• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    कभर स्टोरी समाचार

    जेनजी आन्दोलन दमन प्रकरण : काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

    128
    SHARES



    काठमाडौं । काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल पक्राउ परेका छन्। अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। रिजालमाथि गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ का क्रममा बल प्रयोग गरी दमन गरेको आरोप छ। उक्त आन्दोलनका बेला उनी काठमाडौंका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा थिए।

    जाँचबुझका क्रममा गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले रिजालसहित अन्य व्यक्तिहरूमाथि कारबाही सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक यसअघि नै पक्राउ परिसकेका छन्।

    आयोगसमक्ष दिएको बयानमा रिजालले आन्दोलन नियन्त्रणका लागि ‘घुँडाभन्दा तल लक्षित रबरको गोली चलाउन’ मौखिक निर्देशन दिएको स्वीकार गरेका छन्। तर उनले सिधै गोली चलाउने आदेश भने नदिएको बताएका छन्।

    रिजाल काठमाडौंका सीडीओ बन्नुअघि गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारीमा थिए। सो अवधिमा कर्मचारी सरुवा तथा नियुक्तिमा अनियमितता गरेको आरोप पनि उनीमाथि लाग्दै आएको छ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले विशेष अदालतमा बुझाएको विवरण अनुसार रिजालमाथि भ्रष्टाचारसम्बन्धी अनुसन्धान जारी छ।

    यस प्रकरणमा तत्कालीन गृहमन्त्री लेखकका निजी सचिव बद्री तिवारी, स्वकीय सचिव जनक भट्ट, गृहसचिव गोकर्णमणि दुवाडी तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत तिर्थराज भट्टराईसँग सम्बन्धित गतिविधिहरू पनि अनुसन्धानको दायरामा रहेको जनाइएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ