• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    रोचक-विचित्र

    पुरुषको भन्दा महिलाले धेरै सुत्नुपर्छ किन ? यस्तो अचम्मको छ कारण

    8.6K
    SHARES
    Caucasian woman sleeping in bed

    काठमाडौं । शरीरलाई सधैँ इनर्जी प्रदान गर्नका लागि पूरा निद्रा जरुरी हुन्छ । विभिन्न कामको थकानपछि शरीर निद्रामा जाने गर्छ । यसले सबै अंगलाई आराम प्रदान गर्छ । शरीरलाई शक्ति सञ्चय गर्नका लागि मान्छे निदाउन जरुरी हुन्छ ।

    विशेषगरी पुरुषको तुलनामा महिलाले अलि समय धेरै सुत्नुपर्छ । किनकी, महिलाहरु बिहान सबेरैदेखि राति अबेरसम्म घरायसी काममा ब्यस्त रहन्छन् । शहरको तुलनामा गाउँका महिलाहरु घरायसी काममा ब्यस्त हुने भएका कारण उनीहरुमा थकान ज्यादा हुने हुन्छ ।

    तर, हाम्रो समाजमा महिलाहरुले पुरुषभन्दा पनि कम सुत्ने अवसर पाउँछन् । उनीहरु बिहान सबेरैदेखि राति अबेरसम्म घरधन्दा गर्छन् । घरको सबै चाँजोपाँजो मिलाएर मात्र उनीहरु आफ्नो ओछ्यानमा पुग्छन् । तरपनि दिनभरको थकानका कारणले उनीहरुको सुताई पर्याप्त नै हुँदैन ।

    कामको चापका कारण महिलाहरुले भनेको समयमा सुत्न पाउँदैनन् । ढिलो सुत्दा उनीहरुलाई झट्ट निद्रा पर्दैन । त्यसैले, उनीहरुलाई निद्रा पूरा गर्न पनि अत्यधिक समय सुत्नुपर्ने चिकित्सकहरु बताउँछन् ।

    महिलाहरुको जीवनमा विभिन्न बदलाव आउने गर्छ । जसका कारण गर्दा उनीहरुको निद्रामा असर पुगेर इन्सोमेनिया हुने खतरा उच्च हुन्छ । त्यस्तै महिलाहरुले दिमागको प्रयोग धेरै गर्ने गर्दछन् । उनीहरुले दिमागलाई ताजा र चलायमान बनाउन पनि धेरै सुत्नु पर्ने चिकित्सकहरु बताउँछन् ।

    यस्तै महिनावारीको समयमा पेटको दुखाईका कारण महिलाहरु आनन्दले सुत्न नपाउने र उक्त समयमा उनीहरुको पेटमा ऐठन हुने, पेट दुख्ने, वाक्वाकी लाग्ने, मुड बदलिने, मन अत्तालिने, घरीघरी भोक लाग्ने गर्छ । जसका कारण उनीहरुलाई राती सुत्नमा कठिनाई हुने गर्छ । यसैकारण पनि महिलाहरुले पुरुषको तुलनामा ज्यादा सुत्न जरुरी छ ।

    गर्भावस्थामा शारीरिक र मानसिक बदलावका कारण महिलाहरुलाई सुत्नमा समस्या हुने गर्छ । अझ सुत्केरी अवस्थामा उनीहरुलाई यो समस्या अत्यधिक हुन्छ । गर्भावस्थामा अत्यधिक मात्रामा पिसाब लाग्नु तथा खुट्टामा ऐठन हुनाले पनि उनीहरु रातमा राम्ररी सुत्न सक्दैनन् ।

    सुतेको अवस्थामा मान्छे किन घुर्छ ? अक्सिजनको कमीले श्वास नलीमा अवरोध हुन गई सुत्ने बेलामा आवाज निस्कने गर्छ । त्यसलाई स्लिप एप्निया अथवा घुर्ने समस्या भन्ने गरिन्छ । घुर्ने समस्या भएका व्यक्तिका कारण घरपरिवार तथा छरछिमेकमा निकै तनाव हुने गर्छ।

    घुुर्ने मानिस आफन्तबाटै टाढिनुपर्ने अवस्था सिर्जना हुन्छ । आफ्नै परिवारका सदस्य पनि सँगै सुत्न नमान्ने, छिमेकीले समेत ‘डिस्टर्ब’ भयो भन्दै झै–झगडा गर्ने र बोलीचाली नै बन्द हुने,साथीभाइले गिज्याउने जस्ता समस्या झेल्नुपर्ने हुन्छ । घुर्ने समस्याका कारण विशेष गरी विदेशमा रहेकाश्रीमान्–श्रीमतीबीच त सम्बन्ध बिच्छेदसमेत हुने गरेका छन्।

    के हो घुर्ने समस्या ?
    ९० प्रतिशत मानिसमा नाकको डाडी बांगो हुन गई घुर्नेसमस्या देखिन्छ । कुनै मानिसमा अकरु नै कारणले श्वासप्रश्वासमा अवरोध भई घुर्ने समस्या आउँछ । यो समस्याले बच्चादेखि वृद्धसम्मलाई दुःख दिने गर्दछ।

    घुर्ने समस्या हुने मानिसमा पटकपटक ब्युँझिने, छटपटी गर्ने, बारम्बार पसिना आउने, चिटिचिट हुनेजस्ता समस्या देखिन्छन् । घुुर्ने समस्या अक्सिजनको कमीलेगर्दा हुने भएकोले दिमागदेखि शरीरका विभिन्न भागमा असर गर्ने गर्दछ।

    दुई प्रकारका हुन्छन्
    पहिलो विभिन्न किसिमका इन्फेक्सन,चोटपटक, तथा ट्युमरले गर्दा श्वासप्रश्वासमा अवरोध आई घुर्ने समस्या आउने गर्दछ भने अर्को माग र श्वासप्रश्वासका मांसपेशीसँगको नियन्त्रण छुट्यो भनेघुर्नेसमस्या उत्पन्न हुन्छ ।

    कारण :  कुनै बच्चा जन्मँदै नाक, घाँटीमा विभिन्न समस्या छ भने श्वासप्रश्वासको समस्या हुने गर्दछ । त्यसले गर्दा श्वास फेर्न गाह्रो भई घ्यारघ्यार हुने र सुतेको बेलामा घुर्नेहुन्छ ।विशेषगरी ३ देखि ७ वर्ष उमेरका बच्चामा टन्सिल एडिन्यन्सबढ्नाले घुर्नेसमस्या हुन्छ ।  बच्चामा हुने मिलानो भन्ने ट्युमरले गर्दा घुर्ने समस्या हुन्छ । यो नाक अथवा नाँकको पछाडि टन्सिल हुने भागमा ट्युमर आउने गर्दछ ।

    युवा अवस्थामा पनि बच्चामा बढ्ने टन्सिल एडिन्यन्स ठूलो भई घुर्ने समस्या हुन्छ । एजियो फाइब्रोमाभन्ने ट्युमरले गर्दा पनि घुर्ने समस्या हुन्छ । यो विषेशगरीकेटामा बढी हुन्छ । कुनै बच्चा जन्मिँदै नाक थेप्चेर भएर जन्मन्छन् । उनीहरुको नाकको डाँडी बांगो हुने गर्दछ । त्यो कारणले गर्दा पनि घुर्ने समस्या हुन्छ । त्यसलाई भनिन्छ। यो समस्या बच्चादेखि वृद्धसम्म हुने गर्दछ ।

    पोलिप्स नाकको वरिपरि भागमा आउने टिस्युहरुले पनि घुर्ने समस्या हुन्छ । वृद्ध अवस्थामा क्यान्सरजन्य ट्युमर वा अन्य ट्युमर आएर घुर्नेसमस्या हुन्छ । कसैको जिब्रो मोटो हुन्छ, त्यसलाई म्याक्रोगोलोसिस भनिन्छ । त्यो कारणले पनि घुर्नेसमस्या हुन सक्छ।  बुढेसकालमा जिब्रो नरम हुने भएकाले सुतेको बेलामा जिब्रो दोब्रिने गर्दछ, त्यसले गर्दा पनि घुर्नेसमस्या हुने गर्दछ ।

    एसिड अल्कालिसले गर्दा श्वास नलीको माथिल्लो भाग खुम्चने गर्छ र घुर्नेसमस्या आउँछ । श्वास नलीमा चोट लाग्दा भित्र सुनिन्छ र सुत्ने बेलामा श्वासमा अवरोध भई घुर्नेसमस्या उत्पन्न हुन्छ । जिब्रोको पछाडिको रगतको नशा फुल्दा श्वासमा अवरोध भई घुर्ने समस्या आउँछ ।  र्‍यालका ग्रन्थीहरु उत्पन्न हुने ठाउँमा ट्युमरआउने गर्दछन् जसलाई भनिन्छ, त्यो कारणले पनि घुर्ने समस्या हुन्छ ।

    उपचार: सुरुमा आफ्नो जीवनशैलीमा परिवर्तन गर्ने। मोटोपन घटाउने,शारीरिक कसरत गर्ने, धूमपान,मदिरा सेवननगर्ने र घोप्टो परेर सुत्ने । मेडिकलमा पोजेटिभ एयरवय प्रेसरको माध्यमबाट पनि घुर्नेसमस्यालाई नियन्त्रण गर्न सकिन्छ ।मुखमा राख्ने माउथ एयर पिस हुन्छ, जुन

    मुखमा राखेपछि श्वास फेर्न सजिलो हुन्छ र घुर्ने समस्या कम हुन्छ ।  के कारणले गर्दा घुर्ने समस्या आएको हो, कारण पत्ता लगाउने र सर्जरी गर्ने ।

    प्रतिक्रिया