• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी समाचार

    सोलुखुम्बुमा नेकपा कार्यकर्ताले प्रहरी चौकी कब्जा गर्न खोजेको हल्ला, यस्तो रहेछ यथार्थ

    35.1K
    SHARES



    सोलुखुम्बु । सोमबार सोलुखुम्बुमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले प्रहरी चौकी कब्जा गर्न खोजेको भन्दै एउटा भ्रामक समाचार एकाएक भाइरल बन्यो । कपि पेस्टको जमानामा केहि अनलाइनले ‘स्रोत’को हवाला दिएर अपुष्टरुपमा प्रकाशित गरेको उक्त भ्रामक खबर एकाएक भुसको आगो सल्किएजस्तै गरी सल्कियो ।

    केहि अनलाइनले त ‘प्रहरी उच्च अधिकारीहरुले घटनाको पुष्टि गरेको’ भन्दै समाचार प्रकाशित गरे तर यस्तो सूचना दिने ति प्रहरी उच्च अधिकारि को हुन् ? भन्ने बिषय भने लुकाइयो । प्रहरी चौकी नै आक्रमण गर्ने योजनासहित नेकपा कार्यकर्ताहरु आउन लागेको भन्ने सूचना पाएको भन्दै सोलुखुम्बुको विकट क्षेत्र महाकुलुङ गाउँपालिका–३, छेस्काममा गएराति प्रहरीको भागाभाग नै भयो । रातारात चौकी छोडेर उनीहरु सुरक्षित स्थान खोज्दै लुक्न गए ।

    जनताले तिरेको करबाट तलब खाएर जनताको सुरक्षाका लागि खटिएको प्रहरी चौकी नै छोडेर भागेको खबरले सोलुखुम्बुवासी दुखि पनि बने तर साच्चिकै हमलाको प्रयास भएको हो वा आक्रमणको हल्ला र अफवाह आफै फैलाएर प्रहरीले प्रपोगण्डा बनाउन खोजेको हो भन्ने विषयमा स्थानीय ससंकित बनेका छन् ।

    यता नेपाल कम्युनिष्ट पार्टीले भने स्रोतको हवाला दिएर आफ्ना कार्यकर्तामाथि ‘प्रहरी चौकी आक्रमण’ गर्न खोजेको आरोप लगाएर कपोलकल्पित र भ्रामक समाचार प्रकाशित गरिएको भन्दै त्यसको खण्डन गरेको छ । सोमबार दिउसो संचारकेन्द्रको टेलिफोन सम्पर्कमा आएका नेकपा सगरमाथा ब्युरोका एक नेताले पार्टीलाई बदनाम गराउन र नेता कार्यकर्तामाथि दमन बढाउँन योजनाबद्ध तरिकाले यस्तो षड्यन्त्र रचिएको ठोकुवा गरे ।

    ‘प्रहरीमाथि आक्रमण गरेको अफवाह फैलाएर हाम्रो पार्तिमाठी थप दमन बढोस् भन्ने उदेश्यका साथ केहि तत्वहरुहरुले यो षड्यन्त्र रचेको प्रष्ट छ ।’ ति नेताले संचारकेन्द्रसंग भने- ‘सत्य तथ्य बुझ्दै नबुझी केहि अनलाइनहरुले यस्तो आधारहिन भ्रमलाई ब्रेकिङ न्युज बनाएको देखियो, यो खेदजनक छ । वास्तविकता बुझेर मात्रै समाचार सम्प्रेषण गर्न ति मिडियाहरुलाई आग्रह गर्दछौ ।’

    आक्रमणको हवाला दिएर प्रहरी अरु नै कारणले चौकी छोडेर भागेको हुनसक्ने भन्दै नेकपाले घटनाको सत्यतथ्य बाहिर ल्याउन सम्बन्धित पक्षलाई अनुरोध गरेको छ । पछिल्लो समय केही छापा र अनलाइन मिडियाहरुले सत्ताको उक्साहटमा नेकपामाथि दमन गर्न सारकरलाई सजिलो हुनेगरी योजनाबद्ध भ्रामक प्रचार युद्द सुरु गरेका छन् ।

    चौकी कब्जा गर्ने उद्देश्यसहित आक्रमणको प्रयास भएको हल्ला बाहिर आए पनि आक्रमणकारी समुह को थियो र किन आक्रमण भयो भन्ने विषयमा आधिकारिक पुष्टि हुनेगरी केहि पनि अहिलेसम्म जानकारी प्राप्त हुन सकेको छैन। कतिपयले आक्रमण नै भएको दाबी गरेपनि चौकी नजिकै रहेका स्थानीयले भने कुनै आक्रमण नभएको बताएका छन् ।

    असईको कमाण्डमा रहेको चौकीमा सातजनाको दरबन्दी भएपनि आईतबार चारजना मात्र रहेको जनाइएको छ । प्रहरी र प्रशासनले आक्रमण नभएको स्वीकारेका छन् ।

    ‘आक्रमण भएको हुँदै होइन । उनीहरुको गतिविधि भने बढेको देखेर जिल्लाकै केही सुरक्षाकर्मी त्यता तर्फ पठाइएको मात्र हो,’ प्रमूख जिल्ला अधिकारी नरेन्द्र मगरले भने, ‘नितान्त निगरानीका लागि सुरक्षा पठाइएको हो । विराटनगरतिरबाट सुरक्षा थप गरिएको भन्ने यतिखेरसम्म हैन ।’

    यसैबीच छेस्काममा आईतबार नेकपा कार्यकर्ताको गतिविधि बढेको हल्लालगत्तै सोमबार बिहानबाटै सुरक्षा सतर्कता बढाइएको छ । चौकी छाडेर प्रहरी भागेको सूचनापछि सोलुखुम्बुको महाकुलुङमा थप सुरक्षाकर्मी पठाइएको छ ।

    काठमाडौं र विराटनगरबाट हेलिकोप्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी पठाइएको हो । नेपाली सेनाको जंगी अड्डा स्रोतका अनुसार घटनापछि हेलिकोप्टरमार्फत प्रहरी र सशस्त्रको थप मद्दत टोली सोलुखुम्बु पठाइएको हो । सेनाको हेलिकोप्टर प्रयोग गरेर करिब ५० जना सुरक्षा अधिकारीलाई महाकुलुङ गाउँपालिका पठाइएको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ