• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    राजधानीमा शक्तिशाली ब’म बि’स्फोट, ६ जनाको मृत्यु, यस्तो छ थप क्षतिको बिबरण

    37.1K
    SHARES

    काठमाडौं । नयाँ बर्षको उत्सव मनाइरहेका बेला राजधानीमा शक्तिशाली बम बिस्फोट हुँदा मानवीय क्षति भएको छ । यो अफगानिस्तानको खबर हो ।

    अफगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको उक्त बम विस्फोटमा परी ६ जनाको मृत्यु भएको छ । त्यस्तै २३ जना घाइते भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता वाहिदुल्लाह मयारले एएफपी समाचार समितिलाई बताएका छन् ।

    सिया मुसलमान समुदायमा बसोबास गरेका फारसी भाषीहरुले नयाँ वर्षको उत्सव मनाइरहेका समयमा सो विस्फोट भएको थियो । यस आक्रमणको तालिबान आतङ्ककारी समूहले जिम्मा लिएको छैन ।

    काबुल विश्वविद्यालय र एक तीर्थस्थलको नजिकै फारसी भाषीहरुको नयाँ वर्षको विदा मनाउन बसेका अफगान नागरिकको भीडमा सो विस्फोस्ट भएको थियो ।

    यस्तै उता संयुक्त राष्ट्र संघले समुद्री चक्रवात इडाईले दक्षिण अफ्रिकी मुलुकहरुका लाखौं मानिस प्रभावित भएको जनाएको छ । चक्रवातले सिर्जना गरेको विपत्तिका कारण मानिसहरु विस्थापित भएका हुन् ।

    राष्ट्र संघको मौसमसम्बन्धी निकायले इडाई चक्रवात पृथ्वीको दक्षिणी गोलार्धमा भएको मैसमसम्बन्धी सबैभन्दा ठूलो विपद् हुनसक्ने जनाएको छ । चक्रवातले सबैभन्दा बढी मोजाम्बिक, जिम्बाब्वे र मलावी प्रभावित भएका छन् ।

    मोजाम्बिकका राष्ट्रपति फिलिपे न्युसीले चक्रवातका कारण आफ्नो मुलुकमा मात्र एक हजारभन्दा बढी मानिसको मृत्यु भएको बताएका छन् ।

    चक्रवात प्रभावित मुलुकहरुबाट २५ लाखभन्दा बढी मानिस प्रत्यक्षरुपमा प्रभावित भएको बताइएको छ । मोजाम्बिक सरकारले बन्दरगाह सहर बेयरामा मात्र एक लाखलाई तत्कालै उद्धार गर्नुपर्ने आवश्यकता देखिएको जनाएको छ । चक्रवातका कारण बुजी नदी फुटेर ५० किलोमिटर क्षेत्र डुवानमा परेको बताइएको छ ।

    अहिले पनि कयौं मानिस पानीमा डुबेरै उद्धारको प्रतिक्षा गरिरहेको सहायताकर्मीहरुलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । ठाउँठाउँमा राजमार्गमा पहिरो जाँदा उद्धारमा समेत समस्या भएको छ । रेडक्रसले प्रभावित क्षेत्रमा हैजा र पानीजन्य प्रकोपहरू फैलन सक्ने चेतावनी दिएको छ ।

    यस्तै इटालीमा विद्यार्थी सवार एक बस ड्राइभरले नै अपहरण गरेका छन् ।इटालीको मिलानमा ५१ जना विद्यार्थी सवार स्कुल बस ड्राइभरले अपहरण गरी दुर्घटनामा पारेका हुन् । बसमा बन्धक बनाइएका बालबालिकालाई प्रहरीले बसको झ्यालबाट उद्दार गरेको छ ।

    बसका ड्राइभर इटालियन नागरिक भए पनि उनी सेनेगलबाट गएको बताइएको छ । अपहरणमा परेका बालबालिका कोही पनि गम्भीर घाइते भने भएका छैनन् । १४ जनालाई भने धुवाँले समस्या भएको छ । बस अपहरण गरेका ड्राइभरले कोही पनि जीवित नरहने बताएका थिए ।

    मिलानका प्रहरी प्रमुख फ्रान्सेस्को ग्रेइकोले सबै बालबालिकालाई सफलतापूर्वक उद्धार गर्न सफल हुनेलाई अपूर्व बनेका छन् । बसमा रहेका एक शिक्षकले ओसेयनोउ सी नाम गरेका ड्राइभर आप्रवासी सम्बन्धी इटालीको रणनीतिप्रति आक्रोशित भएको बताए ।

    यस्तै भूमध्य सागरमा भइरहेको आप्रवासीको निधनबाट उनी आक्रोशित थिए । ड्राइभरविरुद्ध अपहरण, आमहत्याको प्रयाससहितका मुद्दा दर्ता गरिएको इटालीका अधिकारीले जनाएका छन् ।

    फाइल तस्वीर: गुगलबाट

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ