• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार समाचार

    जग्गा दलालीकाे आरोप लागेका टिका कँडेल अमेरिका भागे, अब नेकपाले के गर्ला ?

    10K
    SHARES



    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा जग्गा दलाल टिका कडेल अमेरिका भागेका छन् । चितवनको रत्ननगरनगरस्थित एक किसानको जमिन हडप्ने काममा संलग्न कडेललाई आफ्नै पार्टीको थारु मोर्चाले कारबाही गर्ने चेतावनी दिएपछि उनि अमेरिका भागेका हुन् ।

    नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट जनस्वास्थ्यकर्मी महासंघका नेता समेत रहेका कडेललाई जग्गा दलाल भन्दै पार्टीकै मुखपत्र रातो खबर साप्ताहिकको अनलाइन सस्करण इ-रातो खबरले समाचार प्रकाशित गरेको थियो ।

    नेकपाको जनवर्गिय संगठनका ब्युरो सदस्य कडेल आफैले अमेरिका जाँदै गरेको तस्बिर फेसबुकमा पोस्ट गरेका थिए । कडेलले अमेरिका जान लागेको र कतार एयरवेजको प्रतिक्षामा रहेको भन्दै त्रिभुवन विमानस्थलमा जहाज कुरिरहेको तस्बिर पोस्ट गरेका थिए ।

    पार्टीको जनवर्गीय मोर्चाका इन्चार्ज तथा पोलिटब्युरो सदस्य मोहन कार्की “जीवन्त”का खास पात्र मानिने कडेललाई पार्टीकै मुखपत्र रातो खबरले जग्गा दलालको संज्ञा दिदै समाचार प्रकाशित गरेपछि नेपालमा अफ्ठ्यारो पर्ने ठानेर कडेल अमेरिका भागेको एक नेताले सञ्चारकेन्द्रलाई बताए ।

    पार्टीकै भातृ मोर्चा राष्ट्रिय थारु मुक्ति मोर्चाले जग्गा दलाल कडेललाई बैंकसँगको मिलेमतोमा एक किसानको जमिन हडप्न खोजेको भन्दै भूमाफियाको संज्ञा दिएको थियो । मोर्चाले बिज्ञप्ति निकालेरै भूमाफियाको संज्ञा दिएपछि रातो खबरले समाचार प्रकाशित गरेको थियो ।

    मोर्चाले भूमाफियासँग मिलेर कडेँलले किसानको उठिबास लगाउन खोजेको भन्दै उक्त जग्गा आफ्नो कब्जामा रहेको समेत बिज्ञप्ति मार्फत जनाएको थियो ।

    चितवनको रत्ननगरनगरपालिका–६ साविकका बछौली ६ निवासी राजु चौधरीको घर परिवारका नाममा रहेको कित्ता नम्बर ८. क २७० को जग्गा ०–१४–१, कित्ता नम्बर ८ क २७१ को ०–२–६ र कित्ता नम्बर ८ ग २४४ को ०–१२–१६ गरी १–९.३ बिघा क्षेत्रफलको जग्गा कडेँलले भूमाफिया केशव लामिछानेसँग मिलेर हडप्न खोजेको मोर्चाको आरोप छ ।

    रातो खबरको अनलाईन संस्करणको समाचारले तनावमा परेका कँडेल समाचार प्रकाशित भएको चार दिनपछि अर्थात फागुन १५ गते श्रीमती सहित अमेरिका उडेका हुन् । अमेरिकाको मल्टी भिषा प्राप्त गरेका कँडेलले अमेरिकाको सहयोगमा एनजिओ पनि संचालन गरिरहेका छन् ।

    कडेलले विगतदेखि नेपालका बिद्रोही पार्टी निकट रहेर फाइदा लुट्ने गरेका छन् । नेपालमा अफ्ठ्यारो पर्न बितिकै अमेरिका भाग्ने र परिस्थिति सहज हुनेबितिक्कै नेपाल फर्केर पार्टीका केही नेताहरुलाई प्रभावमा पार्दै उच्च नेतृत्वसम्मको पहुच बिस्तार गरेर आफ्नो फाइदा लुट्ने कडेलसँग अमेरिकी मल्टी भिषा समेत छ ।

    अमेरिकी सहयोगमै उनले भिभिन्न एनजिओ पनि सन्चालन गरेका छन् । भूमाफिया, जग्गा दलाल, घुसखोर, भ्रष्टाचारीहरुलाई कारवाही गर्दै आएको नेकपाले कँडेलमाथि कारवाही गर्छ या गर्दैन त्यो भने हेर्न बाँकी छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ