• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    रोचक-विचित्र

    पुरूष वेश्याकाे पिडा- प्रत्येक पटकको उफ्राईमा म्यामहरु शरीरभरी चिथोर्छन्

    12.8K
    SHARES

    पाँच दिनमा ८ पटक सम्पर्क गरेपछी उनि म सँग भेट्न राजी भए तर मोवाईल , क्यामेरा , रेकडर् र ब्याग केही नलाने शर्तमा । दरबारमार्गको एक क्लब अघि मलाई उभिन भनियो । म तोकिएको समयमा क्लब पुगेको थिए तर त्यहाँ कोही थिएन।

    भर्खर साँझ पर्न लागेकाले क्लबमा चहलपहल न्यून प्राय थियो । सुमन हो ? अगाडी बाट आएको लिखुरे, झ्याप्ले केटाले म तर्फ औला तेर्साएर सोध्यो ।

    हो , मैले भने ! हिड्नु भन्दै उ फर्कियो मैले उसलाई पच्छ्याए।

    एक जोडी लाजै पचाएर बाहिरै “मुसार्ने” काम गर्दै थिए , म नदेखेझै गरेर केटाको पिछा गरिरहे । उसले मलाई सिडी उकाल्दै माथी एउटा कोठामा पुर्यायो र बस्दै गर्नु भनेर त्यहाँ बाट हरायो।

    तपाई जे काम गर्नुहुन्छ त्यसमा सन्तुष्ट हुनुहुन्छ ?

    सोफामा मस्त ढल्किएर बसेको झन्डै ६ फिट अग्लो , अनुहार नपरेको तर मिलेको शरीर भएको केटोलाई मैले पहिलो प्रश्न सोधे ?

    अक्मक्कीदै उ सिधा भयो र ठाडो उत्तर दियो “ सन्तुष्ट नहुँदा किन गरिराख्नु “ ?

    दोश्रो प्रश्न राख्नु अघि उसले रेडबुल र मैले कफी पिउने निदो गर्यौं मेरो चाहानामा । दुई वर्ष अघि उ यहीँ हामी बसेको क्लबको बाउन्सर थियो । एकदिन एक महिलाले रातको १ बजे रक्सि धेर पिएर बमिट गरिछन् । पछि घर पुर्याईदिनु भन्न थालिन । गाडीको लाइसेन्स भएको उ मात्र थियो

    त्यसैले पुर्याउने जिम्मा उसैको भयो । दरबारमार्गबाट सानेपा पुगुन्जेल ति महिलाले उनको शरीरको विभिन्न स्थानमा स्पर्श गर्दा उनलाई गाडी चलाउन गाह्रो भएको थियो रे । जसोतसो घर पुर्याए अझ कोठा सम्म उनैले समातेर लगे र बेडमा राखे ।

    बेहोसी महिला उनको छेउमा बसेकी थिइन् हात उनको तिघ्रामा राखेर । उनले आफु क्लब फर्कन ट्याक्सी भाडा मागे । अब भने महिला उठिन र एकोहोरो हेरिन । उनि रिसाइन् सम्झेर मैले पर्स बोक्न बिर्सेछु , पाँच सय भए पुग्छु उनले नम्र भएर भने ।

    महिलाले हास्दै दराज बाट आधा बिटो पैसा निकालेर उनलाई दिईन् , उनी छक्क परे । शुरुमा समाएनन तर स्त्री र पैसाको अघि उनी झुके, पैसा गोजीमा राखेर हिड्न लागे । तर ति महिलाले उनलाई च्याप्प समातिन र खाटमा पल्टाइन । चल्न थालिन, चलाउन थालिन । उनले सम्झाउन खोजे , फुत्किन खोजे तर उनको केही लागेन अन्त्यमा उनी म्यामको तिर्खा मेट्न बाध्य भए ।

    त्यो रात बिहानसम्म म्यामको रोजाईमा उनीहरु उफ्रिरहे । उठेर विदा माग्दा फेरी म्याम उनी सँग जिस्कन थालिन । कपडा खोलेर उनको अघि उभिईन् । उनि फेरी झुके क्लबबाट निस्केको करिब १८ घण्टासम्म म्यामले उनलाई आफ्नो कब्जामा राखिन , आनन्द लिइरहिन। तर उनको शरीर यता गलेको थियो पैसाको लोभले चुपचाप म्यामको चाहना पुरा गरे ।

    त्यही दिनबाट सुरु भयो उनको यो व्यबसाय । त्यसपछि दैनिक उ म्यामको सेवामा हाजिर हुन्छ । राती १० बजे पछि बिहान ४ बजेसम्म उनले म्यामलाई समय दिएका छन् । म्यामको चाहानामा, रोजाईमा , म्यामले भने जसरी उनि प्यास मेट्दीन्छन् त्यो बापत मोटो रकम पनि लिन्छन।

    कति जनालाई सेवा दिनुहुन्छ उनि मौन भएपछि म सोध्छु ?

    दिनै भेट्ने त म्यामलाई मात्र हो तर अरु पनि ८,१० जना हुनुहुन्छ उनि भन्छन ।

    अरुलाई कसरी भेट्नु भयो ?

    तपाईलाई मिडियाका मान्छे भेट्न गाह्रो हुन्न नि हैन । जब यसैलाई पेसा बनाए तब आफै नेटवर्क बन्यो उनि डिप्लोम्याटिक उत्तर दिन्छन्|

    यहीँ पेशामा जीवन बिताउने मन हो ?

    कस्तो प्रश्न सोधेको उनि झर्किन्छन् म तत्कालै प्रश्नलाई सहज बनाउँछु ।

    अरु केही व्यबसाय पनि गर्ने मन छ कि ?

    यो वर्ष गाडी किन्दैछु अर्को वर्ष घर बनाउँछु अनि केही व्यबसाय थालेर सायद छोड्छु ।  मलाई यो पेशामा आएकोमा कुनै पछुतो छैन ।  तर लामो समय यो पेसामा रहन गाह्रो छ उनि भन्छन ।

    किन गाह्रो म सोध्छु कपको कफी सेलाउन लागेकाले त्यता पनि ध्यान दिन्छु ।

    म्यामहरुको तिर्खा मेट्न निकै तागत चाहिन्छ । “हतियार” गतिलो भएर शरीर फिट हुनेहरु मात्र यो कर्ममा जम्न सक्ने उनि बताउँछन् ।  म्यामहरु लामो समय यौनको मज्जा लिने धुनमा जुस वा रक्सीमा के के मिसाएर खुवाउनु हुन्छ।  जसले स्वास्थ्यमा असर गर्दो रहेछ त्यो म अहिले बुझ्दैछु सुनाउँदा भने उनि अनुहार बिगार्छन ।

    भनेपछि कहिले काहीँ हीनताबोध पनि हुन्छ ?

    प्रत्येक पटकको उफ्राईमा शरीर भरी चिथोर्छन् , दाग शरीरमा भन्दा बढी आत्मामा बस्छ | कहिले काहीँ त अहिलेनै छोडौ जस्तो लाग्छ तर गाह्रो छ छोड्न ।

    कसरी म जिज्ञासु हुन्छु ?

    म्यामहरुले छोड्नु पर्यो नि उनि मुसुक्क मुस्कुराउँदै उत्तर दिन्छन्।

    कसरी कसरी आउँछन् यो पेशामा केटाहरु ?

    रहर र कर दुवैले । कोही पैसा पाइने , मोजमस्ती पनि हुने धुनमा आउँछन् । कोही अरु केही गर्न नसकेर, काम नपाएर आउँछन् , कोही छिटो पैसा कमाउने धुनमा आउँछन् । सबै कुरा बाट हार खाएर मन नहुँदा नहुँदै आउने पनि धेरै छन् ।

    तपाईको दैनिकी कसरी बित्छ ?

    ५ बजे उठ्छु , नियमित ब्रेकफास्ट खान्छु , जिम गर्छु अघिल्लो दिन नै थाहा हुन्छ आज कत्ति जना म्यामहरुलाई समय दिएको छु। त्यसै अनुसार बाहिर निस्कन्छु । कहिलेकाहीँ ५ जना सम्म म्यामहरुलाई सन्तुष्ट पार्नु पर्दा बेलुका मेरो शरीर र मन दुवै ठेगानमा हुँदैन । अनि नशाको सहारामा निदाउँछु ।

    ग्राहक को को हुन् तपाईहरुको ?

    यो त भन्ने कुरा भएन तर जसका बुढा घरमा छैनन्, भए पनि सन्तुष्ट बनाउन सक्दैनन्, डिभोर्स भएको छ अनि उनीहरु सँग प्रसस्त पैसा पनि छ भने उनीहरुले केटाहरुलाई वेश्या बनाउँछन् ।

    यत्ति भनेर उनि मोवाईल निकाल्छन् फोन आएछ । म आईहाले सरी म्याम भन्दै उनि उठ्छन । एकछिन बस्न मिल्दैन म भन्छु । भयो अहिले टाईम छैन भन्दै निस्किन खोज्छन् । म पनि उठ्छु अलि पर्तिर पुगेर तिमीले लुकेर रेकड त गरेनौ ? उनि धम्कीको स्वरमा सोध्छन् ।

    चाहेको भए सक्थे तर गरिन भन्दै म पनि सिडी ओर्लिन्छु | के के लेख्छौं इन्टरनेटमा राख्नु अगी मलाई देखाउ निर्देशनको शैलीमा उनि बोल्छन् । लेखिसकेर भेटौ न् त म भन्छु ।

    फोन गर्नु भनेर उनि बुलेट बाईकमा हुइकिन्छन् । कालो फिटिङ टि सर्ट र सेतो पाइन्टमा रहेका उनको छाती माथी उठेको थियो , कसिलो ज्यान भएका उनि ठियाक्कै भन्दा फिल्मको नायक जस्तो नभएर गुण्डा जस्तो देखिन्थे । उनि सँग मात्र कुरा गरेर स्टोरी प्रकाशित् गर्नु एउटा कोणबाट मात्र हेरेको ठहरिन्थ्यो । त्यसैले मैले अरु अनुसन्धान पनि गर्ने निदो गरे। उनि सँग बाँकी कुरा अर्को भेटमा गर्छु सोचे ।

    पछिल्लो तथ्यांक अनुसार नेपालमा करिब २५ हजार पुरुष यौनकर्मी वा “जिगोलो” छन् । जो काठमाडौं , पोखरा , धरान , विराटनगर लगायतका ठाउँमा सक्रिय छन् । धेरैजसो भने काठमाडौंमै बस्छन् । ३५ देखी ४० वर्ष समुहका महिलाहरुले धेरै पुरुष यौनकर्मीको प्रयोग गरेको पाईन्छ । धनाढ्य परिवारका महिलाहरुले श्रीमान बाट यौन सुख प्राप्त नहुँदा वेश्या पुरुषको प्रयोग गरेका छन् ।

    विशेष गरी लाहुरेका श्रीमती , धनाढ्य वर्गका महिला , वैदेशिक रोजगारमा गएका पुरुषका श्रीमती , श्रीमानले छाडेका महिला पुरुष यौन व्यवसायीका दरिला ग्राहक हुन् ।

    महिला यौन व्यबसायीको जस्तो वेश्या पुरुषको फिक्स रेट हुन्न | प्राप्त जानकारी अनुसार दश हजार रुपैया लिन्छन् एक पटक सुख दिए बापत । अझ उस्तै महिला परे ठुला ठुला उपहार पनि दिन्छन् ।

    सानातिना उपहार त दैनिक ल्याइदिनुहुन्छ म्यामहरुले म सँग कुरा गर्ने विष पुरुषले बताएका थिए । यसरी मोज गरेर श्रीमतीले पैसा वेश्या पुरुषमा खर्च गर्दा विदेश बाट फर्किएका श्रीमानले सम्पति र श्रीमती दुवै गुमाउने गरेका छन् ।

    कतिपय अवस्थामा महिला यौनकर्मीको प्रयोग गरि महिलाहरुले पुरुष खोज्ने गरेका छन् ।  प्राय पुरुष यौनकर्मीहरु ग्राहक खोज्दै सडक सडक हिड्दैनन् । डिस्को , रेस्टुरेन्टहरुमा गएर म्यामहरुलाई आनन्दित बनाउछन् कत्तिले त यहीँ व्यबसायलाई मध्यनजर गरेर अपार्टमेन्ट नै लिएर बसेका छन् ।

    विशेष गरी महीलाहरु मनोरन्जन क्षेत्रमा सक्रिय युवाहरुलाई आफ्नो सेक्स पार्टनर बनाउन बढी रुचि देखाउँछन् । पछिल्लो समय पुरुष यौनकर्मीहरुले सामाजिक संजाल बाट एकल महिला , वैदेशीक रोजगारमा गएका पुरुषका श्रीमतीहरुलाई मायाजाल बिछ्याएर यौन चाहाना पुरा गर्दिने बहानामा धनसम्पत्ति लुट्ने गरेका घट्नाहरु पनि बाहिर आउन थालेका छन् ।

    पुरुष यौनकर्मी बढ्नुमा बेरोजगारी मुख्य रहेको रक्षा नेपालकी अध्यक्ष मेनुका थापा बताउछिन जागिर नभेटेर हार खाएपछि यो व्यबसायमा आउनेहरु धेरै छन् । विदेश जान पैसा डुबाउनेहरु , घरको पुर्खेउली ऋण भएकाहरु यो पेशामा जबर्जस्ति लागेका छन् । चाडो पैसा जम्मा हुने र लाईफ स्टाईल पनि फेरिने सोचेर यो पेशामा फसेकाहरु धेरै पाइएको छ |

    पुरुष यौनकर्मीको कमाई महिनामा झन्डै ५० हजार हुन्छ ।

    यो सबै तयार गरेपछी मैले उनलाई पुन भेट्न मन गरे उनले यो पटक भाउ नखाई हुन्छ भने । मैले सुरुमै यो पढेरै आउनु होला भनेर मेल गर्दिए । दोश्रो पटक भेट्न जाँदा उनले “एटिटयूड” देखाएनन्। म पुग्दा जुरुक्क उठेर हात मिलाए । मलाई त कथा पढे जस्तो लाग्यो उनि खुसी भएर सुनाउँछन्, म हास्छु मात्र । तिमीलाई मैले हप्काए पनि है उनि भन्छन् म अझै केही बोल्दिन । बिहे कहिले गर्नु हुन्छ नि ? म सोध्छु। गर्लफ्रेन्ड छिन् ,अब चाडै ।

    उनलाई थाहा छ यो कुरा ?

    कहाँ थाहा हुनु ? केटीहरु आफ्नो ब्याईफ्रेन्ड अरु केटी सँग गफ गरेको त मन पराउँदैनन् अझ यस्तो कुरा।

    यो व्यबसायमा लाग्नेहरु विवाहित बढी छन् कि अविवाहित ?

    अविवाहित, तर म्यामहरु चाहीँ सबै विवाहित हुनुहुन्छ । तपाईलाई मैले वेश्या पुरुष भन्दा कस्तो फिल गर्नुहुन्छ ? म आखिरी प्रश्न राख्छु।

    उनि एकछिन रोकिन्छन्, बोल्छन कि सोचेको केही उत्तर दिंदैनन् । हीनताबोध देखिन्छ अनुहारमा।  मौनताले स्वीकृति जनाउँछ सायद त्यस्तै होला सम्झेर म विदा हुन खोज्छु ।

    हस् राजन जी म जान्छु समय दिनु भयो, आफ्नो कुरा सुनाउनु भयो धेरै धेरै धन्यवाद । मलाई पनि खुसी लाग्यो कसैलाई नसुनाको कुरा सेयर गर्न पाए ।

    (“एभरेष्टटक) बाट साभार ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ