• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    नेकपामाथि व्यापक दमनमा उत्रियो ओली सरकार, कहाँबाट कुन-कुन नेता कार्यकर्ता परे गिरफ्तार ?

    12.4K
    SHARES



    काठमाडौं । ७२ अर्ब कर छली गरेर घोटाला मच्चाउदै आएको एनसेलमाथि कारवाही गरेपछि नेपाल कम्युनिष्ट पार्टीको चर्चा यतिबेला सर्बत्र छ । शुक्रबार साँझ एनसेल मुख्यालयमा बम बिस्फोट हुँदा एक जनाको ज्यान समेत गयो ।

    घटनाको लगत्तै अर्को दिने नेकपाले आफ्नो मनसाय कसैको ज्यान लिने हुदै नभएको प्रष्टिकरण दिएर जनतासँग माफी समेत माग्यो र बिस्फोटका क्रममा भएको मानवीय क्षतिप्रति दुख व्यक्त गर्यो । बीबीसीसँग कुरा गर्दै नेकपा स्थायी समिति सदस्य तथा मध्यकमाण्ड इन्चार्ज सुदर्शनले घटनामा ज्यान गुमाउने परिवारलाई पार्टीले क्षतिपूर्ति दिने पनि घोषणा गरेका छन् ।

    विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी देशमा यतिबेला ओली सरकारबिरुद्ध समानान्तर सत्ताको अभ्यासमा छन् । नेकपाकाे आफ्नै जनअदालत छ । संसदीय पार्टीहरुले नेतृत्व गरेको सरकार भ्रष्ट भएको भन्दै कतिपय पिडितहरु यतिबेला नेकपाको जनअदालतमा मुद्दा हाल्न पुगेको नेकपाको दावी छ ।

    धेरै मुद्दाहरु नेकपाले समाधान पनि गरेको छ । दलालहरुले हडपेको जग्गा पिडित पक्षलाई फिर्त गराउने, भ्रष्टाचारीलाई कालोमोसो दलेर कारवाही गर्नेदेखि बिकट बस्तीमा बाटोघाटो निर्मण गर्नेजस्ता रचनात्मक काममा यतिबेला नेकपा लागेको छ ।

    प्रचण्ड, बाबुराम र बादलहरु क्रान्ति र जनतालाई धोका दिएर उही पुरानै संसदीय राजनीतिमा फर्किएपछि युवा नेता विप्लवले अदुरो क्रान्तिलाई पुरा गर्ने अठोट गर्दै एकीकृत जनक्रान्तिको शंक फुके । अहिले नेकपा देशभर आफ्नाे अभियान लिएर गाउँ-गाउँ बस्ति-बस्तीमा पुगेको छ ।

    नेकपामाथि ओली सरकारको दमन, कहाँबाट को-को परे गिरफतार ?

    ठिक यहि बेला ओली-प्रचण्ड नेतृत्वको २ तिहाई सरकार नेकपामाथि पुनः निर्मम तरिकाले दमनमा उत्रिने संकेत देखिएको छ । त्यसको पहिलो उदाहरण हो, शनिबारदेखि नै नेकपाका नेता कार्यकर्ताको गिरफ्तारी । शुक्रबार एनसेलमाथिको कारवाहीपछि शनिबार बिहानै प्रहरीले नेकपा केन्द्रीय सदस्य समेत रहेकी अनेमसंघ क्रान्तिकारीके केन्द्रीय अध्यक्ष बन्दु चन्दलाई अछामबाट गिरफ्तार गर्यो ।

    सङ्गठन सुदृढ तथा बिस्तार अभियान-२ अन्तर्गत एउटा अभियान टोलीको कमाण्ड गर्दै अछामको विनायक पुगेकी नेतृ चन्दलाई इक्रापा विनायकबाट खटिएको प्रहरी टोलीले डिएसपीले भेट्न बोलाएको छ भन्दै गिरफ्तार गरेर हिरासतमा राख्यो । सोहि विषयमा संचारकेन्द्रसँग कुरा गर्दै जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी जनक बहादुर शाहीले भने चन्दलाई गिरफ्तार नगरेको दावी गरेका थिए ।

    संचारकेन्द्रसँगको टेलिफोन कुराकानीका क्रममा डिएसपी शाहीले नेतृ चन्दसँग आफुहरुले भेटेर छलफल गर्न खोजेको भने स्वीकार गरे । ‘उहाँलाई गिरफ्तार गरेको भन्न मिल्दैन’ शाहीले संचारकेन्द्रसँग भने- ‘उहाँसँग भेटघट गर्न चाहिँ खोजेको हो, त्यसैले बोलाएको हो । केहि समयपछि भेटघाट हुन्छ । त्यसपछि थप कुरा गरौला ।’

    यस विषयमा उनी थप केहि बोल्न चाहेनन् । तर जिप्रका अछाम स्रोत भने अनुसार नेतृ चन्दलाई माथिको आदेशमा समातिएको बताउछन ।आफ्नी अध्यक्ष बन्धु चन्दलाई बिनाकारण गिरफ्तार गरेको भन्दै अनेमसंघ क्रान्तिकारीले घोर भत्र्सना गरेको छ । सङ्गठनले चन्दको निःसर्त रिहाइको माग पनि गरेको छ ।

    सङ्गठनकी उपाध्यक्ष सम्झना घर्तीले प्रेसविज्ञप्ति जारी गरी अछामको विनायक पञ्चदेवल नगरपालिका पुन्नेतलबाट शनिबार बिहान ९ः३० बजे चन्दलाई बिनाकारण गिरफ्तार गरेको भन्दै संविधानले दिएको स्वतन्त्र ढङ्गले राजनीति गर्न र प्रचार गर्न पाउने, सङ्गठन गर्न पाउने अधिकारलाई राज्य आफैँले उपहास गरी बिनाकारण गिरफ्तार हुनुभएकी सङ्गठनकी अध्यक्षलाई निःसर्त तुरुन्त रिहाइको माग गरेकी छिन् ।

    ‘नेकपाको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानका क्रममा सङ्गठनको कामको सिलसिलामा गरिएको गिरफ्तारीप्रति हाम्रो सङ्गठन घोर भत्र्सना गर्दछ । रिहाइ नगरिएको खण्डमा यसको चर्को मूल्य राज्यले चुकाउनु पर्नेछ’, विज्ञप्तिमा उल्लेख छ ।

    त्यसअघि शुक्रबार राति नै नेकपानिकट अखिल क्रान्तिकारीका एक कार्यकर्तालाई गिरफ्तार गरेको छ । प्रहरीका अनुसार कालिकोटको रासकोट नगरपालिका–१ घर भई हाल ललितपुर महानगरपालिका–२३, धापाखेलमा बस्ने २० वर्षीय मानबहादुर तिरुवासहित ललितपुरका दुई स्थानीय युवा रहेको बुझिएको छ ।

    त्यस्तै आइतबार नै नेपाल कम्युनिस्ट पार्टी निकट दलित मुक्ति मोर्चाका केन्द्रीय सचिव जितेन्द्र महरा ‘महाविर’लाई प्रहरीले गिरफ्तार गरेको छ । विराटनगरको बुद्धचोकस्थित आफ्नै घरमा बसिरहेका महरालाई जिल्ला प्रहरी कार्यलय मोरङ्गबाट गएको प्रहरी टोलीले आइतबार उनलाई  गिरफ्तार गरेको नेकपाले जनाएको छ ।

    सुगर र प्रेसर रोगबाट ग्रस्त महाविर केहि समय अघ देखि नै अस्वतताका कारण घरमा नै बसेर आराम गरिरहेका थिए । यस्तै शनिबार नै नेपाल कम्युनिस्ट पार्टीका दुई जना नेताकार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ ।

    गिरफ्तार पर्नेहरुमा नेकपा पर्शाका जिल्ला सेक्रेटरी बुकी यादव, अखिल (क्रान्तिकारी) का जिल्ला संयोजक राधेश्याम शाह छन् । उनीहलाई शनिबार पर्शाबाट प्रहरीले गिरफ्तार गरेको नेकपा नारायणी ब्युरोले जनाएको छ ।

    ब्युरोका इन्चार्ज मिलनले सोमबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै जनताको न्यायिक आन्दोलनमा सरकार दमनको नीतिमा अघि बढेको बताएका छन् । उनले गिरफ्तारमा परेका नेताकार्यकर्ताहरुलाई तत्काल रिहाई नगरे कडा प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।

    रोल्पामा प्रहरी रमिता

    सोमबार रोल्पाको होलेरीमा प्रहरीले अर्को रमिता देखायो । नेकपानिकट अखिल (क्रान्तिकारी) ले कार्यक्रम गर्न लागेको सूचना पाएपछि सोमबार बिहानैदेखि होलेरी बजार नेपाल प्रहरी र शशस्त्र प्रहरीले आफ्नो नियन्त्रणमा लिन खोज्यो । आफ्नो सुरक्षा कवजसहित बाक्लोरुपमा बजार क्षेत्रमा खटिएका प्रहरीले क्रान्तिकारीले आफ्नो कार्यक्रमस्थलमा गाडेको झन्डा फटाफट उखेल्न थालेपछि केहि समय त्यहाँ भनाभन समेत भयो ।

    यसरी सार्वजनिक कार्यक्रममै प्रहरीले हस्तक्षेप गर्नुको कारण एउटा हुनसक्छ, त्यो हो नेकपामाथि राजनीतिक निषेध । नेकपाले  आफ्ना राजनीतिक कार्यक्रम नै गर्न नपाउनेगरी ओली सरकारले दमनको रणनीति लिएको यिनै घटना परिघटनाबाट प्रष्ट भएको छ ।

    सुरक्षा निकायका प्रमुखसँग गृहमन्त्रीको ‘अर्जेन्ट मिटिङ’ र देशभर जारी भएको सर्कुलर

    शुक्रबारको घटनापछि गृहमन्त्री बादलले तीनवटै सुरक्षा निकायका प्रमुखहरुसँग गोप्य ‘अर्जेन्ट मिटिङ’ गरे । नेकपाले घटनाको जिम्मा लिनुपूर्व नै गृहमन्त्री बादलले बिस्फोट नेकपाले नै गराएको अनुमान लगाएका थिए । उनले शंका लागेजति सबैलाई समातेर हिरासतमा राख्न अादेश दिएकाे स्रोत बताउछ ।

    बैठकपछि  प्रहरी केन्द्रीय प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले देशभरको सुरक्षा हाई अलर्टमा राखिएको बताएका थिए। उनले भने, ‘एनसेलका टावरमा विष्फोट र आगजानी गर्नेमाथि फेरी धरपकड सुरु भएको छ। अहिलेसम्म १८ जना पुगिसके।’ प्रहरी प्रधान कार्यालयले देशभरका प्रहरी कार्यालयलाई सर्कुलर जारी गरी संभावित घटनाबारे उच्च सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएको छ।

    सुवेदीले भने, ‘हामीले प्रहरी युनिटलाई सुरक्षा सतर्कता अपनाउन सर्कुलर जारी गरेका छौं ।आगजानी गर्ने समुहमाथि थप धरपकड जारी छ।’ ललितपुरमा एनसेलको कार्यालय अगाडि भएको विष्फोटमा संलग्न भएको आशंकामा मात्रै प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

    उपत्यकाका सबै जिल्लाका युनिटहरुलाई एलर्ट गराइसकेको र सुरक्षा व्यवस्था कडा भएको छ प्रवक्ता सुवेदीले बताएका छन् । उता महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता होबिन्द्र बोगटीले चेक जाँचमा कडाइ गरिएको जनाउँदै परिसर अन्तरगतका सबै युनिट अहिले सुरक्षा व्यवस्था कडा बनाउन जुटेको बताए ।

    होलेरीमा प्रहरीले देखाएको रमिता भिडियोमा हेर्नुहोस् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ