• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार राजनीति

    हिरासतमा रहेका भुजेललाई प्रहरीले भेट्न दिएन, पत्रकारको टोली मानवअधिकार आयोग पुग्यो

    8.1K
    SHARES



    काठमान्डौं । शुक्रबार क्रान्तिकारी पत्रकार संगठन नेपालको टोलीले राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकसँग आयोगको कार्यालयमै पुगेर भेटघाट गरेको छ ।

    आस्थाका आधारमा देशैभरी पक्राउ परेका नेकपाका नेता कार्यकर्ताको अवस्थाका बारेमा बेखबर नबन्न र मानवअधिकारको क्षेत्रमा चनाखो बन्न भन्दै क्रान्तिकारी पत्रकार संगठनका अध्यक्ष डिल्लीराज रावतको नेतृत्वमा गएको टोलीले उनीसँग भेटघाट गरेको हो।

    आस्थाका आधारमा देशैभरी पक्राउ परेका विप्लव नेतृत्वको नेकपा निकट नेता कार्यकर्ताहरुलाई हिरासतमा लिएपछि आफन्तलाई जानकारी नदिएको, थुनुवालाई यातना दिएको र भेटघाट गर्नसम्म नदिएको भन्दै उनीहरुले पाठकसँग भेटघाट गरेका हुन् ।

    भेटमा पाठकले कसैले कुनैपनि प्रकारको यातना पाएको भए त्यो प्रचलित संविधान र कानुन विरोधी हुने र त्यसको विरोध गरिने बताए । उनले देशैभरी पक्राउ परेका व्यक्तिको अवस्थाका बारेमा आयोगलाई जानकारी गराउन पत्रकारकाे टेलीलार्इ अनुराेध गरेका छन् । साथै त्यस्ता विषयमा आफन्तले पनि आयोगलाई जानकारी दिनुपर्ने बताएका छन्।

    नेकपाले गरेको एनसेल आक्रमणपछि विप्लवका अंगरक्षक भन्दै सुर्य भुजेललाई पक्राउ गरेर यातना दिएको र पत्रकारलाई समेत भेटघाट गर्न नदिएको भन्ने पत्रकारको कुरामा पाठकले भने- ‘भुजेलका परिवार र एकजना कानुन व्यवसायीलाई भेट्न दिनुपर्ने र पक्राउ गरिसकेपछि कुनैपनि प्रकारको यातना दिन नपाइने कानुनी व्यवस्था रहेको छ । प्रहरीले त्यसो गर्न पाउदैन ।’

    आयोगको कार्यालयमा पाठकसँगको भेटपछि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा क्रान्तिकारी पत्रकार संगठन, नेपालका उपाध्यक्ष जन्मदेव जैसी, मेरो दैनिकका सम्पादक बाबुराम भुसाल र संचारकेन्द्रका सञ्चालक कमल बुढासहितको टोली महानगरिय प्रहरी परिसर जाउलाखेलमा पुगेर भेटघाट गर्न खोजे पनि भेटन् दिईएन ।

    बम बिष्फोट आशंकामा पक्राउ गरिएका भुजेललाई चरम यातना दिएको सूचना पाएपछि पत्रकारहरुको टोली भुजेललाई भेट्न जावलाखेल पुगेका थियाे ।

    पत्रकारहरुको टोलीले एसएसपी रबिन्द्र धानुक, एसपी गोविन्द थपलिया र डिएसपी नारायण चिमौरियासँग छलफल गरेपनि घण्टौ कुराएर साझ ५ बजे माथिको आदेश भन्दै अन्तत पक्राउ परेका सुर्य भुजेललाई भेट्न दिईएन ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ