• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    राजधानीको चोभारमा प्रहरीले गोली चलायो, एक जना घाइते

    579
    SHARES



    काठमाडौँ । प्रहरीले गोली चलाएर चोभारबाट एक जनालाई नियन्त्रणमा लिएको छ ।

    उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले गोली प्रहारबाट सुजन शाही घाइते भएको  बताए । शाही केही दिनअघि कीर्तिपुरमा भएको हत्यासम्बन्धी घटनाको आरोपी भएको उनको भनाइ छ।

    घाइते अवस्थामा नियन्त्रणमा लिएर उनलाई अस्पताल पठाइएको खड्काले बताए। कीर्तिपुर नगरपालिका वडा नम्बर–१० स्थित पोडेटोलमा खुकुरी प्रहारबाट गुल्मीको धुर्कोट गाउँपालिका घर भएका विपिन घिमिरेको मृत्यु भएको थियो।

    धारिलो हतियार प्रहारबाट घाइते भएका घिमिरेको उपचारको क्रममा देवढोकास्थित कीर्तिपुर अस्पतालमा मृत्यु भएको थियो । खुकुरी प्रहारमा संलग्नहरूको प्रहरीले खोजी गर्दै आएकोमा आज नियन्त्रणमा लिने क्रममा गोली नै चलाइएको हो। तीन जना मिलेर उक्त हत्या गरेको प्रहरीको भनाइ छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ