• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी मुख्य समाचार

    नेकपाले फागुन ८ गते यसकारण गर्दैछ बन्द, विज्ञप्तिसहित हेर्नुहोस्

    19.7K
    SHARES



    काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टीले फागुन ८ गते लुम्बिनी बन्दको आव्हान गरेका छन् । नेकपा लुम्बिनी ब्युरो इन्चार्ज वीरजंगले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै ओली सरकारको धरपकड, गिरफ्तारी र दमनबिरुद्ध बन्द आव्हान गरिएको बताएका छन् ।

    सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानमा रहेका आफ्ना नेताकार्यकर्तालाई बिनाकारण गिरफ्तार गरिएको भन्दै उनले फागुन ८ गते लुम्बिनी अन्तर्गत पर्ने जिल्लाहरुमा बन्दको आह्वान गरिएको जानकरी दिए ।  इन्चार्ज वीरजंगले गिरफ्तार गरिएका आफना नेताकार्यकर्ता रिहा नगरिए रुपन्देही, कपिलवस्तु, नवलपरासी, गुल्ली पाल्पा, अर्घाखाची बन्दको घोषणा गरेका हुन ।

    गत माघ २३ गते अर्घाखाँचीबाट नेकपाका गुल्मी जिल्ला इन्चार्ज पूर्णबहादुर सिंह, सेक्रेटरी खिमबहादर खडका, अर्घाखाती सचिवालय सदस्य पिताम्बर पोखरेल र टुकलाल पुनलाई पक्राउ गरेको थियो । उनीहरुसबैलाई सार्वजनिक मुद्दा दर्ता गरी जिल्ला प्रहरी कार्यालय सन्धीखर्क अर्घाखाँचीमा राखिएको छ ।

    देशभर आफ्नो अभियानलाई तिब्ररुपमा अगाडि बढाइरहेको नेकपामाथि सरकारले बिगतदेखि नै दमन गर्दै आएको छ । नेकपाले भने सरकारी दमनको प्रतिरोध गर्दै आएको छ । यसअघि बुधबार मात्रै नेकपा महासचिव विप्लवले जनयुद्ध दिवसको अवसरमा एक सबैलाई एकीकृत जनक्रान्तिमा हातेमालो गर्न पनि अपिल गरेका थिए ।

    यस्तै चुनाव खारेज अभियानदेखि नै राज्यसँग भयङ्कर ठूलो लडाइँ परेको महासचिव विप्लवले बताएका छन्। तर पछिल्लो समयमा एघारबाह्र महिनाको केपी–प्रचण्डहरूको असफलतापछि एकचोटि सत्तापरिवर्तन गर्ने नेतृत्व नेपाल कम्युनिस्ट पार्टीले गर्छ भने हेर्नुपर्छ र साथ दिनुपर्छ भन्नेमा जनता पुगेको उनको दावी छ ।

    यस्तो छ महासचिव विप्लवको भनाइ जस्तो तस्तै

    ‘एउटा समय थियो राणाका विरुद्ध जनताले राजालाई पनि साथ दिए । फेरि समय आयो काङ्ग्रेसको सट्टामा एमालेलाई पनि साथ थिए । एमाले र काङ्ग्रेसको सट्टामा माओवादीलाई पनि साथ थिए । यी सबै घटनाक्रमले के साबित गरेको छ भने जनताले एउटा स्थिर र नयाँ जीवन खोजिरहेका छन् । तर गएगुज्रेको, उत्पीडनमा परेको, दमनमा परेको, हस्तक्षेपमा परेको जीवन होइन, मुक्त, स्वतन्त्र, स्वाधीन जीवन खोजिराखेका छन् ।

    त्यसक्रममा उनीहरूले विभिन्न विकल्पहरूलाई साथ दिँदै छान्दै यहाँसम्म आइपुगेका छन् । तर यो भएको छैन । नभएको कुरालाई पार्टीहरूले विभिन्न ढङ्गले अपव्याख्याहरू गरे । कसैले हाम्रो पार्टी सरकारमा नगएर हो भने । कसैले काङ्ग्रेसले, कसैले एमालेले यी विभिन्न तर्कहरू गरे तर हामीले अघि पनि व्याख्या ग¥यौँ । यसको सार कुरा भनेको राज्यसत्तामा अहिलेसम्म कुनै परिवर्तन हुन सकेन ।

    नहुनुको कारणलेयहीँ अवरुद्ध भइरहेको छ । त्यसकारण पहिलो आधार के हो भने यो सत्तालाई नै परिवर्तन गर्नुपर्छ है भन्दानेपाली जनतातयार हुने एउटा परिस्थिति छ । पहिलो आधार यो हो । किनभने उनीहरू नयाँ जीवन चाहन्छन् । दोस्रो आधार के हो भने जनताले चाहेर मात्रै त हुँदैन, त्यसलाई नेतृत्व दिनेदृष्टिकोण चाहिन्छ । संस्था चाहिन्छ र पार्टी चाहिन्छ । त्यस हिसाबले नेपालमा यसको पनि अहिले अभाव छैन । पहिलेएकचोटि एकदम प्रचण्ड–बाबुरामहरू संसदीय व्यवस्थामा फर्किसकेपछि त सबै मान्छेलाई एउटा बडो ठूलो भ्रमजस्तो पनि भयो ।

    अथवा एकदमै अविश्वास, आशङ्का र निराशाजस्तो पनि छाउन खोज्यो । तर तपाईंहामीले जुन सङ्घर्ष ग¥यौँ । नेपाल कम्युनिस्ट पार्टीले जसरी सङ्घर्ष छे¥यो । चाहे पार्टीभित्र प्रचण्ड–बाबुरामहरूको विचलनका विरुद्ध होस्, चाहे बाहिर काङ्ग्रेस र अरू शक्तिहरूले माओवादी आन्दोलनलाई सिध्याउनकालागि खेलेको खेलका विरुद्धहामीले विद्रोह ग¥यौँ ।

    विद्रोह गर्दायो पार्टी बन्ला र ? भन्ने पनि मान्छेहरूलाई प्रश्न थियो । कैयौँले आरोप पनि लगाए । केही मान्छेहरूको इच्छाले गर्दा, महत्वाकाङ्क्षाले गर्दा, पद नपाएर, सुविधा नपाएर भन्नेजस्ता तर्क, एकदमै पूर्वाग्रहपूर्ण, सङ्कीर्ण, दुराशयपूर्ण खालका तर्क पनि आए तर त्यो कुरा थिएन । हामीले नितान्त नेपाली जनताकै हितका निम्ति यी सबै कदमहरू चालेका थियौँ । पार्टीबाट विद्रोह गर्ने पनि, बाहिर सत्तासँँग विद्रोह गर्ने पनिहामीले जनताकै हित र देशकै हितकालागि गरेका थियौँ ।

    त्यो कुरा अब साबित भएको छ । अब पछिल्लो समय हेर्नुभयो भने हामीले चुनाव खारेज गर्दाखेरि पनि भयङ्कर ठूलो लडाइँप¥यो । दमन पनि भयो । नेपाली जनताले अलिकति हेरे । पछिल्लो समयमा एघारबाह्र महिनाको केपी–प्रचण्डहरूको यो असफलतापछि जनतालाई के कुरा विश्वास भएको छ भनेएकचोटि सत्तापरिवर्तन गर्ने नेतृत्व नेपाल कम्युनिस्ट पार्टीले गर्छ भने हेर्नुपर्छ, साथ दिनुपर्छ । त्यो कम्तीमा एउटा आशा गर्ने ठाउँ कम्युनिस्ट पार्टीले बनाएको छ । त्यसकारण नेतृत्व गर्ने पार्टी पनि यहाँ छ । यो दोस्रो आधार हो ।

    तेस्रो, हामीले के भनेका छौँ भने एउटा विचारको कुरा गरेका छौँ । विचारमा विगतमा जनयुद्धसम्म जो व्याख्याहरू चले, कसले समाजलाई बदल्ने हो त भने लेनिनको समयसम्म मजदुरहरूले परिवर्तनको नेतृत्व गर्नुपर्छ भन्ने थियो । नेपालमा जनयुद्ध लड्दाखेरि किसानलाई आधार बनाएर परिवर्तन गर्नुपर्छ भन्ने थियो । तर हामीले सबै अध्ययन गरिसकेपछि के देख्यौँ भने ती दुईटै कुरा आजको नेपालको सन्दर्भमा ठ्याक्कै मेल खाँदैनन् ।

    श्रमिक वर्ग जसलाई हामीले सबभन्दा बढी ध्यान दिन्छौँ, मजदुर–किसानहरू जो हामीलाई बढी उनकै मुक्तिकालागि अथवा अधिकारकालागि भन्नुस् वा त्यही शक्तिमा भर परेर जो परिवर्तनको कुरा गर्छौँ पछिल्लो २१औँ शताब्दीमा आइपुग्दाखेरि हाम्रो तर्क के छ भने श्रमिक वर्गको विस्तार भएको छ।

    अब मजदुर र किसानमा मात्रै श्रमिक वर्ग छैन, श्रमिक वर्गको दायराको परिधि फराकिलो भएर कहाँ पुगेको छ भने शिक्षित श्रमिक वर्ग जसलाई हामीले नयाँ श्रमिक वर्ग पनि भनेका छौँ, त्यहाँसम्म पुगेको छ । अब निरक्षर मान्छेहरू छैनन् । एकदम कम हुँदै गइरहेको छ। युनिभर्सिटी र कलेजको आधारबाट उत्पादन भएको ठूलो जनशक्ति बेरोजगार छ । त्यो रोजगारीमैगएपनिमजदुरकै रूपमा छ । माक्र्सले भनेजस्तो डाक्टर, इन्जिनियर, वकिल र वैज्ञानिकहरूलाई पनि पुँजीवादले त मजदुर बनायो ।

    अहिलेकोे माक्र्सको भन्दा २ सय वर्षयता आउँदाअहिले त सबै क्षेत्रमा प्रतिष्ठित क्षेत्रलाई पनि एउटा नितान्त मजदुरका रूपमा चाहिँ उत्पीडन गर्ने वर्गका रूपमा प्रयोग गरिराखेका छन् भने हाम्रो भनाइ के छ भने अबको क्रान्तिमा कलेज र युनिभर्सिटी धारबाट विकास भएको श्रमिक शक्तिहरू शिक्षित श्रमिक शक्तिलाई पनि जोड्नुपर्छ । जो जोडिन्छ, जसलाई जोड्न सम्भव छ । त्यसैले हामीले भन्यौँ यो नयाँ श्रमशक्ति यसो हेर्दा मध्यम वर्गजस्तो पनि देखिन्छ । योसहितलाई जोडियो भने नेपालको क्रान्ति नयाँ उचाइमा उठ्छ ।

    नयाँ तरिकाले हुन्छ । मजदुरबाट मात्र गर्ने पुरानो तरिका, किसानबाट मात्रै गर्ने जनयुद्धको तरिकाले अहिले पूर्णता हुँदैन । त्यसका निम्ति हामीले के भन्यौँ भने किसान, मजदुर र शिक्षित श्रमिक वर्ग यहाँसम्म जोडियो र यसमा अरू बुद्धिजीवी, देशभक्त, लोकतन्त्रवादीहरूलाई जोडियो भने देशलाई परिवर्तन गर्न सकिन्छ ।

    उनीहरू आउँछन् भन्ने हाम्रो तेस्रो आधार यो हो । चौथो आधार के हो भने क्रान्तिलाई चाहिने सम्पूर्ण शक्ति हुन्छन् नि त्यसको निर्माण गर्नेकुरा हो । पार्टी मात्रै वातर्कमात्रै वा विचारको कुरा मात्रै गरेरभएन । भौतिक रूपले एउटा सुदृढ र सक्षम शक्ति निर्माण गर्न सकिन्छ कि सकिन्न । गर्न सकियो कि सकिएन भन्दाखेरि कम्युनिस्ट पार्टीले आधारभूत रूपले त्यो तयारी गरेको छ ।त्यतातिर नेतृत्व गर्दैछ । त्यसकारण हामी हाम्रो देशलाई परिवर्तन गर्न सक्छौँ ।

    एकीकृत जनक्रान्ति यो शताब्दीको एउटा नयाँ विचारका रूपमा विकास हुनसक्छ किनकि यसले एउटा नयाँ ब्याख्यासहित उएटा चाहिँ समाजवादमा लान खोजेको छ । समाजवाद पहिले मजदुरको मात्रै, किसानको मात्रै तेसो होइन, समाजवाद भनेको त चेतना र श्रमको अभिब्यक्ति हो । चेतना र श्रम मिलेर प्राप्त हुने एउटा व्यवस्था हो । सभ्य समाज हो नि त । त्यसकारण एउटा श्रमबाट मात्रैव्याख्या गर्नु हुँदैन । चेतनाबाट मात्रै होइन,चेतना र श्रमलाई एकठाउँमा ल्याउँदा वास्तविक एउटा वैज्ञानिक समाजवाद बन्छ भन्ने भएपछि एउटा यो बन्न सक्छ, यसले ल्याउँछ भन्ने हाम्रो विश्वास हो ।

    एउटा जनमुक्ति सेनालाई पूर्वसँग जोडेर, इतिहासको विषय बनाएर अनि अब क्रान्तिमा आक्रमण गर्नकालागि त्यसलाई प्रयोग गर्ने, क्रान्तिलाई आक्रमण गर्नजो खेल चलिरहेको छ अहिले त्यसलाई हामीले चिर्न जरुरी छ । जनमुक्ति सेना पूर्व होइन, पूर्व त कसले बनाइदियो भने यूएनले बनाइदियो । पूर्व त भारतले बनाइदियो । पूर्व त काङ्ग्रेस र एमालेले बनाइदिए । पूर्व त प्रचण्ड र बाबुरामले बनाए । हाम्रो त लगातार के छ भने जनमुक्ति सेना पूर्व हुने सेना होइन ।

    जनमुक्ति सेना भविष्य बोकेको, भविष्यको जिम्मा लिने सेना हो। त्यसलाई पूर्व भनेर हाल्न खोजेको थियो । त्यतिबेलै हामीले विरोध ग¥यौँ ।त्यतिबेलाको परिस्थितिमा ठूलो बहस पनि चलेको थियो । मैले भनेको पनि थिएँ– सत्ता साझेदारी हुनुप¥यो नि त । सेना पनि दुईटा हुन्छ । दुईटै नाम राख्नु प¥यो नि । एउटा नेपाली सेना हुन्छ, अर्को जनमुक्ति सेना हुन्छ । के बिग्रिन्छ ? किन हुन सक्दैन त्यो ? सत्तासाझेदारी भनेको त त्यो हो नि । वार्ता भनेको त त्यो हुनुपथ्र्यो नि ।

    एउटा सेनालाई लिएर अर्कोलाई सम्पूर्ण रूपमा समाप्त पारिदिने कुरा, सिध्याइदिने कुरा हुन सक्दैनथ्यो नि ।त्यतिबेलै समायोजनका नाममा जनमुक्ति सेनालाई जसरी विसर्जन गरिँदै थियो त्यसै दिन हामीले विरोध गरेका थियौँ । पूर्व हामीले स्वीकार गरेको होइन । पूर्व भन्ने शब्द जो बनाउन खोजेका थिए, त्यो भएन ।अहिले पनि जोडतोडले ल्याउन खोजिएको छ । अहिले फेरि मनोवैज्ञानिक रूपमा हमला गर्न खोजिँदैछ भने जनमुक्ति सेना थियो, कुनैबेला त्यो सकियो,त्यो मात्रै होइन ।

    पूर्व जनमुक्ति सेनाको ब्याज खानुपर्छ, खुवाउनुपर्छ भन्ने एउटा फेरि पुँजीवादी साम्राज्यवादीहरूको खेल छ यहाँ । त्यो होइन । नेपालमा त क्रान्ति नै सम्पन्न भएको छैन भने जनमुक्ति सेना पूर्व भनेर, सुविधा खाएर बस्ने कुरा हुन सक्दैन।

    यहाँ त जनमुक्ति सेना बनाउनु पर्नेछ, लड्नुपर्नेछ, ल्याउनुपर्नेछ नि । त्यसकारण वर्तमान जनमुक्ति सेना बनाउने कुराको महत्व छ भन्ने कुरा हामीले चिर्न खोजेको कुरा यो हो । अब जहाँसम्म बनेको छ कि छैन भन्ने कुरा हो, यो विभिन्न ढङ्गले बाहिर गइसकेको हुनाले ढाँट्नुपर्ने जरुरी छैन । हामी त्यतिबेलै पनि प्रचण्ड–बाबुरामसँग विद्रोह गरेर शिविरबाट जनमुक्ति सेनालाई बाहिर आउनलाई अपिल ग¥यो । आउनु पनि भो । आएपछि हामीले भन्यौँ– गठन गरौँ । हामीले विभिन्न सुरक्षाका जनस्वयम्सेवक गठन गर्ने कुरा पनि भयो ।

    हामीले एकीकृत जनक्रान्तिमा जनमुक्ति सेना अपरिहार्य हो भन्यौँ । एकीकृत जनक्रान्ति अहिले आफ्नै विशेषतामा अगाडि बढिरहेछ । त्यसभित्र जनमुक्ति सेनाको एउटा अवधारणा र संरचना हामीले बनाएका छौँ, लिएर गएका छौँ र एकदम सुदृढीकरणतिर जाँदैछ । यतिचाहिँ हामीले जनतालाई भन्नुपर्छ किनकि बाहिर भ्रमहरू चलिरहेका छन् । यसलाई चिर्नुपर्नेछ । यस हिसाबले जनमुक्ति सेना, जनताको सेना, क्रान्तिको सेना, समाजवाद ल्याउने सेना बनेको छ । सुदृढीकरणतिर जाँदैछ ।

    जो साथीहरू अहिले एनजीओ/आईएनजीओमार्फत हिजो जनमुक्ति सेनालाई विघटन गराउन भूमिका निर्वाह गरेका तत्वहरूले अहिले फेरि माया गरेजसरी जनमुक्ति सेनालाई पूर्व जनमुक्ति सेना भने,त्यसो होइन । तपाईंहरू सबै अब नयाँ क्रान्तिमा भाग लिन आउनुस् । पूर्व भएर, पीडित भएर बस्नु परेन नि त । प्रचण्डले पो मान्छेहरूलाई रुवाउँदै फर्कायो त ।

    कम्युनिस्ट पार्टीले नयाँ जनमुक्ति सेना निर्माण गर्दैछ । यहाँ आएर भाग लिनुप¥यो । अब क्रान्तिमा सहभागी बन्न आउनुप¥यो । अनि केको पीडा ? क्रान्ति त एउटा निरन्तर जीवनको प्रक्रिया हो नि ! जीवन रहुन्जेलसम्म, समाज रहुन्जेलसम्म, साम्यवाद नआउन्जेलसम्म पुँजीवादका विरुद्ध कम्युनिस्टहरूले क्रान्ति छेडिरहनुप¥यो नि । त्यसकारण हामी हिजो थियौँ । दुःख ग¥यौँ । त्यहाँ हामीलाई अलिकति पैसा देऊ । हामीलाई अलिकति सुविधा देऊ भनेर भिक माग्न, रुनकराउन जरुरत नै छैन । पूरा गौरवकासाथ इतिहासमा गरेका योगदानमा गर्व गर्दै नयाँ एउटा इतिहासको निर्माणमा जिम्मेवारीबोधकासाथ जुटौँ। यो हाम्रो कुरा हो ।’

    प्रतिक्रिया