• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    ओली-प्रचण्डलाई चकित पार्दै अदालतले विप्लवको पक्षमा गर्‍यो यस्तो फैसला, हेर्नुहोस् बिस्तृतमा

    15.9K
    SHARES

    भोजपुर। भोजपुर जिल्ला अदालतले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवसहित १६ नेतालाई एक मुद्दामा सफाई दिएको छ ।

    नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवसहित प्रवक्ता प्रकाण्ड, स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला, पोलिट्ब्यूरो सदस्य पदम राईलगायत १६ जनाविरुद्ध भोजपुरमा ज्यान मार्ने उद्योग र बिष्फोटक पदार्थ सम्बन्धी मुद्दा दायर गरिएको थियो ।

    सोही मुद्दामाथि सोमवार सुनुवाई गर्दै जिल्ला अदालतले सफाइ दिएको हो । भोजपुर जिल्ला अदालतका न्यायाधीश हरिसचन्द्र इङ्नामको एकल इजलासले नेकपाका नेताहरु दावी गरिएजस्तो गतिविधिमा संग्लन नभएको फैसला गरेको छ ।

    सोही मुद्दामा नेकपाका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला र अर्का नेता तथा किराती राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष मादेन राईको भने वतन नखुलेको भन्दै तामेलीमा राखिएको छ । त्यस्तै सोही मुद्दामा दुई नेतालाई जनही ४० हजार जरिवाना गर्ने फैसला अदालतले गरेको छ ।

    यसअघि यही मुद्दामा नेकपा प्रवक्ता प्रकाण्ड सहितका नेताहरुलाई पक्राउ गरी भोजपुर पुर्याईएको थियो । तर सर्वोच्च अदालतले निर्दोष रहेको भन्दै रिहा गर्न आदेश दिएपछि रिहा भएका थिए ।

    ओली-प्रचण्डलाई झट्का

    विशेषगरी देशमा समानान्तर सत्ताको अभ्यास गरिरहेको नेपाल कम्युनिष्ट पार्टीले पछिल्लोसमय जनताको पक्षमा बिभिन्न गतिविधि गर्दै आएको छ । भ्रष्ट्राचारीलाई जनकारवाही गर्ने र स्थानीय सरकारले एकलौटी रुपमा बढाएको चर्को करका बिरुद्ध नेकपाले अभियान नै चलाएको छ ।

    त्यस्तै राज्यलाई तिर्न बाकि अरबौं कर नतिर्ने एनसेलजस्ता करछली गर्ने कम्पनीहरु नेकपाको टार्गेटमा छन् । बिकट ठाउँहरुमा नेकपाले आफ्नै बजेटमा सडकहरु निर्माण गरिरहेको छ भने स्थानीय स्थरमा जनगुनासाहरु पनि समाधान गर्दै आइरहेको छ ।

    पछिल्लोसमय यस्तै कार्यहरु गरेर चर्चामा आएको नेकपाको सक्रियता देखेर ओली-प्रचण्ड सरकारले बिभिन्न बहानामा मुख्य नेताहरुमाथि बिभिन्न झुटा मुद्दा लगाएर फसाउने षड्यन्त्र गरेको राजनितिक विश्लेषकहरुको बुझाई छ । बिना कसुर बिभिन्न बहानामा ओली सरकारले नेकपाका नेताहरुलाई गिरफ्तार गर्न्रे, घरमा पक्राउ पुर्जी टास्न जानेजस्ता कार्य ओली सरकारबाट भएका छन् ।

    पटकपटक सरकारले गिरफ्तार गर्ने र गिरफ्तार गरिएका नेकपा नेता कार्यकर्तालाई अदालतलर निर्दोष साबित गरिदिने लहर पनि चल्यो । यसपटक पनि बिभिन्न मुद्दा लगाएर नवलपरासीस्थित विप्लवको घरमा म्याद नटासिएको होइन । तर अदालतले विप्लवसहित १६ नेताहरुलाई एकमुष्ट सफाई दिएपछि ओली सरकारलाई झट्का लागेको छ ।

    विप्लव नेतृत्वको नेकपलाई आफ्नो प्रमुख प्रतिस्पर्धाि ठानेर निषेध र दमनमा उत्रिन खोज्ने सरकारलाई यसपटक पनि अदालतको फैसला मिठो भने पक्कै लाग्ने छैन । अहिलेको अवस्थामा पनि नेकापले आफ्नो सङ्गठन सुदृढ तथा बिस्तार अभियानलाई तिब्रता दिइरहेको छ ।

    देशभर पार्टीका नेता कार्यकर्ताहरु कमिटि गठन, जनजागरण कार्यक्रम, जनतासँगै श्रम गर्ने काममा समेत लागेका छन् । त्यति मात्रै नभएर बिकाश निर्माणका काममा समेत नेकपा अहिले सक्रिय देखिएको छ । केहि दिनअघि मात्रै नेकपाको स्थायी समिति बैठक बसेको थियो ।

    वैठकले ओली सरकारलाई काउन्टर दिने खालका विभिन्न निर्णय समेत गरेको नेकपा स्रोतले जनाएको छ । उक्त बैठकपछि नेकपाले एउटा अपिल समेत सार्वजनिक गरेको थियो । हेर्नुहोस् यस्तो थियो उक्त अपिल

    ”२०७४ सालको चुनावमा केपी—प्रचण्डले दिएको ‘सुखी नेपाली, समृद्ध नेपाल’, ‘गाउँगाउँ सिंहदरबार’ को नारा आज ‘दुःखी नेपाली, कङ्गाल नेपाल’, ‘गाउँगाउँमा भ्रष्टाचार, बलात्कार’ मा परिणत हुन पुगेको छ । भोट हाल्दा नेपाली जनताले गरेको सुख र समृद्धिको अपेक्षा जनताकै थाप्लोमा असङ्ख्य करको भारी, भ्रष्टाचार, महँगी, तस्करी, राष्ट्रघात, निर्मला बलात्कार तथा हत्याकाण्ड, ठूलो जहाजकाण्ड, चिनीकाण्ड, बूढीगण्डकीकाण्ड, चन्द्रागिरिकाण्ड, एनसेलकाण्ड, क्रिस्चियन धर्म प्रचारकाण्डजस्ता काण्डैकाण्डको आतङ्कमा परेर समाप्त भएको छ । जनतामा सरकारप्रति असन्तुष्टि र आक्रोशभन्दा केही बाँकी छैन ।’

    देशमा जति नै विकासको नारा दिए पनि उद्योगधन्दाको अवस्था कमजोर भएर गएको छ । व्यापारघाटा बढेको बढ्यै छ । महँगीले जनताको ढाड भाँचेको छ । अर्थतन्त्र दलाल र सुदखोरहरूको हातमा पुगेको छ । राष्ट्र बैङ्कबाट सस्तो दरमा ऋण लिएर चर्को दरमा लगानी गर्ने बैङ्क माफियाहरूले जनतालाई लुटेका छन् । उब्जाउ जमिन भूमाफियाको खण्डीकरणमा परेर बर्बाद भएका छन् । युवा पलायन बढ्दै गएको छ ।

    एमाले—माकेहरूले खुलेआम वेश्यालय खोली यौन व्यवसायबाट पैसा कमाउने कुरा गरेर पुँजीवादीहरूको छाडापनलाई पनि उछिनेका छन् । नदीनाला बेचेर खाने क्रम जारी छ । महिलाहरूमाथि मध्ययुगीन हिंसा थोपरिँदैछ, शिक्षा । स्वास्थ्य क्षेत्र व्यापारीकरणमा परेर तहसनहस बन्दै गएको छ । न्यायको आवाज उठाउने नेपाल कम्युनिस्ट पार्टीमाथि झूट्टामुद्दा लगाउने, गिरफ्तार गर्ने, यातना दिने, जेल हाल्ने कार्य गरिँदैछ यी सबैबाट देश सङ्कटमा परेको प्रस्ट छ ।’

    सामाजिक दलाल सरकारको असफलता र देशको सङ्कटलाई एमाले—माकेका केही नेताले केपी ओलीको असफलता भनेर सरकारमा आपूm पुग्ने खेल खेलेका छन् । काङ्ग्रेस—राप्रपाले ‘कम्युनिस्ट सरकार’ को असफलता भनेर आफू सरकारमा पुग्ने वा चुनावी नारा बनाउन खोजेका छन् । केही पार्टीले काङ्ग्रेस, कम्युनिस्टको असफलता भन्दै आफूहरू सरकारमा आउनुपर्ने नारा दिएका छन् तर हाम्रो पार्टीको सुरुदेखिको धारणा छ– यो असफलता र सङ्कट केवल सरकार र मन्त्रीहरूको मात्र होइन अपितु दलाल पुँजीवादी सत्ता, संसदीय व्यवस्था र समाजिक दलाल पुँजीवादको असफलता र सङ्कट हो ।

    यसको समाधान भनेको केपी सरकारको परिवर्तन, एमाले—माके सरकारको परिवर्तन होइन र हुन सक्दैन, दलाल पुँजीवादी सत्तालाई नै जरैबाट उखेलेर फाल्नु र वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्नु हो । आजसम्म जनताले ठूलो बलिदान गर्दा पनि प्राप्त हुन नसकेको जनताको सत्ताको निर्माण हो ।’

    तपाईंहरूलाई थाहै छ हाम्रो पार्टी जनयुद्धदेखि शान्तिसम्झौतासम्म निरन्तर दलाल पुँजीवादी सत्ताको अन्त्य र जनताको सत्ता वैज्ञानिक समाजवाद स्थापनाको आवाज उठाउँदै र लड्दै आएको छ । हामीले जनयुद्धका भीषण आँधीमय दिनमा मात्र होइन, शान्तिसम्झौताका कथित शान्तिका दिनमा पनि निकै दुःखकष्ट झेलेर सम्पूर्ण राष्ट्रघाती र जनघाती कार्यका विरुद्ध सङ्घर्ष गरेका छौँ । आज त हाम्रो जीवन अत्याचारी दमनभित्र चलिरहेको छ तर हामी नेपाली जनताको मुक्ति, अधिकार र देशको स्वाधीनताका लागि अन्तिम दमसम्म लड्ने प्रणका साथ सङ्घर्षको मोर्चामा डटिरहेका छौँ । हामी एकीकृत जनक्रान्तिको महान् यात्रामा अनवरत समर्पित छौँ ।’

    हामीलाई पूर्ण विश्वास छ– हरेक समय न्याय, सत्य, परिवर्तन र अधिकारका पक्षमा क्रान्तिकारी शक्तिहरूलाई साथ दिँदै आएका श्रमिक जनताले उनीहरूकै लागि लडिँदै गरेको वैज्ञानिक समाजवादी सत्ताका लागि ‘एकीकृत जनक्रान्ति’ लाई अवश्य पूर्ण साथ दिनेछन् । जनताले राणालाई हेरे, राजालाई हेरे, काङ्ग्रेसलाई हेरे । एमाले—माके संशोधनवादी कम्युनिस्टलाई हेरे । कसैले पनि जनता र देशको हितमा काम गर्न सकेनन् । त्यसको एउटै विकल्प वैज्ञानिक समाजवाद हो भन्ने बुझ्न अब कुनै अस्पष्टता छैन ।

    हाम्रो पूरा प्रतिबद्धता छ– जनता, देश, वैज्ञानिक समाजवादभन्दा अर्को कुनै हाम्रो स्वार्थ छैन । त्यसका लागि जुन कुनै मूल्य चुकाउन तयार छौँ । तसर्थ २१ औँ सदीमा जनताको राज्य वैज्ञानिक समाजवाद स्थापना गर्नका लागि सबै क्रान्तिकारी, देशभक्त, लोकतन्त्रवादी, वामपन्थी शक्तिहरू एकताबद्ध बनेर हातेमालो गरौँ । जनताको विजय अवश्यम्भावी छ ।’’

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ