• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    तीनदिने भ्रमणका लागि बेइजिङ पुगे अमेरिकी राष्ट्रपति ट्रम्प, समकक्षी सीसँग भेट्ने

    224
    SHARES



    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीनदिने भ्रमणका लागि चीनको राजधानी बेइजिङ पुगेका छन् । चिनियाँ राष्ट्रपति सी जिनफिङको निमन्त्रणामा उनी बुधबार साँझ बेइजिङ पुगेका हुन् ।

    ट्रम्पलाई बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ उपराष्ट्रपति हान झेङले स्वागत गरेका थिए । अमेरिकी राष्ट्रपति ट्रम्पको यो करिब नौ वर्षयताको पहिलो चीन भ्रमण हो भने नोभेम्बर २०१७ पछिको दोस्रो चीन भ्रमण हो ।

    चीन बसाइको क्रममा ट्रम्पले समकक्षी सी जिनफिङसँग भेटवार्ता गर्नेछन् । चीनको विदेश मन्त्रालयका अनुसार दुई नेताबीच द्विपक्षीय सम्बन्ध तथा विश्व शान्ति र विकाससँग सम्बन्धित प्रमुख विषयमा गहन विचार–विमर्श हुनेछ । दुई महाशक्ति राष्ट्रका प्रमुखबीचको यो भ्रमणलाई विश्वभर चासोका साथ हेरिएको छ ।

    वार्तामा व्यापार, ताइवान, कृत्रिम बुद्धिमत्ता तथा इरानसँग सम्बन्धित युद्ध मुख्य एजेन्डा रहने अपेक्षा गरिएको छ । मंगलबार ट्रम्पले आफूले सीसँग इरानबारे ‘लामो छलफल’ गर्ने बताएका थिए । तर पनि भ्रमणको मुख्य केन्द्र व्यापार नै रहने स्पष्ट पारेका थिए ।

    ट्रम्प करिब एक दशकपछि चीन भ्रमणमा गएकाले त्यसलाई आफैंमा विशेष मानिएको छ । साथै, सीसँग भेटवार्ता विश्वव्यापी भू–राजनीतिक र आर्थिक अनिश्चितता चुलिएको समयमा हुन लागेकाले पनि यसलाई चासोका साथ हेरिएको छ । ट्रम्प–सी शिखर वार्ता यसै वर्षको सुरुतिर हुने अपेक्षा गरिए पनि इरान युद्धका कारण ढिलाइ भएको थियो ।

    ‘व्यापार ट्रम्पका लागि विशेष रूपमा राजनीतिक प्रभाव भएको विषय हो, किनभने यसले प्रतिस्पर्धालाई मतदाताले सजिलै बुझ्ने भाषामा प्रस्तुत गर्छ,’ नेदरल्यान्ड्सको लाइडेन विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्ध विषयका सहप्राध्यापक तथा कार्यक्रम प्रमुख साल्भाडोर सान्तिनो रेगिल्मेले भनेका छन्, ‘तर वास्तविक गहिरो द्वन्द्व शक्ति संरचना, वैधता र विश्व व्यवस्थाको भावी स्वरूपसँग सम्बन्धित छ ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ