो घटना सार्वजनिक भएसँगै तहल्का मच्चिएको छ त्यहाँ । ती खुंखार हत्यारा पुरुष नर्सलाई आजीवन कैदको सजायँ भएको छ । ती भयानक अपराधीको नाम निल्स होगले हो । उनको अपराध मानवीय कल्पनाभन्दा पनि टाढाको रहेको न्यायाधीश सेबेस्टियन बुर्हम्यानले बताए ।

    सन् २००० देखि २००५ को बीचमा निल्सले अस्पतालमा विषाक्त सुई लगाइदिएर ८५ जना विरामीको हत्या गरेका थिए । उनीमाथि हत्याका अन्य ६ वटा घटनामा यसअघि नै जन्मकैद भैसकेको थियो । पछिल्लो पटक थप ८० जना विरामीको हत्या गरेको समेत पुष्टि भएपछि उनी विरुद्धको सजायँ खप्टिएको छ ।

    उनको अपराध प्रमाणित गर्नका लागि अन्त्येष्टि गरिसकिएका १ सय ८० वटा लासलाई उत्खनन गरी परीक्षण गरिएको थियो । उनले अझै धेरै व्यक्तिको ज्यान लिएको हुनसक्ने र त्यो संख्या २ सय भन्दा धेरै हुनसक्ने आशंका पुलिसको छ ।

    ती व्यक्ति अहिले मानसिक स्थिति बिगि्रएको अवस्थामा छन् । सन् २००५ मा एक विरामीलाई विषालु सुइ दिँदै गरेको अवस्थामा उनी पक्राउ परेका थिए ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ